पार्टनरले समय नदिँदा झगडा नगर्नुहोस्, यी टिप्स अपनाउनुहोस्
एजेन्सी । सम्बन्धमा एकअर्कालाई समय दिनुपर्छ तर काममा व्यस्त हुँदा मानिससँग समयको कमि हुन्छ । यस्तो अवस्थामा जब जोडीले एकअर्कालाई समय दिँदैनन्, तब धेरै दूरी बढ्ने सम्भावना हुन्छ । यदि तपाइँको पार्टनर प्रायः व्यस्त हुन्छ, तपाइँको लागि समय दिँदैन भने तब एकआपसमा झगडा पर्ने सम्भावना रहन्छ । श्रीमान अथवा श्रीमतीले एक अर्कालाई समय नदिएमा दिनहुँजसो गुनासो गर्ने वातावरण बन्छ । जसले गर्दा दुवै वीचमा झगडा हुन्छ । बिस्तारै दम्पतीबीच झगडा बढ्दै गएर कुरा ब्रेकअपसम्म पुग्छ । धेरै पटक तपाईं आफ्नो पार्टनरलाई डिस्टर्ब गर्न चाहनुहुन्न समयको अपेक्षा गर्नुहुन्छ, यस्तो अवस्थामा यदि पार्टनर धेरै व्यस्त छ भने उसलाई चिन्तित पार्नु र झगडा गर्नुको सट्टा यी टिप्सहरू लिएर उहाँसँग समय बिताउनुहोस्। पार्टनरसँग कुरा गर्नुहोस् कुनै पनि समस्या छलफलबाट समाधान गर्न सकिन्छ। यदी तपाईंको पार्टनर अफिसको काममा धेरै व्यस्त छ र तपाईंलाई समय दिन सक्दैन भने उसँग गुनासो वा भावनालाई राम्रोसँग भन्नुहोस । तपाईंले पनि उसको कुरा राम्रोसँग सुन्नुहोस र समस्या अथवा समय अभावको बारेमा राम्रोसँग बुझ्ने प्रयत्न गर्नुहोस । पार्टनरको कामसँग सम्बन्धित कुराहरु बुझेपछि यसले स्पष्ट पार्छ कि पार्टनरले तपाईंलाई कामको कारणले समय दिँदैन वा उसले तपाईंलाई बेवास्ता गर्छ। यसो गर्दा पार्टनरले पनि तपाईको भावना बुझ्न सक्नेछन्। खुशी हुनुहोस सुखी सम्बन्धको लागि तपाई आफैं खुसी हुनु आवश्यक छ। यदि पार्टनरले समय दिइरहेको छैन भने दुखी नहुनुहोस् र खुसी हुने प्रयास गर्नुहोस्। जब तपाईं खुसी हुनुहुन्छ पार्टनरले व्यस्तताको बीचमा पनि राहत महसुस गर्नेछ। घरको भेटघाटलाई आनन्दित बनाउनुहोस धेरै कामका कारण पार्टनर तपाईसँग कतै जान नसकेको वा धेरै समय बिताउन नसक्ने हुनसक्छ । त्यस्तो अवस्थमा समयको सदुपयोग गर्न सकिन्छ । यदि तपाइँ आफ्नो पार्टनरसँग समय बिताउन चाहनुहुन्छ भने उनीहरूसँग बाहिर जाने बारेमा नसोच्नु राम्रो हुन्छ । बरु घरमा नै बस्ने रमाइलो गर्ने र खुसी हुने वातावरण बनाउँदा उत्तम हुन्छ । जब पार्टनर कामबाट घर फर्कन्छ, आफ्नो मनपर्ने डिनर तयार गरेर सँगै खाने, फिल्म हेर्ने, छलफल गर्ने, करेसाबारीमा काम गर्ने जस्ता कुराहरु गरेर आफ्नो पार्टनरसँग खुसी हुन सकिन्छ । सरप्राइज गिफ्ट दिनुहोस थोरै समयको प्रयोग गरेर पनि सम्बन्धमा खुसी राख्न सकिन्छ । तपाईं आफ्नो पार्टनरलाई समय समयमा सरप्राइज दिएर हरेक समयलाई विशेष बनाउन सक्नुहुन्छ। आफ्नो पार्टनरलाई उपहार दिएर तपाईं आफ्नो सम्बन्धको लागि व्यस्त क्षणहरूबाट केही समय निकाल्न सक्नुहुन्छ। जसले गर्दा दुबै पक्ष एकआपसमा खुसी हुन सकिन्छ ।
डिशहोममा वर्ल्ड कप हेर्न सकिने, ल्यायो उपहार योजना पनि
