काठमाडौं । टाटा गाडीका नक्कली पार्टपुर्जा र लुब्रिकेन्ट अवैध रूपमा आयात गरी बिक्री वितरण गरेको आरोपमा प्रहरीले नेपास्थित नेक्स्ट जेनेरेसन अटोमोटिभ प्रालिमा छापा हानेको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको टोलीले बनेपास्थित नेक्स्ट जेनेरेसन अटोमोटिभ प्रालिमा छापा हानेकाे हाे ।
प्रहरीले १० वटा गोदाममा छापा हानेर अटो पार्टपुर्जा तथा लुब्रिकेन्ट बरामद गरेको जनाएको छ । बरामद गरिएका गोदामहरू सिलबन्दी गरिएको छ ।
नक्कली पार्टपुर्जाको प्रयोगले सवारी दुर्घटनाको जोखिम बढ्नुका साथै उपभोक्ताको ज्यान र सम्पत्तिमा क्षति पुग्ने तथा सरकारको राजस्वसमेत गुम्ने अवस्था रहेको प्रहरीको भनाइ छ ।
यस्ता अवैध कारोबारका कारण कानुनी रूपमा व्यवसाय सञ्चालन गर्ने व्यवसायीसमेत प्रत्यक्ष प्रभावित भएको प्रहरीको निष्कर्ष छ ।
प्रहरीले देशभर नक्कली अटो पार्टपुर्जा तथा लुब्रिकेन्टको अवैध कारोबारमा संलग्न व्यक्ति र समूहविरुद्ध खोजी तथा कारबाहीलाई थप तीव्र बनाइने जनाएको छ ।
(समाचारमा केही तथ्यगत त्रुटी भएकोले क्षमाप्राथीसहित सच्याइएको छ : सम्पादक)