काठमाडौं । मदन पुरस्कार गुठीले नेपाली साहित्यको प्रतिष्ठित मदन पुरस्कार २०२ का लागि उत्कृष्ट १० कृतिको अन्तिम सूची सार्वजनिक गरेको छ ।
यस वर्ष पुरस्कारका लागि विभिन्न विधाका २९ पुस्तक प्राप्त भएका थिए । तीमध्ये लामो मूल्यांकन प्रक्रियापछि १० कृति अन्तिम चरणमा पुगेको गुठीले जनाएको छ ।
अन्तिम सूचीमा केशवराज ज्ञवालीको अज्ञात, केशव दाहालको इथा, ललित विष्टको उत्कर्ष र रोशनकुमार झाको नेपालमण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास रहेका छन् । गुठीका अनुसार वीणा जोशी राजभण्डारीको नेवार समुदायका परम्परागत मुकुन्डोनाच, उमा सुवेदीको परिधि र सीमा आभासको महायुग छन् ।
यस्तै श्रवण मुकारुङको सलह, डा नवराज केसीको स्वस्पर्श र नदीशको हिउँद पुरस्कारकालागी छनोट भएको गुठिले जनाएको छ ।
मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले जारी गरेको विज्ञप्तिअनुसार अन्तिम सूचीमा रहेका यी १० कृतिमध्ये उत्कृष्ट एउटालाई मदन पुरस्कार २०८२ प्रदान गरिनेछ ।
मदन पुरस्कार नेपाली भाषामा प्रकाशित उत्कृष्ट कृतिलाई हरेक वर्ष प्रदान गरिने देशकै सबैभन्दा प्रतिष्ठित साहित्यिक सम्मानमध्ये एक मानिन्छ ।
यस वर्ष पनि साहित्यका विविध विधाबाट आएका सयौं कृतिबीच प्रतिस्पर्धा भएपछि उत्कृष्ट मानिएका १० कृतिको सूची सार्वजनिक गरिएको हो । अब साहित्यिक वृत्तको चासो अन्तिम विजेतातर्फ केन्द्रित भएको छ ।