हुस्सु र कुहिरोले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बन्द

काठमाडौं । शुक्रबार बिहानैदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक तथा अन्तर्राष्ट्रिय तर्फका उडानहरु हुन सकेका छैनन् । काठमाडौं उपत्यकामा बाक्लो हुस्सु र कुहिरो लागेपछि विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरु बन्द भएका हुन । बाक्लो हुस्सुका कारण अन्तर्राष्ट्रिय उडानबाट आएका जहाजहरू समेत विमानस्थलमा अवतरण हुन नसकेको विमानस्थल कार्यालयले जनाएको छ । हुस्सुका कारण विमानस्थलको भिजिबिलिटी अत्यन्त रहेको छ । विमानस्थल कार्यालयका अनुसार जहाज अवतरण गर्न नसक्दा आकाशमा नै फन्को लगाएको छ । आन्तरिक उडान गर्दै आएका वायुसेवा कम्पनीहरुले हुस्सु र कुहिरोका कारण विमानस्थलबाट कुनै पनि उडान तथा अवतरण हुन नसकेको सूचना जारी गरेका छन् ।

संचालनमा आयाे निगमकाे वाइडबडी

काठमाडौं । नेपाल एयरलाइन्सको ए३३० वाइडबडी संचालनमा आएको छ । गत २८ डिसेम्बरमा काठमाडौं(नारिता नियमित उडान गर्ने क्रममा सो विमानमा समस्या देखिएको थियो । विमानको चेकजाँच गर्दा इलेक्ट्रिकल कन्ट्रयाक्टर म्यानेजमेन्ट युनिटमा समस्या देखिएको थियो । श्रिलंकाबाट आवश्यक पाटपुर्जा ल्याई निगमकै दक्ष इन्जिनियरिङले विमान बनाएका थिए । निगमले विमानलाई उडानयोग्य बनाई सोही विमानबाट काठमाडौं-दिल्ली नियमित उडान गरिसकेको छ ।

मौसममा सुधारु आएसँगै बिहानैबाट आन्तरिक उडान सुचारु

काठमाडौं । मौसममा केही सुधार आएपछि आन्तरिक उडानहरु पुनः सुचारु भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले बिहीबारदेखि आन्तरिक उडानहरु सुचारु भएको जनाएको हो । प्रतिकूल मौसमका कारण बुधबार अधिकाशं आन्तरिक उडान रोकिएका थिए । आज बिहानबाट मौसममा सुधार आएसँगै सबै गन्तव्यका आन्तरिक उडान सुरु भएको विमानस्थल कार्यालयका प्रमुख भोलाप्रसाद गुरागाइँले जानकारी दिए । उनका अनुसार सबै गन्तव्यमा बिहानदेखि उडान सुचारु भैसकेको छ ।