गौतमबुद्ध विमानस्थलमा ३ सय डलर महंगो शुल्कमा सुटुक्क छिराइयो भारतीय कम्पनी
काठमाडौं । निर्माणको अन्तिम चरणमा पुगेको भैरवहास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) का लागि २ छुट्टा छुट्टै कम्पनीलाई अनुमति दिइएको पाइएको छ । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) को केही दिनअघि बसेको सञ्चालक समिति बैंठकले इन्डियन एयरपोर्ट अथोरिटी (एएआई) लाई क्यालिब्रेसन फ्लाइटले अनुमति दिने निर्णय गरेको हो । यसअघि नै क्यानले गौतमबुद्ध विमानस्थलमा क्यालिब्रेसन उडानका लागि थाइल्याण्डको एरो थाइलाई अनुमति दिएको थियो । एरो थाइकोे सम्झौता रद्द नगरी क्यान बोर्डले एआईलाई पुनः अनुमति दिने निर्णय गरेको हो । खरिद नियमावली अनुसार एउटा कम्पनीसँग भएको अनुमति रद्द नगरी अर्काे कम्पनीलाई अनुमति दिन पाइदैन । तर, क्यान बोर्डले अपरिपक्क निर्णय गर्दा एरो थाइ अदालत जाने तयारी गरेको छ । आगामी नोभेम्बर २२ तारिखमा एरो थाईले प्राविधिक जनशिक्तसहित नेपालमा जहाज ल्याएर प्रक्रिया पुरा गरी क्लालिब्रेसन फ्लाइट गर्ने भन्दै प्राधिकरणलाई पत्र पठाएको थियो । तर प्राधिकरणले उडानमा ढिलाई हुने भन्दै एकतर्फि रुपमा सम्झौता रद्द भएको भन्दै इमेल पठाएको थियो । सो कम्पनीले नेपाल आउँछु भन्दै पत्र पठाउँदा सिमित व्यक्तिको स्वार्थका कारण भारतीय कम्पनीलाई अनुमति दिने निर्णय भएको कर्मचारीहरु बताउँछन् । ‘कोभिडका कारण थाइल्याण्ड सरकारले आप्ना नागरिकलाई देशबाहिर जाने अनुमति दिएको थिएन, भर्खर खुला भएको छ, कम्पनीले मिति तोकेर नै नेपाल आउछु भनेर इमेल गरेको छ, जानकारी हुँदाहुँदै एकतर्फि रुपमा सम्झौता रद्द भयो भनी अर्काे कम्पनीलाई अनुमति दिने निर्णय गर्नुको पछाडी ठूलो स्थार्थ लुकेको देखिन्छ’, क्यानका एक कर्मचारीले भने । राष्ट्रिय गौरवका आयोजना र विमानस्थल आयोजनाका सम्बन्धित कर्मचारीले समेत एकतर्फि रुपमा एरो थाइको ठेक्का रद्द गरिएको विषयमा जानकारी नभएको जनाएका छन् । क्यानका निवर्तमान महानिर्देशक राजन पोखरेलले एरो थाइलाई इमेत मार्फत पत्र पठाउँदै ठेक्का सम्झौता रद्द भएको जनाएका थिए । बोर्डले आफूलाई एयर थाइसँगको सम्झौताको विषयमा प्रश्न गर्ने भन्दै एकतर्फि रुपमा इमेत गरी ठेक्का रद्द गरिएको पोखरेलले जनाएका थिए । उनले आप्नो स्वार्थ अनुसार एकतर्फि रुपमा प्रस्ताव गरेर बोर्डसँगै मन्त्रीलाई समेत गुमराहमा राखेको क्यानका एक कर्मचारीले बताए । उनले आप्नो स्वार्थ पूरा गर्नखोज्दा अन्तर्राष्ट्रिय विमानस्थलसँगै छिमेकी देशसँगको सम्बन्धमा समेत असर पर्ने देखिएको जानकारहरु बताउँछन् । कसको स्वार्थमा दिईयो