चेम्बरले प्रधानमन्त्रीलाई बुझायो १८ बुँदे सुझाब, दुई अंकको आर्थिक वृद्धिको दशक बनाउन पर्ने माग
काठमाडौं । निजी क्षेत्रले ‘आगामी दशक दुई डिजिट (दुई अंकको) आर्थिक बृद्धिको दशक’ हुनुपर्नेमा जोड दिएको छ । चेम्वरले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष निजी क्षेत्रकोतर्फबाट सुझाब प्रतिवेदन बुझाएको छ । प्रतिवदेनमार्फत मुलुकको समस्त आर्थिक विकासका लागि सरकार र निजी क्षेत्र संयुक्त रुपमा मिलेर अगाडी वढ्नुपर्ने जोड दिइएको जनाइएको छ । चेम्वरका अध्यक्ष राजेश काजी श्रेष्ठले प्रधानमन्त्री निवास वालुवाटरमा प्रधानमन्त्री ओलीलाई एक कार्यक्रमवीच १८ बुँदे सुझाबसहितको २३ पृष्ठ लामो प्रतिवेदन बुझाएका थिए । जसमा कृषि क्षेत्र, उर्जा क्षेत्र, पर्यटन क्षेत्रलगायत सम्बन्धी सुझाब रहेका छन् । व्यवसयामा लागत घटाउने, कानुनी शासनको प्रत्याभुति, औद्योगिक विकास तथा विदेशी लगानी जुटाउने सम्बन्धी सुझाबहरु प्रतिवेदनमा समाबेश गरिएको चेम्बरले बताएको छ । राजस्व, शेयर बजार, यातायात, सञ्चार र पूर्वाधार विकास, पेट्रोलियम पदार्थ को व्यवस्था लगायतको सम्बन्धमा समेत प्रधानमन्त्रीलाई सुझाब दिइएको चेम्बरको भनाइ छ । त्यस्तै अत्यधिक सार्वजनिक विदाले मुलुकको आर्थिक विकासमा नराकारात्मक प्रभाब पारेको विगतदेखि नै निजी क्षेत्रले उठाउदै आएको छ । त्यसको समाधान गर्न निश्चित समुदायको पर्वमा सोही समुदायलाई मात्रै विदा गर्र्नु पर्ने व्यवस्था मिलाइदिन निजी क्षेत्रको माग छ । सुझाब बुझ्दै प्रधानमन्त्री ओलीले मुलुकलाई परिवर्तनको दिशामा अग्रसर बनाउन दुई अंकको आर्थिक बृद्धिदरमा पर्याप्त नहुने बताए । साथै स्थीर सरकारले निजी क्षेत्रसँंग सहकार्य गरी आउँंदो आर्थिक वर्षको प्रथम चौमासिकमै दुई अंकको आर्थिक बृद्धि पुर्याउने बताए । गत आर्थिक वर्षमा भएको ७.९ प्रतिशतको आर्थिक बृद्धिदरलाई वढाएर दुई अंकको आर्थिक बृद्धिद्धरमा पुयाउने योजना रहेको उनको भनाइ छ । चेम्वरका अध्यक्ष श्रेष्ठले मुलुकको आर्थिक बृद्धिका लागि सरकारले गर्नुपर्ने विभिन्न कामहरुबारे निजी क्षेत्रकोतर्फबाट सुझाबका बुँंदाहरुबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । उनले स्थानीय, प्रदेश र केन्द्र सरकारबाट लगाइराखेको दोहोरो कर प्रणालीबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । कार्यक्रममा अर्थमन्त्री डा युवराज खतिवडाले चेम्वरले दिएको सुझाबहरुमध्ये तत्काल गर्न सकिने कामहरु तत्काल गर्ने प्रतिवद्धता जनाए । दिइएको सुवावहरुमध्ये गर्न हुने गर्ने र गर्न नहुने नगर्ने स्पष्ट पारे ।
स्पेन र जजिर्यालाई लगानी गर्न चेम्बरको आग्रह
