जापानमा ७.१ म्याग्निच्युडको भूकम्प पछि सुनामीको चेतावनी

काठमाडौं । दक्षिण पश्चिमी जापानमा मङ्गलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गए पछि, जापान मौसम विज्ञान विभागले सुनामीको चेतावनी जारी गरेको छ । जापानको क्युशु टापुमा आएको कम्पन  जापानको आफ्नै 'शिन्डो स्केल” मा मापन गरिएको विभागले जनाएको छ । सुनामी एक मिटर सम्म मापन गर्न सकिने तथा साँझ ५ः०० बजे सम्म आइ पुग्न सक्ने जनाइएको छ ।  जापानी मिडीया एन एच के ले निर्धारित स्तरसम्मका छालहरू पहिले नै रेकर्ड भइसकेका हुन सक्ने बताएको छ । यस अघि जुन –२५ मा उत्तरी जापानमा ७।२ म्याग्निच्युडको भूकम्प आउदा कुनै पनि व्यक्तिको मृत्यु नभएको वा ठूलो क्षति नभएको उल्लेख गरिएको छ । प्रशान्त 'रिंग अफ फायर' को पश्चिमी किनारमा चार प्रमुख टेक्टोनिक प्लेटहरूको शीर्षमा बसेको जापान विश्वको सबै भन्दा भूकम्पीय रूपमा सक्रिय देशहरू मध्ये एक रहेको जनाइएको छ । लगभग १२ करोड ५० लाख मिलियन मानिसहरूको घर रहेको उक्त द्वीपसमूहले सामान्य तया हरेक वर्ष सयौं  भूकम्पीय  झट्काहरू आउने र विश्वमा जाने भूकम्पको लगभग १८ प्रतिशत भुकम्प यस क्षेत्रमा जाने गरेको बताइएको छ  ।  यद्यपि भूकम्पले पार्ने क्षति तिनीहरूको स्थान र पृथ्वीको सतह मुनि गहिराई अनुसार फरक हुने जनाइएको छ ।  यो भूकम्पले सय अघि सन् २०११ मा गएको ९.० म्याग्निच्युडको भूकम्पको सम्झना दिलाएको  जनाइएको छ , जसले सुनामी निम्त्याउदा लगभग १८ हजार ५०० मानिसहरूको ज्यान गएको जनाइएको छ ।    यस वर्षको अप्रिल –२० मा देशको उत्तरमा ७.७ रेक्टर स्केलको भूकम्प आएको थियो, जसमा कम्तीमा १० जना घाइते भएका थिए  भने टोकियोमा ठूला भवनहरू हल्लाएका थिए । जसको कारण अधिकारीहरूले ८.० म्याग्निच्युडको भूकम्पको बढ्दो जोखिमको बारेमा विशेष सुझावसहितको चेतावनी जारी गरेको जनाइएको छ । रासस 

अत्यावश्यक स्वास्थ्य सेवा तत्काल सुचारु गर्न मानवअधिकार आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले आन्दोलनरत चिकित्सकलाई अत्यावश्यक स्वास्थ्य सेवा तत्काल सुचारु गर्न आग्रह गरेको छ ।  आयोगले नारायणी अस्पतालका चिकित्सक डा। प्रमोद राममाथि भएको कुटपिट र अस्पतालमा भएको तोडफोडको घटनाको विरोधमा देशभर नियमित स्वास्थ्य सेवा बन्द हुँदा आमनागरिकको स्वास्थ्य अधिकार प्रभावित भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  घटनाको विरोधमा चिकित्सकहरूले आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द गर्दा बिरामी उपचारबाट वञ्चित भएको आयोगको ठहर छ । आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्य सेवा जस्तो अत्यावश्यक सेवा बन्द गर्नु संविधानको धारा ३५ ले प्रत्याभूत गरेको स्वास्थ्यसम्बन्धी मौलिक हक, उपभोक्ताको अधिकार तथा प्रचलित कानुनको मर्मविपरीत हो ।’ घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिँदै आयोगले आन्दोलनरत चिकित्सकलाई आमनागरिकको स्वास्थ्यमा असर नपर्ने वैकल्पिक माध्यमबाट आफ्ना असहमति र विरोधका कार्यक्रम सञ्चालन गर्न आग्रह गरेको छ । त्यस्तै, स्वास्थ्य सेवामा अहोरात्र खटिने चिकित्सकमाथि कुटपिट र अस्पतालमा तोडफोड हुनु निन्दनीय भएको बताएको छ ।   उसले चिकित्सकमाथि भएको कुटपिट र अस्पतालमा भएको तोडफोडको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको छ ।

स्वदेशी उत्पादनबाट आयात प्रतिस्थापनको नेतृत्व उद्योग क्षेत्रले लिनुपर्छ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आयातमा आधारित उपभोगमुखी अर्थतन्त्रबाट स्वदेशी उत्पादनले आयात प्रतिस्थापन गर्दै निर्यात विस्तार गर्ने अर्थतन्त्रतर्फको नेतृत्व उद्योग क्षेत्रले गर्नुपर्ने बताएका छन् । मंगलवार सिंहदरबारमा उद्यमीसँगको छलफल कार्यक्रममा बोल्दै उनले लामो समयदेखि गुम्दै आएको औद्योगिक अवसरलाई सरकार र निजी क्षेत्रको सहकार्यबाट पुनःस्थापित गर्नुपर्ने बताएका हुन् ।  उनले निजी क्षेत्रले गरेको लगानी सुरक्षित, प्रतिफल प्राप्त गर्ने र पुनः लगानी गर्न सक्ने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको पनि बताए।  अर्थमन्त्री वाग्लेले निजी क्षेत्रको सफलता नै राष्ट्रिय अर्थतन्त्रको सफलता हो कुरामा भन्नेमा सरकार स्पष्ट रहेको भन्दै उद्यमीको नाफा र सम्पतीको सुरक्षा उच्च प्राथमिकतामा रहेको बताए ।  उनले चालु आर्थिक वर्षको बजेटमार्फत घोषणा गरिएका आर्थिक सुधारका कार्यक्रमहरु तिब्र गतिमा कार्यान्वयन भइरहेको समेत बताए ।  उनले पुँजीगत खर्चको गति बढाउने, आयोजना कार्यान्वयनलाई तीव्र बनाउने, पुँजी बजार तथा वित्तीय क्षेत्र सुधार र लगानीको वातावरण सुदृढ गर्ने काम समानान्तर रूपमा अघि बढिरहेको जानकारी दिए । अर्थमन्त्री वाग्लेले निजी क्षेत्रमा देखिएको लगानीको अवरोध हटाउने प्रतिवद्धता दोहोर्‍याउँदै लगानी, उत्पादन, उद्योग विस्तार, नयाँ उद्यम स्थापना तथा रोजगारी सिर्जनामार्फत नेपालको आर्थिक भविष्य निर्माण गर्ने साझा लक्ष्यमा केन्द्रित हुन उद्यमीहरूलाई आग्रह पनि गरे ।