एक दशक बढी विदेशको बसाईंपछि स्वदेश फर्केर कृषिमा लागेका म्यादेली यूवाको कथा

सांकेतिक तस्वीर गलेश्वर । दश वर्षको जापान बसाइलाई बीट मारेर आफ्नै देशमा फर्किएका म्याग्दीको मङ्गला गाउँपालिकाका कृष्ण पौडेल, १६ वर्ष मलेशिया बसेर गाउँ फर्किएका बेनी नगरपालिका २ का धु्रव थापा, लामो समय कोरियामा रोजगारी गर्नुभएका डडुवाका कृष्ण बानियाँ स्वदेश फर्केर व्यावसायिक कृषिमा लागेका छन् । लामो समयसम्म विदेशमा काम गरी कमाएको पैसा गाउँमा नै कृषि क्षेत्रमा लगानी गरेर मनग्य आम्दानी गर्न म्याग्देली युवाहरु सफल भएका छन् । विदेशबाट फर्केका युवाहरु आधुनिक प्रविधि र साधन स्रोतको प्रयोग गरी व्यावसायिक रुपमा नै कृषिमा लागेपछि गाउँमा रहेका युवाहरु पनि कृषि पेशाप्रति आकर्षित भएका छन् । जिल्लाका बेनी नगरपालिका सहित ६ वटै स्थानीय तहहरुमा पछिल्लो समय व्यावसायिक कृषि फस्टाउँदै गएको स्थानीय तहका कृषि प्राविधिकहरुले बताएका छन् । विगत दुईवर्ष यता म्याग्दीमा २८ जना युवाहरु विदेशबाट फर्केर व्यावसायिक कृषिमा लागेका छन् । ती मध्येका एक हुन् मङ्गला गाउँपालिकाका कृष्ण पौडेल । जापानमा १० वर्ष विताएका मङ्गला गाउँपालिका– २ तल्लो डडुवाका युवा पौडेलले व्यावसायिक रुपमा कृषि तथा पशुपालन गरेका छन् । परम्परागत शैलीको खेती र पशुपालनलाई विस्थापित गर्दै लकडाउनको समयमा कृषि र पशुपालनलाई व्यावसायिक आम्दानीको स्रोतको रुपमा अघि बढाएका हुन् । टिकेवी बहुउद्देश्यीय पशुपालन तथा कृषि फार्मबाट मकै, कोदो खेती रहेको बारीलाई विस्थापित गरेर चारसय सुन्तला लगाएका छन् भने करिव दुईसय बोटबाट यस वर्ष दाना उत्पादन भएको कृषक पौडेलले बताए । गतवर्ष उत्पादन भएका सुन्तला काठमाण्डौँ पु¥याएका कृषक पौडेलले यस वर्ष उत्पादन भएका सुन्तला पोखरा पु¥याउन व्यापारी घरमै आएपछि कृषक पौडेल खुशी छन् । गत वर्ष सुन्तला खेतीबाट करिव एकलाख आम्दानी गरेका पौडेलको यस वर्ष आम्दानी बढ्ने अनुमान छ । सुन्तला उत्पादन वर्षैपिच्छे नयाँ बोटहरुमा फल्र्दै गएपछि आम्दानी पनि बढेको छ । मकै कोदो लगायतको खेतीलाई विस्थापित गरेर सुन्तलासँगै गोलभेँडा, बन्दाकाउली लगायतको तरकारी खेतीबाट मात्रै मासिक रुपमा रु १५ हजार भन्दा बढी आम्दानी गरेका छन् । पौडेलले फलफूल तथा तरकारी खेतीलाई आवश्यक फलका लागि व्यावसायिक रुपमा उन्नत जातका बाख्रापालन गरेका छन् । करिव २० लाख लगानीमा विगत २ वर्षदेखि ४० वटा उन्नतजातका बोयर र स्थानीय बाख्रा पालन गरेको उनले बताए । क्रस बोयर पाठापाठी उत्पादन गरेर बिक्री गर्ने योजनासहित आधुनिक किसिमको खोर निर्माण गरेको कृषक पौडेलको भनाइ रहेको छ । उनकाे व्यावसायिक कृषि तथा पशु फार्मलाई ब्यवस्थित गर्न मङ्गला गाउँपालिकाले रु २ लाख सहयोग गरेको छ भने भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट घाँस काट्ने उपकरण अनुदान पाएका छन् । पौडेलले एकजनालाई रोजगारी दिएका छन् भने बुवा तेजराज र आमा टीकाकुमारी पौडेलले पनि सहयोग गरेका छन् । स्थानीय सरकारले घर नजिक कृषि सडक पु¥याएपछि कृषकले उत्पादन गरेको तरकारी तथा फलफूल र खशी बोका बिक्रीका लागि बजार पठाउन सहज भएको छ । त्यसैगरी बेनी नगरपालिका २ ज्यामरुककोटका धु्रब थापाले पनि १६ वर्ष मलेशियामा बसेर गाउँ फर्केपछि गरेको व्यावसायिक तरकारी खेतीले उनको जीवनमा हरियाली फर्काएको छ । तरकारी बेचेर मात्रै मासिक ५० हजार भन्दा बढी आम्दानी गर्दै आएका थापाले करिब ७ रोपनी बारीमा मौसमी र बेमौसमी प्रजातिका विभिन्न तरकारीहरु लगाएका छन् । रासस

