कांग्रेसले अब भाषणभन्दा बढी ऐतिहासिक निर्णय गर्ने साहस देखाउनुपर्छ : आङ्देम्बे
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बदलिएको राजनीतिक परिवेशमा कांग्रेसले अब भाषणभन्दा बढी ऐतिहासिक निर्णय गर्ने साहस देखाउनुपर्ने बताएका छन् । बीपी कोइरालाको स्मृति दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै आङ्देम्बेले यस्तो बताएका हुन् । विगतमा एउटा प्रभावशाली भाषणले लामो समयसम्म कार्यकर्तालाई उत्साहित बनाउने अवस्था रहे पनि अहिलेको समय त्यस्तो नरहेको उनको भनाइ छ । ‘अहिलेको समयले हामीसँग एक थान भाषण मात्रै मागेको छैन। कुनै बेला एक व्यक्तिको भाषण सुनेर महिनौं त्यसैमा रमाउने अवस्था थियो,’ उनले भने, ‘तर अहिलेको समयले नेपाली कांग्रेससँग गम्भीरतापूर्वक ऐतिहासिक निर्णय पनि गर भनेर माग गरिरहेको छ। हामीले त्यो सन्देश बुझ्नुपर्छ ।’ उनले कांग्रेसलाई समयको चुनौतीअनुसार अघि बढ्न आग्रह गर्दै पार्टीभित्र खुला छलफल, बहस र वाद–प्रतिवादलाई संस्थागत गर्नुपर्ने बताए । जीवन्त राजनीतिक दलमा फरक विचार स्वाभाविक हुने उल्लेख गर्दै उनले बहसबाटै सही निष्कर्ष र बलियो निर्णयमा पुग्न सकिने धारणा राखे ।
पार्टीको निर्णय र कार्यसूचीभन्दा बाहिर गई गतिविधि गर्न पाइँदैनः घिमिरे
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति गुरुराज घिमिरेले पार्टीको निर्णय र कार्यसूचीभन्दा बाहिर गएर गतिविधि गर्ने छुट कसैलाई पनि नरहेको बताएका छन् । बिहीबार आयोजित एक कार्यक्रममा बोल्दै उनले कांग्रेसभित्र अनुशासन, एकता र साझा कार्यदिशा अपरिहार्य रहेको उल्लेख गर्दै पार्टीको आधिकारिक निर्णयअनुसार अघि बढ्न नेता–कार्यकर्तालाई आग्रह गरे । घिमिरेले बदलिँदो समयको माग र जनताको अपेक्षा बुझ्न नसके कांग्रेस कमजोर बन्न सक्ने चेतावनी दिए । उनले कांग्रेसलाई पुनः जनतासँग बलियो रूपमा जोड्न युगको आवश्यकता, नागरिकका चाहना र समकालीन राजनीतिक चुनौतीलाई आत्मसात गर्नुपर्नेमा जोड दिए । उनले पार्टीभित्र व्यक्तिगत एजेन्डाभन्दा संगठनको सामूहिक कार्यसूचीलाई प्राथमिकता दिनुपर्ने बताउँदै कांग्रेसलाई जनमुखी, उत्तरदायी र समयअनुकूल बनाउने दिशामा सबै नेता–कार्यकर्ताले एकताबद्ध भएर काम गर्नुपर्ने धारणा राखे ।
राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको अन्तिम लक्ष्य समाजसेवा भएको बताएका छन् । पार्टीको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक होटल व्यवसायी संघले बिपी कोइरालाको ४४ औं स्मृति दिवस तथा चौंथो स्थापना दिवसको अवसरमा बुधबार (आज) मानवसेवा आश्रममा आयोजना गरेको कार्यक्रममा उनले मानवसेवा सबैभन्दा ठूलो सेवा भएको बताए । उनले दिनदुःखी र बेसहाराका लागि मानवसेवा आश्रमले पुर्याएको योगदानको उच्च प्रशंसा गरे । बिपी कोइरालाको राजनीति र धर्मसम्बन्धी दर्शनको जनकल्याण भएको उनको भनाइ थियो । ‘धर्म र राजनीति दुवैको अन्तिम लक्ष्य भनेको जनकल्याण नै हो, बिपीका अनुसार धर्मको एउटा पक्ष आध्यात्मिक हुन्छ भने अर्को पक्ष परोपकार हो, त्यसैगरी, राजनीतिको पनि मुख्य पक्ष भनेको सेवा र कल्याण नै हो,’ उनले भने । राजनीतिलाई सेवाको माध्यम बनाउनुपर्ने सभापति थापाको भनाइ थियो । नेपाल लोकतान्त्रिक होटल व्यवसायी संघका अध्यक्ष लिलाप्रसाद ढकालले सङ्घले हरेक वर्ष बिपी स्मृति दिवसको अवसरमा यस्ता सामाजिक र पुण्य काम गर्दै आइएको जानकारी दिए । होटल व्यवसायीको काम व्यवसायसँगै समाजसेवा भएकाले आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिने उनको भनाइ थियो । मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले हाल देशभरका सातै प्रदेशका २३ जिल्लाका ३४ स्थानबाट मानसेवाको काम गर्दै आइरहेको जानकारी दिए । ऐनले आर्थिक वर्ष समाप्त भएको दुई महिनाभित्र स्थानीय तहसँग समन्वय गरी जग्गाको वास्तविक उपयोग अवस्था निरीक्षण गर्न र त्यसको प्रतिवेदन विभागमा पेस गर्नुपर्ने व्यवस्था गरेको छ । विभागले ढिलाइ नगरी सम्बन्धित कार्यालय आफै फिल्डमा खटिएर अनुगमन सम्पन्न गर्न, स्वीकृत उद्देश्यअनुसार जग्गा प्रयोग भए नभएको स्पष्ट विवरणसहित प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।