इनासको शाखा नेपालमा पनि विस्तार, अध्यक्षमा दयाराम पाण्डे नियुक्त
काठमाडाैं ।अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास)ले नेपालमा पनि आफ्नो शाखा विस्तार गरेको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै इनासले नेपालमा पनि शाखा विस्तार गरेको हो । नेपाली संस्कृतिलाई विश्वभर चिनाउने उदेश्यका साथ स्थापित यो संस्था गैर नाफामुलक भएको जनाइएको छ । सन् २०१२ अगस्ट २६ मा पोल्याण्डको राजधानीबाट शुरु भएको इनासले हाल विश्वका ७३ वटा देशमा शाखाम विस्तार गरि सकेको छ । नेपालमा नयाँ शाखाको विस्तार सँगै गठन भएको कार्य समितिमा दयाराम पाण्डे संयोजकमा नियुक्त भएका छन् । संस्थाको वरिष्ठ संयोजकमा शुसिल पोखरेल,, प्रथम सह–संयोजक सुदीप कुमार रेग्मी, द्धितिय सह–संयोजक देव कुमार श्रेष्ठ, सदस्य सचिव गोपाल ढकाल, (छन्दे) र कोषाध्यक्ष्यमा कृपा भक्त महर्जन चयन भएका छन् । कार्यसमितिको सदस्यमा दिपीका प्रसाई, सलोन बस्नेत, सिन्धु मल्ल, श्री देव भट्टराई, कविराज गहतराज, उद्धव प्रसाद भट्टराई, भुमिका शाह, शैलेस डंगोल चयन भएका छन् । यस्तै, कृपा के.सी., सुदीप बराल, माधवराज खरेल, किशोर चिपाल, रामेश्वर बुर्लाकोटी, विजय अगवाज, एनराज शिवाकोटी, प्रमोद खरेल, मिरा दाहाल, अर्जुन खरेल, शंकर पाण्डे, प्रविधा अधिकारी, पुष्पा खनाल, रुपेन कोइराला, कल्पना श्रेष्ठ पनि सदस्यमा चयन भएका छन् ।
चितवन प्रिमियर लिग शुरु, सिलवाल भन्छन्- चितवनबाट धेरै सन्दिप जन्मन्छन्
चितवन । पहिलो संस्करणको सिएमसी चितवन प्रिमियर लिग (सीपीएल) क्रिकेट प्रतियोगिता माघ १७ गते (शुक्रबार)देखि शुरु भएको छ । नारायणगढको क्याम्पाचौरमा शुरु प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले उद्घाटन गरेका हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै सिलवालले क्रिकेट खेलको विकासका लागि सीपीएल कोसेढुङ्गा सावित हुने बताए । उनले स्थानिय स्तरमा खेलाडी उत्पादन र उनीहरुलाई प्रोत्साहन गर्न प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका हुन् । जिल्लामा केन्द्रित भएको सीपीएल आगामी बर्षदेखि प्रदेश र राष्ट्रिय स्तरको प्रतियोगिता बन्नुपर्ने उनको जोड छ । ‘चितवनमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माण हुँदैछ, उनले भने, यो हामी सबैका लागि खुसीको कुरा हो ।’ उनले चितवन प्रिमियर लिगको सफलताको शुभकामना दिँदै चितवनबाट धेरै सन्दिप जन्मने बताए । यस्तै प्रतियोगिताको मुख्य प्रायोजक चितवन मेडिकल कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक डा. हरिशचन्द्र न्यौपानेले चितवनको खेल प्रबद्र्धनका लागि सीएमसीले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए । उद्घाटन खेलमा राइट एण्ड एसोसिएट भरतपुर गुर्खाज र इच्छाकामना वारियर्सविच प्रतिस्पर्धा भइरहेको छ । २५ गतेसम्म चल्ने प्रतियोगितामा चितवनका ५ टिमहरु भरतपुर गुर्खाज, सौराहा स्याण्ड्स, राप्ती ¥यापिडस,माडी टाइगर्स र इच्छाकामना वारियर्सको सहभागिता रहेको छ । प्रतियोगितामा सहभागी टिमले दुई जना राष्ट्रिय खेलाडी (अन्डर १९) अनिवार्य र तीन जना स्थानीय खेलाडी अनिवार्य राख्नुपर्नेछ । प्रतियोगिताको विजेताले रु दुई लाखसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले रु एक लाखमा चित्त बुझाउनेछ । यस्तै विभिन्न बिधामा उत्कृष्ट हुने खेलाडीहरुले पनि पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट अलराउण्डरले पनि पुरस्कार प्राप्त गर्नेछन् । यस्तै हरेक दिनको म्यान अफ दि म्याचले ट्रफी प्राप्त गर्नेछ । प्रतियोगिताका उत्कृष्ट तीन खेलाडीलाई नेपालकै सबैभन्दा ठूलो व्यवसायिक लिग एभरेष्ट प्रिमियर लिग (इपीएल)को टिम चितवन टाइगर्सबाट खेल्न पाउने व्यवस्था मिलाइएको आयोजक नारायणी एडर्भटाइजिङ एण्ड इभेन्ट्स प्रालिका प्रवन्ध निर्देशक राजु चौधरीले जानकारी दिए । प्रतियोगिताको टाइटल स्पोन्सरमा चितवन मेडिकल कलेज रहेको छ भने स्पोन्सरको रुपमा टेस्ला एयर कण्डिसन, एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस प्रा.लि.चितवन रहेको छ । त्यस्तै, प्रतियोगिताको को-स्पोन्सरको रुपमा सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ सेन्टर रहेको छ । उद्घाटन समारोहमा नेपाली काँग्रेस चितवनका सभापति जीत नारायण श्रेष्ठ, नेकपा भरतपुर महानगर अध्यक्ष राम न्यौपाने, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठ, पत्रकार महासंघ चितवनका उपाध्यक्ष नारायण अधिकारी, प्रेस संगठन चितवनका अध्यक्ष प्रकाश ज्ञवादी, राष्ट्रिय युवा संघ चितवनका अध्यक्ष मधु न्यौपाने, युवा परिषद चितवनका अध्यक्ष अस्मिन घिमिरे, लगाएतको उपस्थिति रहेको थियो ।
विद्यार्थी हुनु त यस्तो पो !
काठमाडाैं । आफूलाई शिक्षा दिने गुरु मिर्गौला रोगले थलिएपछि विद्यार्थीले तीन लाख तीन हजार २१५ रूपैयाँ सङकलन गरी प्रदान गरेका छन् । अर्जुनधारा नगरपालिका-५ फूलबारीका भानु माध्यमिक विद्यालयमा अध्ययनत पूर्वविद्यार्थीले विद्यालयका पूर्वप्रधानाध्यापक ताराप्रसाद सञ्जेललाई सो रकम प्रदान गरेका हुन् । विद्यालयका पूर्वविद्यार्थीसमेत रहेका मेची भन्सार कार्यालय झापाका प्रमुख कर अधिकृत ध्रुवराज विश्वकर्माले उनलाई सम्मानसहित नगद हस्तान्तरण गरेका छन् । पूर्वविद्यार्थी देवराज बुढाथोकीले प्रधानाध्यापक सञ्जेलले आफूहरुलाई शिक्षाको उज्यालो ज्योति छरेर सक्षम बनाएको स्मरण गरेका छन् । विद्यालयका पूर्वविद्यार्थी तथा अर्जुनधारा नगरपालिका-५ का वडाध्यक्ष ध्यानबहादुर भारतीले उपचारमा सहयोग गर्न आग्रह गरे । पूर्वविद्यार्थी रामकुमकार बुढाथोकी, पूर्ण चौहान, प्रशान्त भण्डारी, नेत्र नेपाल, दिपेन्द्र लम्साल, गणेशवहादुर खड्का, मेनुका गिरीलगायतले शिक्षा क्षेत्रमा सञ्जेलले पुर्याएको योगदानको प्रशंसा गरे । पूर्वप्रअ सञ्जेलले असल संस्कार हराइरहेका समय अरुलाई समेत प्रेरणा हुने गरी आफ्ना गुरुप्रति विद्यार्थीले देखाएको सद्भावले आफू हर्षित भएको बताए । रासस