‘साधना अनलाइन ट्यालेन्ट हन्ट’को दोस्रो संस्करण शुरू, घरबाटै सहभागी हुन पाइने, तर कसरी ?
काठमाडौं । नेपाली सांगितिक क्षेत्रमा तीन दशकदेखि निरन्तर सेवारत साधना कला केन्द्रले अनलाइन गायन प्रतियोगिता ‘साधना ट्यालेन्ट हन्ट’को दोस्रो संस्करण शुरु गरेको छ । आयोजक केन्द्रले प्रतियोगितामा भाग लिनका लागि अनलाइन मार्फत रजिष्ट्रेशन खुला गरेको हो । केन्द्रका संस्थापक निर्देशक मिलन मोक्तानका अनुसार प्रतियोगितामा सहभागिता जनाउनका लागि आफूले गाएको गीत र भिडियो असोज १५ गतेसम्म अनलाइन मार्फत पठाउनु पर्ने छ । पठाइएका गीतहरुमध्येबाट संगीत तथा भाषाविद्हरु डा. कृष्णहरि बराल, किशोर गुरुङ, दीप तुलाधरको एक विशिष्ट निर्णायक मण्डलले सुरुमा १ सय जना प्रतियोगीहरु छनोट गर्नेछ । त्यसमध्येबाट उत्कृष्ट १० जना प्रतियोगीहरु दोस्रो चरणका लागि छनोट हुनेछन् । यस्तै उत्कृष्ट दश जनामध्येबाट दर्शक तथा श्रोताहरुको ५० प्रतिशत र निर्णायकहरुले प्रदान गर्ने ५० प्रतिशत नम्बरको आधारमा विजेताको छनोट गरिनेछ । प्रतियोगिताको विजयी छनोट गर्ने चरणलाई राष्ट्रिय टेलिभिजन मार्फत प्रशारण गरिने संस्थापक निर्देशक मोक्तानले जानकारी दिए । प्रतियोगिताको विजेताले ५० हजार नगद पुरस्कारसहित एउटा गीत रेकर्डिङ र म्यूजिक भिडियो निर्माणमा अवसर पाउने छन् । यस्तै दोस्रो हुनेले ५० हजार नगद पुरस्कारसहित एउटा गीत रेकर्डिङ र तेस्रो हुनेका लागि २५ हजार नगदसहित एउटा गीत रेकर्ड गर्ने आयोजकले जनाएको छ । गायन, नृत्य लगायतका विभिन्न सांगितिक विधाहरुमा प्रशिक्षण गर्दै आएको साधना कला केन्द्रले यसअघि ‘साधना अनलाइन ट्यालेन्ट हन्ट’को पहिलो संस्करण सम्पन्न गरिसकेको छ । प्रतियोगितामा कसरी सहभागी हुने ? नेपाल लगायत विश्वभरिबाट नै सहभागी हुन पाउनेहरुले आफूलाई मन पर्ने नेपाली गीतको म्यूजिक ट्रयाकसहित रेकर्ड गरेर ९८०१०२३५७६ ह्वाट्सएप नम्बरमा अपलोड गर्नु पर्नेछ । साथमा आफ्नो पुरा नाम, ठेगाना, गीतको बोल,गीतकार,संगीतकार,ओरिजिनल गायक(गायिका र फोन नम्बर समेत लेखी पठाउनु पर्नेछ । प्रतियोगितामा भाग लिन ५ सय रुपैयाँ दस्तुर लाग्ने आयोजकले जनाएको छ । दस्तुर भुक्तानीका लागि नेपाल बंगलादेश बैंकमा रहेको साधना कला केन्द्रको खाता नम्बर ण्ण्ज्ञण्द्धद्दठद्दज्ञए मा पठाउनु पर्नेछ । अन्य मुलुकहरुबाट पठाउँदा भने सेन्चुरी कर्मशियल बैंकमा रहेको साधना कला केन्द्रको डलर खाता नम्बर 0010003825CA SWIFT/BIC कोड नम्बर CCBNNPKA मा १० डलर पठाउनु पर्नेछ । कार्यक्रम दस्तुर पठाउन डिजिटल अनलाइन पेमेन्ट एप्सहरु स् इसेवा, प्रभु पे वालेट, ग्लोबल अनलाइन पे लगायत नेपाल राष्ट्र बैँकबाट स्वीकृत प्राप्त कुनै पनि डिजिटल अनलाइन पेमेन्ट एप्सहरुबाट रजिष्टेशन दस्तुर खातामा ट्रान्सफर गर्न सकिने छ । काठमाडाैं उपत्यकाभित्र रहेका प्रतियोगीहरुले केन्द्रको कार्यालय कमलादी मोड पुतलीसडकमा फर्म भरेर दस्तुर बुझाउन सक्नेछन् । अन्य थप जानकारी साधना कला केन्द्रको अफिसियल पेज मार्फत लिन सकिने आयोजकले जनाएको छ ।
