डिशहोममा मधेस प्लस च्यानल

काठमाडाैं । नेपाली टेलिभिजनको दुनियाँमा डिशहोमले भरपुर मनोरञ्जनले भरिएको मधेस प्लस च्यानल संचालनमा ल्याएको छ । डिशहोमको च्यानल नं. ११९ मा यो च्यानल प्रशारण भईरहेको छ । नेपालमानै पहिलो पटक भोजपुरी चलचित्र, गीत, मैथली, थारु, लगाएतका मधेस क्षेत्रमा प्रचलनमा रहेका विभिन्न भाषा भाषिका गीत संगीत, टेलिचलचित्र तथा विविध मनोरञ्जनात्मक कार्यक्रमहरुलाई प्रथमिकताका साथ प्रशारण गर्ने तयारि च्यानलले गरिरहेको छ । मधेस प्लस च्यानलमा हरेक शुक्रबार राती ८ बजे मैथली भाषाको समसामयिक, सामाजिक टेलिशृंखला मिथिलाञ्चली प्रसारण भईरहेको छ । यस सिरियललाई दर्शकहरुले रुचाउनुका साथै राम्रो प्रतिकृया जनाएकाे कारण साे च्यानल मार्फत डिशहोमले विभिन्न मधेस केन्द्रीत कन्टेन्ट प्रसारण गर्ने तयारी गरिरहेको जानकारी दिएकाे छ । उक्त च्यानलमा डिशहाेमले हरेक शनिबार दिउँसो १ वजे भोजपुरी भाषामा हलिउड चलचित्र प्रसारण गरिरहेको छ भने दैनिक ८ शो भोजपुरी भाषाको चलचित्र प्रसारण गरिरहेको छ । डिशहाेमकाे अनुसार चाँडै यस च्यानलमा स्थानीय भाषाको गीत संगीत, टेलिचलचित्र तथा अन्य मनोरञ्जनात्मक कार्यक्रमहरु प्रसारण हुनेछ । लामो समय देखी नेपाली दर्शकको मनोरञ्जनको चाहानालाई ध्यानमा राखेर डिशहोमले आफ्नै विभिन्न एक्सक्लुसिभ च्यानलहरु संचालन गर्दै आएको छ ।  