जनही ५ लाख नगदसहित महिला भलिबल खेलाडी सम्मानित

काठमाडौं । नेपाली राष्ट्रिय भलिबल टोलीका खेलाडीहरु सम्मानित भएका छन । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित सम्मान कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र युवा तथा खेलकुद मन्त्री महेश्वरगंज गहतराज (अथक) ले “बंगबन्धु एशियन सेन्ट्रल जोन महिला भलिबल च्यालेञ्ज कप” विजेता महिला भलिबल टोलीका खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई सम्मान गरेका हुन । गत पुस ६ गतेदेखि १६ गतेसम्म बंगलादेशको राजधानी ढाकामा सञ्चालन भएको प्रतियोगितामा नेपाली महिला टोलीले उपाधि जितेको थियो । नेपालले उपाधि जितेलगत्तै युवा तथा खेलकुद मन्त्री अथकले नगद पुरस्कारको घोषणा गरेका थिए । मन्त्री अथककै पहलमा पौष १४ गते बसेको मन्त्रीपरिषदको बैठकले उपाधि बिजेता टिमका १२ खेलाडीहरुलाई जनही ५/५ लाख, २ जना प्रशिक्षकलाई जनही ३ लाख र १ जना अफिसियललाई २ लाख रुपैयाँ नगदले पुरस्कृत गर्ने निर्णय गरेकोे थियो । सोही निर्णयलाई कार्यान्वयन गर्दै सरकारले शुक्रबार खेलाडी, प्रशिक्षक तथा ब्यवस्थापकलाई प्रमाण पत्र तथा नगद पुरस्कारले सम्मान गरेको हो । सम्मानित हुने खेलाडीहरुमा अरुणा शाही ९कप्तान०, मनिषाकुमारी चौधरी, कामना विष्ट, लक्ष्मी चन्द, उषा भण्डारी, प्रतिमा माली, सलिना श्रेष्ठ, सरस्वती चौधरी, सुनिता खड्का, सफिया पुन, कृपा अधिकारी र शान्तिकुमारी थारु छन । त्यसैगरी प्रमुख प्रशिक्षक जगदिशप्रसाद भट्ट र प्रशिक्षक भरत यादव तथा व्यवस्थापक ज्योति केसीलाई समेत सम्मान गरीएको छ । “विश्व नं. १” प्रिन्स सम्मानित नेपाली युवा ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल सम्मानित भएका छन् । विश्व ब्याडमिन्टन महासंघ (बीडब्लुएफ) को विश्व वरीयताको जुनियरतर्फ शीर्ष स्थानमा उक्लदै इतिहास रचेका प्रिन्सलाई प्रधानन्त्री शेरबहादुर देउवाले सम्मान गरेका हुन । युवा तथा खेलकुद मन्त्री महेश्वरगंज गहतराज (अथक) को उपस्थितीमा भएको सम्मान कार्यक्रममा प्रिन्सलाई सम्मानपत्र प्रदान गरीएको हो । ब्याडमिन्टनको विश्व वरीयताको शीर्ष स्थानमा पुग्ने प्रिन्स पहिलो नेपाली खेलाडी हुन ।

