मन्त्री आलेको भनेः पर्यटन बोर्डका सीईओले टोयोटाका गाडी बेचेर मेरो इमान किन्‍न खोज्यो

<p>काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनजञ्य रेग्मीले आप्नो इमान किन्न खोजेको आरोप लगाए । शुक्रबार नेपाल पर्यटन बोर्डको २३ औँ वार्षिकोत्सवमा बोल्दै मन्त्री आलेले उक्त आरोप लगाएका हुन । उनले हाल छानबिनका क्रममा रहेका बोर्डका सिईओ धनञ्जय रेग्मीले टोयोटाका गाडी बेचेर आफ्नो इमान किन्न [&hellip;]</p>

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनजञ्य रेग्मीले आप्नो इमान किन्न खोजेको आरोप लगाए । शुक्रबार नेपाल पर्यटन बोर्डको २३ औँ वार्षिकोत्सवमा बोल्दै मन्त्री आलेले उक्त आरोप लगाएका हुन ।

उनले हाल छानबिनका क्रममा रहेका बोर्डका सिईओ धनञ्जय रेग्मीले टोयोटाका गाडी बेचेर आफ्नो इमान किन्न खोजेको भन्दै आक्रोश व्यक्त गरे ।

मन्त्री आलेले सिईओ रेग्मीकै कारण बेलायतमा भएको विश्व पर्यटन मेलामा नेपालको बेइज्जत भएको भन्दै रक्सीको मातमा उन्मत्त भएका मानिसलाई संस्थाको सिईओ बनाउँदा संस्था चल्न नसक्ने बताए । उनले सिईओ रेग्मीलाई साँढेको संज्ञा दिँदै आफ्नो इमान किन्ने कुरा सपनामा पनि नसोच्न समेत चेतावनी दिए ।

यस्तै उनले आफ्नो इमान बेचेर मन्त्रीको कुर्सीमा नबस्ने बताएका छन् ।

मन्त्री आलेले आफ्नो मन्त्रालय अन्तरगतका संघसंस्थाहरुमा विकृतिहरुको चाङ भएकोले सम्हाल्नै गाह्रो भइरहेको बताए । उनले पहिला काले काले मिलेर भाले खाए पनि अब प्रेम आले आएकोले भ्रष्टाचार हुन नदिने बताए ।

मन्त्री आलेले डब्लूटिएमको कार्यक्रममा जाँदा बोर्डबाट ८० लाख खर्च भएको भन्ने सुनेको भन्दै त्यसको छानबिन गर्न माग गरे । उनले सबै खाने खर्च आफूले व्यहोरेकाले खर्चको बारेमा छानबिन गरेर कारबाही गर्नुपर्नेमा जोड दिए ।

मन्त्री आलेले आफ्नो संस्थाप्रति उत्तरदायी भएर काम गर्न सबै कर्मचारीहरुलाई निर्देशनसमेत दिएका छन् ।

Share News