आइएमई ग्रुप अन्तर्गत संचालित गेम अनले एफसी चितवन टिमको स्वामित्व ग्रहण गर्ने

काठमाडौं । नेपाली फुटबलको इतिहासमै पहिलोपटक अक्सनमा आधारित फ्रेन्चाइज नेपाल सुपर लीग (एनएसएल) अर्को महिनाबाट सुरु हुँदै छ । अन्तर्राष्ट्रिय स्तरमा अभ्यास हुँदै आएको भएता पनि यस्तो प्रकृतिको खेलकुद प्रतियोगिता नेपालमा पहिलोपटक गर्न लागिएको हो । प्रतिष्ठित व्यवसायिक घरानाहरूले विभिन्न प्रतिष्पर्धी टीमहरूको स्वामित्व ग्रहण गर्न थालेपछि यो प्रतियोगिता झन् बढी प्रतिष्पर्धात्मक एवंम रोमान्चकारी हुने देखिएको छ । यसै क्रममा आसन्न प्रतियोगितामा आइएमई ग्रुप अन्तर्गत संचालित गेम अन प्रा.लिले एफसी चितवन टीमको स्वामित्व ग्रहण गर्ने भएको छ । हालै राजधानी काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमकावीच उक्त कुरा सार्वजनिक भएकाे हाे । पानीपोखरीस्थित आइएमई ग्रुपको केन्द्रीय कार्यालयमा बुधबार आयोजित एक विशेष कार्यक्रमकावीच सो सम्बन्धित सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । सम्झौता पत्रमा आइएमई ग्रुपको तर्फबाट गेम अन प्रा.लिका प्रबन्ध निर्देशक सचिन ढकाल र मुख्य प्रशिक्षक मेघराज के.सी, सहायक प्रशिक्षक शैलेश कर्मचार्य र मार्की प्लेयर राष्ट्रिय टीमका स्टाइकर भरत खवासले हस्ताक्षर गरेका छन् । हस्ताक्षर कार्यक्रममा संक्षिप्त मन्तब्य दिँदै गेम अन प्रा.लिका प्रबन्ध निर्देशक सचिन ढकालले विश्वकपमा अर्कै देशको टीमलाई समर्थन गर्दै खेलको मनोरन्जन लिनुपरेको अवस्थालाई अन्त्य गर्नका लागि आफुले एफसी चितवन टिमको नेतृत्व लिएको उल्लेख गर्दै टिमले सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरे । खेलकुदका क्षेत्रमा युवा पुस्तामा बढ्दो आकर्षण रहेको र प्रर्याप्त पूर्वाधार पनि निर्माण भइनसकेको अवस्थामा समस्त खेलाडीहरूलाई प्रोत्साहन पनि मिलोस् र दर्शकलाई भरपुर मनोरन्जन पनि प्राप्त होस् भन्ने आफ्नो इच्छा रहेको उनले बताए । हस्ताक्षर कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, प्रबन्ध निर्देशक हेमराज ढकाल, एफसी चितवनका हेड कोच मेघराज के.सी, एसिस्टेन्ट कोच शैलेश महर्जन र मार्कोप्लेयर भरत खवास एवम् आइएमई ग्रुपमा कार्यरत उच्च पदस्थ कर्मचारीहरुको सहभागिता रहेको थियो । तीन दशकभन्दा बढी समयदेखि नेपालको व्यवसायिक क्षेत्रमा क्रियाशील आइएमई ग्रुपले रेमिट्यान्स, बैंक तथा वित्तीय संस्था, ट्रेडिङ्ग, पर्यटन, सूचना प्रविधि, उर्जा, अटोमोबाइल, इन्सोरेन्स तथा डिजिटल फाइनान्स जस्ता क्षेत्रमा लगानी विस्तार गर्दै आइरहेको छ । आइएमई फाउन्डेसन मार्फत खेलकुदका क्षेत्रमा योगदान पु¥याउँदै आएको ग्रुपको खेलकुदका क्षेत्रमा यो दोस्रो प्रयास हो ।

डिशहोममा मनोरञ्जनात्मक कमेडी शो ‘कमेडी क्याफे’ संचालनमा

काठमाडौं । डिशहोमले आफ्ना ग्राहकलाई थप मनोरञ्जन प्रदान गर्ने उद्देश्यले विलकुलै नयाँ र मोरञ्जनात्मक कमेडी शो ‘कमेडी क्याफे’ संचालन गरेको छ । कार्यक्रम कमेडी क्याफे २०७७ फागुन २२ गतेदेखि डिशहोमको रियालिटी टीभी च्यानेल नं. १०२ मा हरेक शनिबार बेलुकी ७ बजे प्रशारण भइरहेको छ । विविध मनोरञ्जनात्मक नेपाली चलचित्र, लोक दोहोरी र आधुनिक गीतसंगै फोन मार्फत सेलिव्रेटी, कलाकार र अन्य व्यक्तिलाई प्रयाङ्क कल गरि प्रस्तोताले रमाइलो कुराकानी गर्ने छन् । हाँस्य टेलिश्रीङ्खलामा माने र रेन्बो सोल्टा नाम मार्फत परिचित कलाकार सुजित थापा क्षेत्री र राजु भुजेलले विभिन्न चरित्र बनि फोन उठाउने व्यक्तिलाई प्रयाङ्क गर्छन् । यस कार्यक्रम मार्फत डिशहोमका दर्शकले मनोरञ्जन लिने कम्पनीले विश्वास लिएको छ ।