क्या घमण्डी हामी

हामी मध्ये धेरै घमण्डी छौं । यस्तो त नलेखेको भए पनि हुन्थ्यो नी यसले भन्नुहोला यो तपाईंको मनको कुरा हो । तर, मेरो भोगाई र अनुभवले यही नै देखाउँछ । तसर्थ जे देखें जे अनुभव गरें त्यही लेखे रिसानी माफ होस् । १९५८ मा माओत्से तुङ ले ५ वर्ष माथिका सबै जनतालाई देशैभरबाट भँगेरा उन्मूलन गर्न उर्दी लगाए । भँगेराले धान खाएर धानको उत्पादन कम भयो भनेर माओत्से तुङले अर्डर दिएपछि सबै जनता मिलेर भँगेरालाई उन्मुलन गराए तर भँगेरा उन्मुलन भएकै वर्षमा धान उत्पादनमा कमी आयो । आफुले गरेको निर्णय गरकै वर्षमा धान उत्पादन कमी भयो । त्यसपछि माओले कृषि विज्ञहरु बोलाई अनुसन्धान गराए र अन्त्यमा कृषि विज्ञहरुले माओलाई भँगेरामा आएको कमिका कारण धान उत्पादन कम भएको बताए । भँगेराले धान खाने कीरालाई नी आफनो आहारा बनाई खाँदो रहेछ भन्ने विज्ञहरुबाट थाहा पाएपछि उनले रुसबाट भँगेरा झीकाई आफनै देशमा भँगेराको उत्पादन गर्ने कार्यलाई तिब्रता दिएका थिए । तर माओ नमुरेन्जेलसम्म भँगेराहरु हानिकारक होईन रहेछन भनेर जानकारी पनि जनतालाई दिइएन । हामीहरुले ईतिहास पढ्यौं । घरमा बस्दा बाउ बाजेले भन्ने र प्रयोग गर्ने शब्दहरु सुन्यौं । हामी त हिग नभए नी हिग बाधेको टालो हो, कार्यालयको हाकीम पो हो त, विर गोर्खाली पो हौं त, फलानाका सन्तान पो हौं त, फलानो पार्टीको पो हौं त भन्ने घमण्डले म को हो भनेर आफुले आफुलाई चिन्न छाडीसकेका छौं । सबै कुरा मैले भनेकै हुनुपर्छ, मैले मात्र जानेको छु र अन्तिम सत्य पनि यही हो भनेर भनिरहँदा मभन्दा बाहिर पनि विचारहरु र सत्यहरु छन जुन मैले पनि आत्मसाथ गर्नु पर्छ भन्ने सोच्ने बानीको विकास हामीले कहिल्यै गरेनौं । जे जती कामहरु भएका छन् ती सबै कामहरु मेरै कारण र मैले नै गर्दा भएको हो । म नभए त कहाँ यस्तो हुन्थो र ति कामहरु भन्ने सोचको विकासका कारण घमण्ड बढेको छ । खाली मेरै कारण भन्ने र अरुको केही पनि अर्थ नै छैन जसरी हामीले आफुले आफुलाई विकास गरिरहेका छौं । सधैं घरको पूजाकोठामा बालीने बत्तीले सधैं आफ्नो उज्यालोको प्रशांसा गर्थियाे । र छेउमै बलेको अगरबत्तीलाई आफ्नो प्रसंशा गर्दै भन्थ्यो, मैले गर्दा त तिमी देखिएका छौ नत्र तिमी कहाँ देखीन्थ्यौ र मैले गर्दा तिम्रो भाउ बढाईदिएको छु, अन्धकार हटाएको छु जसका कारण तिमीलाई पनि मानिसहरुले देखिरहेका छन भन्दै अगरबत्तीलाई हरेक हिसाबमा कमजोर देखाई हेपीरहन्थ्यो । तर अगरबत्ति सुनेर मुस्कुराइ रहन्थ्यो एक दिन पुजा पश्चात पुजारीले ढोका बन्द गर्न बिर्सीएछन र सानो हावाले बत्तीलाई निभायो र पुजा कोठा अन्धकार छायो र अगरबत्तिले नम्र हुँदै मुख खोलेर भन्यो, ‘हावाको सानो झोकले तिमीलाई सिध्याइदियो तर म त्यहि हावाको माध्यमबाट चारैतिर मीठो सुगन्ध छरिरहेको छु । तिमीले उज्यालो पारिरहँदा मैले पनि त सुगन्ध छरिरहेको थिए तर मैले कहिल्यै आफुले आफुमा घमण्ड गरिन ।’ यो कथाकाे साराशं पनि यहि हो की हामी सबै एक अर्काका परिपुरक हाैं । हामी एकले अर्काको महत्व बढाईरहेका छौ भन्ने जान्न जरुरी छ । खाली अरुलाई दोष थुपार्ने र आफु चाँहि दुधले नुहाएको जस्तो गर्ने हामीहरुको दैनिकी छ । कर्मलाईभन्दा धर्मलाई बढि विश्वास गर्ने हामी मन्दिरमा लाईनमा बसेर पुजा अर्चना गरी भगवानका विचारलाई आत्मसाथ गर्दै गर्दा जीवनको प्रगति पनि लाईनमा बसी अनुसासित भई अरुको भावनालाई कदर गर्दै जिवनमा कर्म गर्नुपर्दछ भन्ने कुराको ख्याल गर्न जरुरी छ जसले आफु र समाज दुवैलाई अगाडी बढाउन सहयोग गर्दछ ।