काठमाडौं । शुक्रबार बिहानैदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक तथा अन्तर्राष्ट्रिय तर्फका उडानहरु हुन सकेका छैनन् ।
काठमाडौं उपत्यकामा बाक्लो हुस्सु र कुहिरो लागेपछि विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरु बन्द भएका हुन ।
बाक्लो हुस्सुका कारण अन्तर्राष्ट्रिय उडानबाट आएका जहाजहरू समेत विमानस्थलमा अवतरण हुन नसकेको विमानस्थल कार्यालयले जनाएको छ ।
हुस्सुका कारण विमानस्थलको भिजिबिलिटी अत्यन्त रहेको छ । विमानस्थल कार्यालयका अनुसार जहाज अवतरण गर्न नसक्दा आकाशमा नै फन्को लगाएको छ ।
आन्तरिक उडान गर्दै आएका वायुसेवा कम्पनीहरुले हुस्सु र कुहिरोका कारण विमानस्थलबाट कुनै पनि उडान तथा अवतरण हुन नसकेको सूचना जारी गरेका छन् ।