भारतीय कम्पनीलाई अनुमति ? क्यानका निर्वतमान महानिर्देशक राजन पोखरेल र क्यानकै कमिनिकेशन, नेविगेशन र सर्भिलेन्स विभागका प्रमुख मुकुल मिश्रको मिलोमोतोमा एरो थाइको अनुमति रद्द नगरी भारतीय कम्पनीलाई अनुमति दिने प्रस्ताव संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा पठाइएको थियो । क्यानाका महानिर्देशकको रुपमा चार वर्षका लागि नियुक्त भएका र कार्यकाल थप हुने सम्भावन रहेको भन्दै पोखरेलले भारतीय कम्पनीलाई अनुमति दिने प्रस्ताव बोर्डमा पठाएका थिए । उनले आफ्नो स्वार्थका कारण राष्ट्रिय गौरवका आयोजनाका रुपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई विवादमा पारेका हुन् । उनले पठाएको प्रस्ताव अनुसार केही दिन अघि बसेको बोर्डले भारतीय कम्पनीलाई क्यालेब्रेसन उडानको अनुमति दिने निर्णय गरेको थियो । तर, क्यानका सञ्चालकमा रुपमा रहेका भन्सार विभागका महानिर्देशक नारायण प्रसाद सापकोटा र निजी क्षेत्रबाट प्रतिनिधित्व गरेका महेशकुमार गुरागाईले एउटा कम्पनीसँग भएको सम्झौता रद्द नगरी अर्काे कम्पनीलाई दिने निर्णय अपरिपक्क भएको भन्दै सो निर्णयमा हस्ताक्षर गरेका छैनन् । बिना प्रतिस्पर्धा प्रतिघण्टा ५ सय डलर महंगोमा निर्णय क्यानले गौतमबुद्ध विमानस्थल सहित रात्रीकालिन उडान हुने ९ वटा विमानस्थलको क्यालिब्रेसन उडानका लागि एसो थाइसँग सम्झौता गरेको छ । तीन वर्षका लागि गरिएको सो सम्झौता अनुसार एक वर्ष उडान भएपनि कोभिडका कारण क्यालिब्रेसन उडान हुन सकेको छैन । प्रत्येक वर्ष रात्रीकालिन उडान हुने विमानस्थलमा क्यालिब्रेसन उडान गर्नुपर्छ । सोही अनुसार रात्रीकालिन उडान हुने ९ वटा विमानस्थलका लागि प्रतिघण्टा ३१ सय र गौतमबुद्ध विमानस्थलमा ३३ सय अमेरिकी डलरमा सम्झौता भएको थियो । तर, केही दिनअघि क्यान बोर्डले गौतमबुद्ध सहित अन्य विमानस्थलमा प्रतिघण्टा ३६ सय अमेरिकी डलरमा उडान गर्नेगरी निर्णय गरेको छ । बोलपत्र आह्वान मार्फत दिईएको कम्पनीसँग भएको सम्झौता रोकेर बिना प्रतिस्पर्धा महंगो दरमा भारतीय कम्पनीलाई अनुमति दिने निर्णय भएको क्यानका एक कर्मचारीले जानकारी दिए । उनका अनुसार सिमित व्यक्तिको स्वार्थका कारण गौतमबुद्ध विमानस्थल सञ्चालनमा अन्यौल भएको छ । ‘क्यान बोर्डबाट नियम विपरित निर्णय भएको छ, ५ वर्षदेखिको तयारीका बाबजुत भारत सरकारले भारतको आकाश हुँदै गौतमबुद्ध विमानस्थलमा हवाई प्रवेशको अनुमति दिएको छैन, एयर थाइसँगको सम्झौता रद्द नगर्दै भारतीय कम्पनीलाई अनुमति दिने निर्णय गर्दा समस्या हुने देखिन्छ’, ती कर्मचारीले भने । क्यालिब्रेसन फ्लाइट भनेको विमानस्थलमा विमान