सेण्टजोसेफका विद्यार्थीले गरे कोरोना सम्बन्धी सचेतना कार्यक्रम

काठमाडौं । सेण्टजोसेफ ईबो माविका विद्यार्थीहरुले करिब १६ किलोमिटर परिक्रमा गरेर विश्वमा महामारीको रुपमा देखिएको कोरोना भाईसर सम्बन्धी सचेतना कार्यक्रम गरेका छन् । सेण्टजोसेफ स्टुडेण्ट क्लब र सेण्ट जोसेफ रेडक्रस सोसाईटीको आयोजनामा सेण्टजोसेफ स्टुडेण्ट क्लबका संयोजक सुमन दगामीको संयोजकत्वमा शिक्षकहरु भिम राना, छत्रदीप यादव सहयोगमा कोरोना सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको हो । पोखरेलका अनुसार उक्त सचेतना कार्यक्रम व्यानर सहित स्कुलबाट सुरुगरी भलवारी चोक हुँदै पत्थरडाँडा, मधवलिया, कोटिहवा, वभनी, सुपौली, टिकुलीगढ, बनकट्टी, खैरिया, करौजिया हुँदै पुन स्कुल सम्मको १६ किलोमिटर यात्रा गरेर गरिएको थियो । फैलिदो महामारीलाई रोक्नु हामी सबैको कर्तव्य हो भन्दै विद्यार्थीहरुले कोरोना भाईरस लाग्नुका कारण, देखिने लक्षण र रोकथामका लागि अपनाउनु पर्ने विधिको बारेमा लेखिएका पर्चाहरु बाँडेर स्थानियमा चेतनाको विकास गर्न भूमिका खेलेका थिए ।

साग्रिला डेभलपमेन्ट बैंकले गर्यो कोरोना भाइरस सम्बन्धी सचेतना कार्यक्रम

काठमाडौं । साग्रिला डेभलपमेन्ट बैंकको गल्छी शाखाले कोरोना भाइरस सम्बन्धी सचेतना कार्यक्रम गरेको छ । विकास बैंकले शुक्रबार धादिङको जनजागरण मा.वि.को प्राङ्गणमा कक्षा १ देखि १२ सम्म अध्ययनरत विद्यार्थी तथा विद्यार्थीका अभिभावकहरुलाई सो सम्बन्धी जानकारी दिएको हो । संस्थाले गल्छी स्वास्थ्य चौकीको प्राविधीक सहयोगमा कोरोना फाइरसको सङक्रमणबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा सचेतना कार्यक्रम गरेको हो । कार्यक्रममा सहजीकरण गरेका साग्रिला डेभलपमेन्ट बैंक गल्छी शाखाको प्रमुख गौरब काफ्ले कोरोना भाइरसबाट आफु पनि बचौँ र अरुलाई नी बचाऔँ भन्दै जसका लागि सरसफाई मा विशेष ध्यान दिने,मास्क लगाउने, हातलाई सावुन पानीले धुने, हात नमिलाउने, भिडभाडमा नजाने, नियमीत शारिरीक ब्याम गर्ने, मधपान मासहारीको प्रयोग नगरि भिटामीन सी पाउने अमला, कागती खाने, प्रत्येक आधि घन्टाको अन्तरमा पानि पिउने, बिहान बेलुका घीउको सेवन गर्ने रुघा खोकी ज्यरो आएमा मनोबल नघटाइ तुरुन्त नजिकैको स्वास्थ्य चौकामा जानुपर्ने बताए । स्वास्थ्यकर्मी रेखा अधिकारी र रन्जना रिमालले कोरेना भाइरसको सङक्रमणबाट बच्ने उपायहरु बताउदै घरमा आफनो परिवार छरमिेकीलाई समेत सिकेका कुराहरु जानकारी दिन र सामाजिक सन्जालको पछि परेर सबै त्यसैको भरमा नलाग्न अनुरोध गरेका छन् । साथै, सामाजिक सन्जालमा त्रास फैलाउने काम नगर्न समेत अनुरोध गरे र गर्ने त्यस्तालाई सरकारले कडा भन्दा कडा कारबाही गर्न समेत अनुरोध गरेका छन् ।

कमल थिङको उद्धारको लागि आवश्यक ‘ब्लडमनी’ संकलन भयाे

काठमाडौं । वैदेशिक रोजगार उद्धार नेपालले सिन्धुली जिल्ला मरिन गाउँपालिका वडा नम्बर–२ स्थायी घर भएका कमल थिङको ‘ब्लडमनी’ तिर्नको लागि आवश्यक रकम उठिसकेको जनाएको छ । थिङलाई कतारको अदालतले ब्लडमनी तिर्नको लागि फैसला सुनाएको थियो । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा उक्त संस्थाले पत्रकार सम्मेलनको आयोजना गरेर यस्तो जानकारी गराएको हो । ब्लडमनी तिर्नको लागि कतारी रियाल २ लाख अर्थात नेपाली ६० लाख भनिएको थियो । उक्त रकम तिर्नको लागि नेपालमा जम्मा भैसकेको छ । पारिवारिक सहमतिका आधारमा तोकिएको पैसा तयार गरिएको पनि संस्थाले जनाएको छ । मृत्तकको परिवारले बोलाएपछि उक्त रकम हस्तान्तरण गरिने पनि संस्थाले जनाएको छ । मृत्तक शिवरतन राउत पनि नेपालकै हुन् । उनको ठेगाना धनुषा जिल्ला घोडघाँस वडा नम्बर–३ हो । उनको परिवारले सहमति जनाएपछि ब्लडमनी तिर्न लागिएको पनि संस्थाले बताएको छ । मृत्तकको परिवारले रकम बुझेपछि आममाफीमा लिखित सहमति हुने र अहिले त्यसको लागि मृत्तकका छोरा राजकुमार राउतले थिङको परिवारसँग समन्वय गरिरहेको पनि उक्त संस्थाले स्पष्ट पारेको छ । सन् २०१८ सेप्टेम्बर ८ तारिखमा एक आपसमा जिस्किने क्रममा कतारमै दुर्घटना भई राउतको मृत्यु भएको कुरा पनि संस्थाले जनाएको छ । २०७६ साउन २१ गते कतारको दोहास्थित् नेपाली राजदूतावासले कतारमा मृत्यु भएका नेपाली नागरिक राउतको क्षतिपूर्तिको सम्बन्धमा मृत्तक र थिङ दुवैको परिवारलाई सम्बोधन गरेर पत्राचार समेत गरेको थियो । कार्यक्रममा वैदेशिक रोजगार उद्धार नेपालका अध्यक्ष ईन्द्रलाल गोलेले घट्ना भएपछि थिङको परिवारका सदस्यहरु आफूहरुको संस्थामा आएको र उद्धारको लागि निवेदन दिएको सुनाए ।