काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन् । बिहीबार (आज) प्रदेश सभामा सम्बोधन गर्दै उनले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।
सम्बोधनको क्रममा शाहले राजीनामा दिएको पत्र प्रदेश प्रमुख नजिर मियाँलाई बुझाउने पनि बताएका छन् ।
नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका शाह नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को गठबन्धनपछि अल्पमतमा परेका थिए ।
उनले विश्वासको मत लिने आज अन्तिम दिन थियो ।
अब प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गर्नेछन्।