उडान र अवतरणका साथै अन्य कार्य निर्देशित गर्न धावनमार्ग, टावरलगायतका क्षेत्रमा जडान भएका उपकरणले काम गरेका छन् या छैनन् भनेर परीक्षण गर्ने प्रक्रिया हो । क्यालिब्रेसन फ्लाइटपछि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को नियम अनुसार एआईपी एरोनटिकल पब्लिकेसनमा विमानस्थल सम्बन्धित विवरण प्रकाशन गरेर मात्रै परीक्षण उडान गर्न पाइन्छ । क्यालिब्रेसन फ्लाइटका लागि करिब ३ महिनाको समय लाग्नेछ । एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा सुरु भएको विमानस्थल निर्माण कार्य चिनियाँ कम्पनी नर्थ–वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनले ६ अर्ब २२ करोड ५१ लाख रुपैयाँमा सम्पन्न गर्ने गरी ठेक्का लिएको थियो । विमानस्थलमा जडान गर्नुपर्न रनवे लाइट, यान्त्रिक अवतरण प्रणाली, सञ्चार–उड्डयन सहायक उपकरणहरू, ब्यागेज ह्याण्डलिङ सिस्टम, कन्भेयर बेल्ट, एक्स–रे मेसिन आदि यन्त्र–उपकरण जडान कार्य सम्पन्न भइसकेको आयोजनाले जनाएको छ । क्यान सञ्चालक समितिको अध्यक्षमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र सदस्यहरूमा पर्यटन मन्त्रालयका सहसचिव डा. टोकराज पाण्डे, अर्थ मन्त्रालय अन्तरगतको भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटा, निजी क्षेत्रबाट महेशकुमार गुरागाईं र सदस्य सचिवको रुपमा महानिर्देशक राजकुमार क्षेत्री छन् ।
पर्यटक लोभ्याउँदै धितालको नौमती बाजा पार्क
गण्डकी । अस्तामको नौमती बाजा भनेपछि पोखरा र आसपासका क्षेत्रमा हुरुक्कै हुने गर्दछन्। विवाह, व्रतबन्धलगायतका विभिन्न चाडबाडमा अधिकांशको पहिलो रोजाइ अस्तामको बाजा नै हुने गरेको छ। नेपालीको मौलिक पहिचान जस्तै बनेको नौमती बाजाका लागि ख्याति कमाएको कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ धितालस्थित पोखरीडाँडामा निर्माण गरी सञ्चालनमा आएको नौमती बाजा पार्कका कारण यतिखेर थप चासो र चर्चामा रहेको छ। खुला आकाशमुनि सार्वजनिक जग्गामा निर्माण गरिएको नौमती बाजा पार्कमा सुमधुर स्वरमा शुभसन्देश दिने नरसिङ्गा, नौमती बाजाको प्रमुख आकर्षणका रूपमा बजाइने सहनाई जोडी, दमाहा, सानो दमाहा, झ्याली, ट्याम्को, ढोलक, बाजा प्रदर्शन गरिएको छ। सनही र नरसिङ्गा फुकेर, ठूलो दमाहा, सानो दमाहा, ढोलक र ट्याम्को ठोकेर तथा झ्याम्टा र मुजुरा एकापसमा जुधाएर बजाइन्छ। नौजना वाद्यवादक कलाकारहरुले सुर र ताल मिलाएर एकैपटक बजाउने गरेकाले यो टोलीलाई नौमती बाजा भनिएको हो। विशेषगरी आलुमिनियम, तामा, पित्तललगायतका धातु, काठ र घरपालुवा जनावरको छाला प्रयोग गरेर बाजा निर्माण