काठमाडाैं । डिश मिडिया नेटवर्कले फिफा विश्वकप २०२२ काे अवसरमा अभिय ‘फिल द म्याजिक अफ फुटबल इन डिशहोम’ अभियान शुरु गरेको छ । यसका डिशहोमले लामो समयदेखि प्रतिक्षा गरिएको फिफा विश्वकप फुटबलको प्रशारण गर्ने भएको छ । कम्पनीले वर्ल्डकपका सबै खेलहरु २के रिजोलुशनमा प्रत्यक्ष प्रशारण गर्ने जानकारी दिएको छ । हरेक चार/चार वर्षमा हुने विश्वकप फुटबललाई नेपाली फुटबलका फ्यानहरुले हर्षोल्लासका साथ स्वागत गर्ने गरेका भन्दै नेपाली सामाजिक सञ्जालको लोकप्रियता र फ्यानहरुको गतिविधीलाई मध्यनजर गर्दै डिशहोमले धेरै उपहारहरु सहित सामाजिक सञ्जालका लागि विभिन्न डिजिटल अभियानहरु जारी गरेको छ। त्यस अभियानमा सहभागी हुनका लागि सहभागीहरुले डिशहोमको फेसबुक पेजमा गइ पोस्टमा #MagicalMomentsof (उनीहरुको मनपर्ने टिम, जस्तै:- MagicalMomentsofPortugal) प्रयोग गर्नुपर्नेछ । साथै, सहभागीहरुले आफूले समर्थन जनाएको देशको म्याजिकल क्षणहरुको भिडियो क्लिप वा फोटो पोस्ट गर्नुपर्ने कम्पनीले जनाएको छ ।
विश्वकप फुटबलमा आज तीन खेलहरू हुँदै
काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ प्रतियोगिता अन्तर्गत आज तीन खेल हुँदैछ । कतार विश्वकप फुटबलमा समूह ‘ए’ अन्तर्गत एक खेल हुनेछ भने समूह बीमा दुई खेल हुँदैछ । पहिलो खेल समूह ‘बी’ मा रहेका इङ्ग्ल्यान्ड र इरानबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल बेलुका ६ः४५ बजे सुरु हुनेछ । दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रने छन् । त्यसैगरी समूह ‘बी’अन्तर्गतको अर्को खेलमा अमेरिका र वेल्सबीच प्रतिस्पर्धा हुनेछ । अमेरिका र वेल्सबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । त्यस्तै समूह ‘ए’ मा रहेका सेनेगल र नेदरल्यान्ड्सबीच खेल हुनेछ । उक्त खेल राति ९ः४५ बजे सुरु हुनेछ । विश्वकपमा विभिन्न ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् । यस विश्वकपमा कूल ६४ खेल हुनेछ । प्रत्येक समूहका शीर्ष दुई टोली नकआउट चरणमा पुग्नेछन् । फिफा विश्वकप फुटबल प्रतियोगिताको आइतबारको उद्घाटन खेलमा इक्वेडरले आयोजक कतारलाई पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको छ । कतारको अल बेयत रङ्गशालामा आइतबार राति सम्पन्न खेलमा इक्वेडरले कतारलाई २–० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको हो । इक्वेडरको जितमा एनर भ्यालेन्सिया नायक बने । उनले खेलको १७ औँ मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गर्दै खाता खोले । गोलरक्षक साद अलसिबले पेनाल्टी क्षेत्रभित्र लडाएपछि इक्वेडरले पेनाल्टी प्राप्त गरेको थियो । जसलाई एनरले गोल गर्न सफल भए । त्यस्तै खेलका ३१ औँ मिनेटमा एनरले व्यक्तिगत दोस्रो गोल गर्दा इक्वेडरको जित सुनिश्चत भयो । उनले एन्जेलो प्रेसियाडोको क्रस बललाई सदुपयोग गर्दै गोल गरे । यसपछि थप गोल हुन नसकेपछि खेल इक्वेडरले कतारमाथि २–० को सहज जित हात पारयो । यस खेलसँगै इक्वेडरले शीर्ष तीन अङ्क जोडेको छ । रासस