देख्दा लाग्छ यो देशमा सरकार छैन (मुक्तक)
लेखक १.सर्प पाल्न सरकार यहाँ करोडौं छुट्याउँछ यथार्थ भुल्छ र भन्छ गोरु नि ब्याउँछ ।। सिटामोल नपाएर मर्नु पर्छ जनताले दङ्ग पर्छु कस्का लागि यी योजना ल्याउँछ ।।? २. सर्प पाल युवा फाल चमत्कार हुन्छ यस्तै यस्तै कदम चाल चमत्कार हुन्छ ।। जनताले बिरोध गर्न सक्छन् भ्रष्ट बन्यौ घाँस हाल मुख टाल चमत्कार हुन्छ ।। ३. राम्रा होइन हाम्रालाई छानिन्छ र पो त यहाँ गलतलाई सहि मानिन्छ र पो त ।। देशका लागि केही गर्न खोज्नेलाई पनि समर्थन होइन खुट्टा तानिन्छ र पो त ।। ४.सरकार भन्छ कतै पनि भ्रष्टाचार छैन समृद्धिको लहर छ कतै हार छैन ।। बिपत्तिमा मौन सत्ता जोगाउन मै ब्यस्त देख्दा लाग्छ यो देशमा सरकार छैन ।। ५.गुुजारा चलाउन मृत्युसँग खेलिरहनुु परेको छ हेर्नुुस् निमुुखाले समस्या झेलिरहनुु परेको छ ।। गन्तव्यहीन बन्दै छ जिन्दगीरुपी रथ तैपनि मन नलागे नि भ्रम साँचेर ठेलिरहनुु परेको छ ।। खनालगाउँ नुवाकोट, हाल पोखरा ११ [email protected]
वासुदेव अधिकारीको कविता सङ्ग्रह ‘बस्तीमा आगो’
काठमाडौं । स्रष्टाहरुले विषम परिस्थितिमा पनि रचनात्मक भई सामाजिक चेतना दिने सिर्जना गरिरहेका हुन्छन् । उनीहरुले कोरोना महामारी र बन्दाबन्दीपछिको अवस्थामा खुल्ला रुपमा साहित्यिक गतिविधि हुन नसके पनि सञ्चार र प्रविधिको साहित्यिक रचनाको प्रकाशन र सम्प्रेषण गर्दै आएका छन् । धादिङ, नीलकण्ठ– ७ मा जन्मिएका कवि वासुदेव अधिकारीको पछिल्लो कवितासङ्ग्रह ‘बस्तीमा आगो’ यसैको एक उदाहरण हो । ‘कोरोना बन्दाबन्दी शृङ्खला कविता’ का रुपमा समकालीन साहित्य प्रतिष्ठान, बेलायतबाट प्रकाशित सो ‘बस्तीमा आगो’ मा लामा र छोटा ६१ कविता छन् । सबै कोरोना महामारी र परिवेशसँग जोडिएका कविता हुन् । प्रखर व्यङ्ग्यचेतभित्र सरल र सन्देशयुक्त कविता लेख्न सक्ने साहित्यिक पत्रकारितामा पनि संलग्न कवि अधिकारीको सङ्ग्रहमा कोरोनाले विश्वव्यापी प्रभाव जमाउन सक्नुमा मानवीय क्रियाकलाप नै मुख्य जिम्मेवार रहेको अभिव्यक्त गरिएको छ । कवितामा सङ्क्रमित मानिसलाई गरिने असामाजिक र अपमानजनक व्यवहार अमानवीय भएको तथा महामारीबाट बच्न हरेक नागरिकले स्वास्थ्य सुरक्षाका लागि आफ्नो कर्तव्य पालना नगरी सरकार वा कुनै एक पक्षलाई मात्रै जिम्मेवार देख्ने प्रवृत्ति गलत रहेको कवितामा प्रकट गरिएको छ । रुघाखोकीका रुपमा अर्थ लगाइएपनि कोभिड –१९ संसारभर आगोसरी फैलिएको र यसको रोकथाममा सबैको एकताबद्ध र जिम्मेवार पहलका लागि सङ्ग्रहले आह्वान गरेको छ । हाल नेपाल बैँक सञ्चालक समितिका अध्यक्ष कवि अधिकारीका यसअघि ‘समयका स्वरहरु’ (कविता), ‘मनको हरियो मनको गीत’ (गीत), ‘आफन्तलाई सम्बोधन’ (कविता), ‘युरोस्पर्श’ (कविता) (नेपाल भाषामा पनि अनुदित) र ‘गायब सभामुख’ (कविता) सङ्ग्रह प्रकाशित छन् । रासस