महालक्ष्मी विकास बैंकद्वारा मानव सेवा आश्रमलाई सहयोग
काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शुक्रबार खुला आकाशमुनी कष्टपुर्ण जीवन बिताउन विवश अनाथ, अपाङ्ग, अशक्त, असाहय र मनोरोगाीहरुलाई सेवा गर्ने विशुद्घ परोपकारी संस्था मानव सेवा आश्रमलाई सहयोग गरेको छ । परोपकारी संस्थालाई बैंकको नयाँ बजार शाखाले तातो चिसो पानी आउने वाटर डिस्पेन्सर, डस्टविनका साथै विविध सरसफाइका सामाग्री वितरण कार्यक्रम सम्पन्न गरेको हो । शाखाले आश्रममा एक कार्यक्रमकाे आयोजना गरी उक्त सामाग्री वितरणका साथै आश्रममा आश्रित व्यत्तिहरुका लागि शुक्रबार बिहान खानाको व्यवस्था गरेको थियो ।
प्रभु बैंक र जावलाखेल युवा क्लबबीच मुख्य प्रायोजक हुने सम्बन्धी सम्झौता
काठमाडौं । प्रभु बैंक लिमिटेड र जावलाखेल युवा क्लबबीच मुख्य प्रायोजक हुने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र जावलाखेल युवा क्लबका अध्यक्ष महेन्द्र क्षेत्रीले हस्ताक्षर गरेका हुन् । सम्झौता पश्चात् जावलाखेल युवा क्लबको मुख्य प्रायोजक प्रभु बैंक रहनेछ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत जावलाखेल युवा क्लबलाई दुई किस्ता गरी नगद रु. २५ लाख उपलब्ध गराउनेछ । सो बापत जावलाखेल युवा क्लबको आधिकारिक बैंकका रुपमा प्रभु बैंक रहनेछ । जावलाखेल युवा क्लबले भाग लिने सम्पूर्ण खेलकुद सम्बन्धी प्रतियोगिताहरुमा प्रभु बैंक जावलाखेल युवा क्लबको नामले सहभागिता जनाउनेछ । जावलाखेल युवा क्लबले बैंकमा आफ्नो नाममा खाता खोली सम्पूर्ण आर्थिक कारोबार प्रभु बैंक मार्फत सञ्चालन गर्ने छ । जावलाखेल युवा क्लबले खेलकुद मैदानमा प्रभु बैंकको ब्यानर, होर्डिङ्ग बोर्ड डिस्प्ले बोर्ड लगाई बैंकले उपलब्ध गराएको विज्ञापन सामाग्रीहरु प्रचार प्रसार गर्नेछ । जावलखेल युवा क्लबका सम्पूर्ण खेलाडीहरुले सहभागिता जनाउने जुनसुकै खेलहरुमा प्रभु बैंक. लेखेको जर्सी लगाउनेछन् । जावलाखेल युवा क्लबले सञ्चालन गर्ने जुनसुकै खेलकुद सम्बन्धी प्रतियोगिता तथा कार्यक्रमहरुमा सो बैंकको विज्ञापन प्रशारण गर्नेछ । प्रभु बैंक र जावलाखेल युवा क्लबबीच सम्पन्न यस सम्झौताले जावलाखेल युवा क्लबका खेलाडीहरुमा हौसला बढ्न गई उच्च मनोबलका साथ सबै प्रतियोगिताहरुमा सहभागिता जनाई समग्र देशको खेलकुद क्षेत्रको विकासमा विशेष योगदान पुग्ने बैंकले विश्वास लिएको छ ।
गायक सहिमा र सन्दिपको नयाँ गीत ‘तिम्रै हुनु छ’ सार्वजनिक
काठमाडौं । गायिका सहिमा श्रेष्ठ तथा लालुमैका गायक सन्दिप न्यौपानेको डान्सिङ बिटमा रहेको नयाँ गित ‘तिम्रै हुनु छ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका सहिमा श्रेष्ठ र गायक सन्दिप न्यौपानेले फरक शैलीको गीत सांगीतिक बजारमा लिएर आएका छन् । संगीतकार दिपक शर्माको शब्द तथा संगीत रहेको यस गीतको म्युजिक भिडियोलाई अर्जुन तिवारीले छायांकन गरेका हुन् भने शान थापाले निर्देशन गरेका हुन् । म्युजिक भिडियोमा अर्जुन गौतम र एलिसा राईलाई फिचर्ड गरिएको छ ।