काेरोनाको आशंकामा रोनाल्डो सेल्फ क्वारेन्टाईनमा

काठमाडौं । कोरोना लागेको आशंकामा चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो सेल्फ क्वारेन्टाईनमा बसेका छन् । जुभेन्टसका कल्बका सहकर्मी खेलाडी डानिली रुगानीलाई कोरोना पोजेटिभ देखिएपछि रोनाल्डो सेल्फ क्वारेन्टाईनमा बसेका हुन् । उनीहरुले आईताबार एक गेमपछि ड्रेसिङ रुम सेयर गरेका थिए ।

बाँकेमा बालविवाह ६० प्रतिशत, रोकथाम चुनौतीपूर्ण बन्दै

नेपालगञ्ज । विसं २०६८ को जनगणनाअनुसार बाँकेको बालविवाह ६० प्रतिशत रहेको छ । बालविवाह रोकथामको व्यवहारिक पक्ष चुनौतीपूर्ण बन्दै गएको छ । अभिभावकले नै २० वर्ष उमेर नपुग्दै आफ्ना छोराछोरीको विवाह गरिदिने प्रवृत्तिका कारण यो चुनौतीपूर्ण बनेको हो । केही समययता जिल्लाका केही सचेत युवायुवती किशोरी र बाल क्लबमार्फत जनचेतनामूलक कार्यक्रममा लागिपरे पनि विशेष गरी मुस्लिम तथा मधेशी समुदायमा बालविवाह रोक्न नसकिएको बाल अधिकारकर्मी साहिल अन्सारीको भनाइ छ । बाँकेमा बालविवाह कतिले गरिरहेका छन् भन्ने यकिन तथ्याङ्क नभए पनि बालविवाह बढ्दै गएको बालविवाहका क्षेत्रमा काम गर्ने सङ्घसंस्थाको बुझाइ छ । गत आर्थिक वर्ष जिल्ला प्रहरी कार्यालयमा लिखित र मौखिक गरी ५० बढी उजुरी परे पनि दोषीमाथि कानूनी कारवाही भएको पाइँदैन । “उजुरीको सङ्ख्या कम देखिएको मात्र हो, मुस्लिम र मधेशी समुदायमा बालविवाह त निर्वाध हुने गरेको छ”, अधिकारकर्मी कमला पन्तले भने । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर ओलीले दुई परिवारको सहमतिमा हुने बालविवाह कानूनले नियन्त्रण गर्न नसकिने भएकाले अभिभावकमा नै जागरण ल्याउनुपर्ने खाँचो रहेको बताए । बीस वर्षभन्दा कम उमेरमा विवाह गरे त्यसलाई नेपालको कानूनले बालविवाह भन्ने गरेको छ । बालविवाह रोकथामका लागि सरकारी तथा गैरसरकारी सङ्घसंस्थाले काम गरिरहेका छन् । यो प्रयासपछि बालविवाह केही मात्रामा न्यूनीकरण भए पनि पूर्णरुपमा रोकिन भने सकेको छैन । नेपालको कानूनले बालविवाह गर्ने र गराउनेलाई तीन वर्ष कैद र रु ३० हजारसम्म जरिवानको व्यवस्था छ । तर बालविवाह रोकथामका लागि बनाइएका कानून प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेको छैन । जसका कारण बालविवाहाका घटना बढ्दै गएको अवस्था छ । बालविवाह रोकथामका लागि स्थानीय सरकार र सङ्घसंस्थाले सामूहिक पहल गर्नुपर्ने अधिवक्ता विश्वजित तिवारीको सुझाव छ । बाँके मधेशी र मुस्लिम समुदायको बाहुल्यता भएको जिल्ला हो । विशेष गरेर यो समुदायमा २० वर्ष नपुग्दै विवाह गर्ने प्रचलन छ । तर कानूनले २० वर्षपछि विवाह गर्न पाउने व्यवस्था गरेको छ । केही महिनाअघि बाँकेमा छोरीको विवाह १६ वर्षमै विवाह गर्न पाउँ भनेर मागसमेत उठेको थियो । सो मागलाई समाजका अगुवाले गैरकानूनी माग भनेर टिप्पणी गरेका छन् । रासस

हलिउड अभिनेता टम ह्याङ्क्सका दम्पतिमा देखियो कोरोना

काठमाडौं । प्रसिद्ध हलिउड अभिनेता टम ह्याङ्क्स र उनकी श्रीमती रिता विल्सनमा कोरोना भाइरसको संक्रमण देखिएको छ । उनीहरुलाई अस्ट्रेलिया भ्रमणका क्रममा संक्रमण देखिएको थियो । ६३ वर्षिय एक्टर ह्याङ्क्सले सामाजिक संजालमार्फत आफू र श्रीमतीलाई अस्वस्थ रहेका पोस्ट गरेका थिए । जब अमेरिका आएर परीक्षण गर्दा दुवैमा कोरोना संक्रमण देखियो । ह्याङ्क्सले श्रीमान, श्रीमती नै आइसोलेसनमा बस्ने जानकारी दिए ।