काठमाडौं । नेपाल चेम्वर अफ कमर्सले दुई छुट्टा–छुटै देशका प्रतितिधिहरुसँंग भेटवार्ता गरी आर्थिक विषयमा छलफल गरेको छ । नेपालका लागि जजिर्याका राजदूत आर्चिल डजोलिसभिल र स्पेनको म्याड्रिड नगरपालिकाका कार्यबाहक मेयर लुईस कार्लाेस क्युटो अलभरेज डे सोटोमेयरलाई बुधबार चेम्वरको आफ्नै भबनमा गरेको छुट्टाछुटै भेट गरी नेपालमा लगानी गर्न आग्रह गरे । ती भेटवार्ताहरुमा नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले लामो राजनीतिक संक्रमणकाल अन्त भइ नेपालमा लगानीको लागि सुरक्षित वातावरण बनेको सम्बन्धमा जानकारी गराएका थिए । चेम्बरले कृषि, पर्यटन, हाडड्रो, खनिज तथा खनिजजन्य वस्तुहरुलगायतका क्षेत्रमा लगानीको राम्रो सम्भावना रहेकोले लगानी गर्न आग्रह गरे । नेपालका लागि जजिर्याका राजदूत डजोलिसभिलले नेपालसँंग सहकार्य गरी अगाडि वढ्न आफूहरु तयार रहेको बताइएको छ । उनले नेपालमा प्रविधि, आर्थिक लगानी लगायतका विषयमा सहकार्य गरी अगाडी वढ्न सक्ने सम्भावना औल्याएका थिए । त्यस्तै स्पेनको म्याड्रिड नगरपालिकाका कार्यबाहक मेयर सोटोमेयरले सहरको आर्थिक विकासमा नगरपालिकाहरुको भूमिका महत्वपूर्ण हुने चर्चा गर्दै काठमाडौं महानगरपालिकासँंग मिलेर सहकार्य गर्न र्दुइपक्षीय समझदारी भएको जानकारी गराएका थिए ।
पोल्याण्डलाई लगानी गर्न निजी क्षेत्रको आग्रह
नेपालमा पोल्याण्डलाई लगानी गर्न निजी क्षेत्रले आग्रह गरेकाे छ । नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले नेपालमा लगानीको वातावरण बनेको भन्दै लगानी गर्न आग्रह गरेका छन् । नेपाल चेम्वर अफ कमर्सले पोल्याण्डका राजदूत एडन बुराकोस्कीको स्वागतमा मंगलबार चेम्वर भबन कान्तिपथमा गरेको स्वागत कार्यक्रममा उनले निर्वाचन सफलतापूर्वक सम्पन्न भई स्थिर सरकार बनेसँंगै नेपालमा लगानीको सुरक्षित वातावरण बनेको बताए । नेपालको पर्यटन, उद्योगलगायतका क्षेत्र लगानीका लागि उपयुक्त हुनसक्ने चेम्बरकाे भनाइ छ । नेपालमा लगानीको वातावरण बनाउन लगानी वोर्डसँंग पनि पटक–पटक छलफल चलेको जानकारी गराउदै नेपालमा लगानी गरी दुवै देशको आर्थिक विकासमा योगदान दिन चेम्बरले आग्रह गरेकाे छ । त्यस्तै पोल्याण्डका राजदूत बुराकोस्कीले नेपालसँंग सहकार्य गरी दुवै देशको आर्थिक विकासका गर्न पोल्याण्ड तयार रहेको बताए । साथै उनले दुई देशवीच विचार आदानप्रदान गरी अगाडी वढ्न पोल्याण्ड सरकार तप्पर रहेको उनको भनाइ छ । कार्यक्रममा नेपाल चेम्वरका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल, उपाध्यक्षहरु कमलेशकुमार अग्रवाल, महेन्द्रमान श्रेष्ठ लगायतको उपस्थिति थियो ।