सिन्धुली सम्मेलन काठमाडौंमा, विभिन्न ८ विधामा कार्यपत्र प्रस्तुत
काठमाडौं । सिन्धुली सम्मेलन काठमाडौंमा सम्पन्न भएकाे छ । समृद्ध सिन्धुली अभियानले आयोजना गरेको सिन्धुली परिकल्पना २०३० (सिन्धुली सम्मेलन) राजधानीमा सम्पन्न भएकाे हाे । सम्मेलनमा नेकपा माओवानीका स्थायी समिति सदस्यसमेत रहेका नेता पूर्वमन्त्री हरिबाेल गजुरेलले नेताहरुबीच कहाँ कसलाई नियुक्ति गर्ने भन्नेमा मात्र छलफल नभइ पार्टीका विकासका बारेमा पनि बहस हुनुपर्ने बताए । प्रदेश सभा सदस्य विजुला बर्माले सांसदले नियम, कानुन र ऐन बनाउने जिम्मेवारी भए पनि विकासको चिड्को बोकेर मन्त्रालय र योजना आयोग धाउने काम गर्नु परेको गुनासो गरिन् । कार्यक्रममा सिन्धुलीको समग्र विकासका लागि धीरप्रसाद भण्डारीले कृषि, आशिष गजुरेल पूर्वाधार, लीलाविक्रम थापाले स्वास्थ्य, डा.दुर्गाप्रसाद दाहालले शिक्षा, जनार्दन बराल, माया थापाले दीगो विकास, दीपक श्रेष्ठले पर्यटन र सुमन थापाले लगानीबारे कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रम अभियानका अध्यक्ष लीलानाथ घिमिरेले प्रस्तुत भएका कार्यपत्रलाई एकीकृत दस्तावेजको रुप दिएर सिन्धुलीका ९ वटै स्थानीय तहसँग सहकार्य गरी विकास निर्माणका काम अगाडि बढाउने बताए । सिन्धुली सम्मेलनमा शिक्षाविद गोविन्द गजुरेल, समाजबादी पाटीका महासचिव गङ्गानारायण श्रेष्ठ, नेकपा नेता प्रकाश श्रेष्ठ, हिरा लामालगायत पर्यटन व्यवसायी, उद्यमी, बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो ।
गीतकार प्रसाईंको “कथा मृत्युको” गीत सार्वजनिक (भिडियोसहित)
काठमाडौं । गीतकार चन्द्र प्रसाईंको मार्मिक गीत “कथा मृत्युको” नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक शिशिर योगीको आवाज रहेको मार्मिक गीतकाे भिडियोसहित सार्वजनिक भयाे । गायक शिशिर योगीको नै संगीत रहेको गीतलाई सचिन सिंहले एरेन्ज गरेका छन् । निर्देशक प्रहिल कार्की निर्देशन गरेको म्युजिक भिडियोलाई आभेश बज्राचार्यले छायांकन गरेका हुन् भने माधव बेलबासेले सम्पादन गरेका हुन् । सार्वजनिक भिडियोमा कथा तथा कन्सेप्ट अन्जिता कंडेलको रहेको छ भने भिडियोमा सुन्दर लामालाई फिचर्ड गरिएको छ । भिडियाे हेर्न क्लिक गर्नुहाेस् ।
कृषि विकास बैंकद्वारा ग्रिनहिल सिटी समाजलाई ६० थान डस्टबिन हस्तान्तरण
काठमाडौं । कृषि विकास बैंकले ग्रिनहिल सिटी समाजलाई ६० थान डस्टबिन हस्तान्तरण गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले समाजका अध्यक्ष विश्वराज पौडेल (किरण)लाई सो मात्रामा डस्टबिन हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बैकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले वातावरण संरक्षण लगायत विविध क्षेत्रमा बैंकले सहयोग गरिरहेको जानकारी गराए । समाजका अध्यक्ष विश्वराज पौडेल (किरण)ले यस्तो सहयोगले समाजको सरसफाई कार्यमा थप सहयोग पुग्ने बताएका छन् । वि.स.२०६८ सालबाट ग्रिनहिल सिटी कोलोनीको रुपमा विकास भईरहेको आवास क्षेत्र देशका विभिन्न जिल्लाबाट आई विभिन्न पेशा व्यवसाय अंगाल्ने मानिसहरुको बसोबास भईरहेको सम्भवतः देशकै ठूलो र व्यवस्थित कोलोनी हो । करिब ३२० रोपनी जग्गामा फैलिएको ८ सयसम्म घर रहने यो कोलोनमिा हाल करिब ४ सय घर तयार भई मानिसहरु बसोबास गरिरहेका छन् । बाकी घरहरु निर्माणधिन अवस्थामा रहेका छन् । ग्रिनहिल सिटी भित्र हाल सहकारी संस्था, जिम क्लब, योगा, डान्स, खेलकुख क्षेत्र, ग्रोसरी आदि रहेका छन् ।