गरिन्छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र स्थानीय जनसहभागिताको आर्थिक एवं माछापुच्छ्रे गाउँपालिकाको प्राविधिक सहयोगमा निर्माण गरिएको सो पार्क २०७६ साल असार महिनादेखि सञ्चालनमा आएको नौमती बाजा पार्क निर्माण समितिका अध्यक्ष इन्जिनियर सुनिल दाहालले जानकारी दिए। उनका अनुसार तत्कालीन प्रतिनिधिसभा सदस्य स्व रवीन्द्र अधिकारीको विशेष पहलमा १६ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न गरिएको सो पार्क निर्माणका लागि मन्त्रालयबाट १५ लाख र एक लाख रुपैयाँ बराबरको स्थानीय जनसहभागिता परिचालन गरिएको हो। नौमती बाजा पार्क सञ्चालनमा आएसँगै यस क्षेत्रमा दैनिक १ सय देखि ५ सय जनासम्म आन्तरिक एवं बाह्य पर्यटकले अवलोकन गर्ने गरेको उल्लेख गर्दै उनले भने, ‘पर्यटकको आवगमनसँगै आसपासको व्यापार व्यवसायमा समेत सहयोग पुगेको छ।’ पार्कमा प्रदर्शित बाजाको तालसहित अन्नपूर्ण, माछापुच्छ्रे हिमशृङ्खलासहित रमणीय गाउँ ल्वाङ, रिभानसहितको दृश्यावलोकन गर्न सकिने सो क्षेत्रमा परम्परागत पानीका कुवा, कुटानी–पिसानीका सामग्री ढिकी, जाँतो, पानी घट्ट, काश्यप ऋषिको मूर्तिसहितका विभिन्न संरचना निर्माण गरी प्रदर्शन गर्ने तयारी समितिले गरिरहेको उनको भनाइ छ। सो स्थानमा रहेको साँदी पोखरी दुई लाख रुपैयाँको लागतमा संरक्षण गरिएको छ। समुद्री सतहबाट लगभग १ हजार ५ सय मिटरको उचाइमा रहेको सो पोखरी संरक्षण गरेसँगै वर्षाको पानी सङ्कलन हुने गरेको छ। उक्त पोखरीको पानी बर्सातको समयमा स्थानीय बासिन्दाले सिँचाइका लागि उपयोग गर्दै आएका छन्। सो क्षेत्रमा धम्पुस लिफ्टिङमार्फत धितालमा खानेपानीको व्यवस्थासहित उक्त पार्क र पोखरीमा पानीको व्यवस्थापन गर्ने तयारी भइरहेको बताउँदै दाहालले भने, ‘सम्पूर्ण योजना सम्पन्न गर्न करिब चार करोड रुपैयाँ खर्च लाग्ने प्रारम्भिक अनुमान रहेको छ।’ बाजा पार्कको आँगनमा रहेको साँदी पोखरामा माछापुच्छ्रे हिमालको प्रतिबिम्वको दृश्यले जो कोहीलाई पनि मनमुग्ध बनाउने गरेको पार्क अवलोकनका लागि पुगेका पोखरा–१७ विरौटाका भेषराज बरालको भनाइ छ। जनप्रिय बहुमुखी क्याम्पसका सहायक क्यम्पस प्रमुख एवं जिल्ला बचत सङ्घ कास्कीका अध्यक्षसमेत रहेका बरालका अनुसार मौलिक बाजा संरक्षणका साथै प्रदर्शन गरेर यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे। उक्त क्षेत्रको अस्ताममा सञ्चालित अन्नपूर्ण इको भिलेजका सञ्चालक विश्व अधिकारीका अनुसार होटेलमा आउने पर्यटकका लागि बिहानको घुमफिर पार्क पर्ने गरेको छ। होटेलमा बास बसेका अधिकांश पर्यटकलाई बाजा पार्कमा जान प्रेरित गर्दै आएको उनको भनाइ छ। पार्कको नजिकै बाँसको लिङ्गे पिङ स्थापना गरिएको छ। पिङमा मच्चिँदै आँखाको अघि देखिने हिमशृङ्खलासहितको हरियाली, खोलानाला एवं रमणीय गाउँबस्तीको दृश्यबाट पर्यटकले छुट्टै आनन्द लिने गरेको पार्क निर्माण समितिका उपाध्यक्ष रीता गुरुङले जानकारी दिइन्। पोखराको हेम्जास्थित मिलनचोकबाट धम्पुस सडकखण्डमा लगभग आठ किलोमिटर दूरीमा रहेको सो पार्कमा प्रवेशका लागि टिकटको व्यवस्था नहुँदा कहाँबाट र कति सङ्ख्यामा पर्यटक आए भन्ने तथ्याङ्क छैन। रासस
पर्यटन बोर्डको सीईओ रेग्मी भन्छन्: कर्मचारीको दुर्व्यवहारको विरोध गर्दा बदनाम गराए
काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनञ्जय रेग्मीलाई भन्सारका कर्मचारीमाथि दुर्व्यवाहार गरेको भन्दै ५ हजार जरिवाना गरिएको छ । भाइटिकाको दिन लण्डनबाट फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको भन्सारका कर्मचारीलाई दुर्व्यवाहार गरेको भन्दै भन्सार कार्यालयले ५ हजार रुपैयाँ जरिवाना गरेकाे हाे । रेग्मीलाई बेलायतबाट फर्कने क्रममा ६ बोतल मादक पदार्थ (रक्सी) ल्याएको विषयमा भन्सारका कर्मचारीमाथि हातपात गरेको आरोप लागेको छ । कर्मचारीको दुव्यवहारको विरोध गर्दा बदनाम गराए, रेग्मी भन्सारका कर्मचारले गरेकाे दुर्व्यवाहारको विरोध गर्दा आप्नो बदनाम गराइएको बोर्डका सीईओ डा. रेग्मीले बताए । ‘मैले पिटेको हैन्, काम नगरेका कर्मचारी युनियनले आप्नो गल्ती र दुर्व्यवाहार लुकाउन मेरो बदनाम गरे’, उनले भने । उनले भन्सार जाचँपासका क्रममा कर्मचारीले बोलीचालीदेखि उनीहरुले व्यवहार सैर्य नभएर आफूले विरोध गरेको बताए । ‘भन्सार जाँचपासको क्रममा त्यहाँका कर्मचारीले गरेको व्यवहारको मैले विरोध गरेको हो । भन्सारका कर्मचारीले गरेको व्यवहार राम्रो थिएन । उनीहरुको व्यवहारको मैले विरोध गरेको हुँ । कर्मचारीका हाकिमहरु काम नै नगरी बसेका थिए । अरु कसैले केही भनेनन् मैले कर्मचारीको व्यवहारको विरोध गर्दा धकेलाधकेल भएको हो । उनीहरु आफू काम गर्दैनन् विरोध गर्दा उल्टै मेरो बदनाम गराए’, उनले भने, ‘कर्मचारीहरुले भन्सार जाचँपासको क्रममा राम्रो व्यवस्थापन नहुँदा धकेलाधकेल गरिरहेका थिए । मेरो ठुलो जिउँ कर्मचारीसँग ठोकिएको हो, मैले बाहिर आएजस्तो झापड्ड हानेको हैन् ।’ भन्सार ऐन २०६४ मा विदेशबाट फर्किनेले प्रतिव्यक्ति १ लिटर मदिरा ल्याउन पाउने व्यवस्था छ । तर, डा. रेग्मीले ६ बोतल ल्याएपछि उक्त मदिरा जफत गरिएको विमानस्थल भन्सार स्रोतले बताएको छ । सीईओ डा. कार्तिक १५ गते (नोभेम्बर १) देखि लण्डनमा सुरु भएको ३ दिने वर्ल्ड ट्राभल मार्टमा सहभागी भएर फर्केका थिए ।