ग्लोबल आइएमई र सुमेरु सिटी हस्पिटलबीच सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक र सुमेरु सिटी हस्पिटलबीच विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा सुमेरु सिटी हस्पिटलका प्रबन्ध निर्देशक सुनिल डंगोल र ग्लोबल आइएमई बैंकका कार्ड बिक्रि तथा बजार प्रबद्र्घन विभागका प्रमुख नवीन सुवेदीले हस्ताक्षर गरेका हुन् । ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्तो योजनाहरु ल्याईरहेको छ । उक्त सम्झौता पश्चात सुमेरु सिटी हस्पिटल, पुल्चोकमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक तथा ग्लोबल आइएमई बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा १० प्रतिशतसम्म छुट पाउने छन् । ग्लोबल आइएमई बैंकका १३५ वटा शाखा, १५ वटा राजश्व संकलन काउण्टर, १४२ एटिएम, ९ वटा एक्सटेन्सन काउण्टर तथा १२६शाखा रहित बैंकिङ्ग सेवा र नेपालबाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालय मार्पmतआफ्ना १० लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदानगर्दै आइरहेको छ ।  बैंकले अस्पतालसँग आफ्ना ग्राहकलाई स्वदेशमा गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले दुईपक्षीय सम्झौता गरेको हो ।

ज्योति लाईफमा बीमा गराएकालाई ग्राण्डी अस्पतालमा विशेष छुट

काठमाडौँ । ज्योति लाइफ इन्स्योरेन्स र ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालबीच संझौता भएको छ । आफ्नो ग्राहकहरुलाई बीमा सेवाका अतिरिक्त अन्य सेवा सुविधा विस्तार गर्ने क्रममा ग्राण्डी अन्तराष्ट्रिय अस्पताल धापासी काठमाण्डौसंग स्वास्थ्य सेवामा साझेदारी गर्ने सम्बन्धमा सम्झौता सम्पन्न गरेको भएको हो । उक्त सम्झौतामा ज्योति लाईफ इन्स्योरेन्समा आबद्ध निश्चत मापदण्ड पूरा गरेका ग्राहक, अभिकर्ता, कर्मचारी तथा शेयरधनीहरुलाई विशेष कार्ड जारी गरिने र उक्त कार्डबाहक तथा निजका परिवारका सदस्यहरुले ग्राण्डी अस्पतालबाट उपलब्ध हुने उच्च स्तरीय स्वास्थ्य उपचार सेवामा विशेष छुट प्राप्त गर्ने छन् । सम्झौता पत्रमा ज्योति लाईफ इन्स्योरेन्स कम्पनीका कार्यकारी उप–प्रमूख प्रकाशबिक्रम खत्री र अस्पतालका बजार तथा व्यवसाय विकास प्रमुख दिनेश पौड्यालले हस्ताक्षर गरेका छन् ।

कामना सेवाका ग्राहकलाई साहारा हस्पिटलमा विशेष छुट

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेड र साहारा हस्पिटल प्रा. लि पोखराबीच विशेष छुट पाउने गरी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार अब यस बैंकका सम्पूर्ण खातावाला, कर्मचारी साथै उनीहरुका परिवारका अन्य सदस्यहरुले साहारा हस्पिटल प्रालिमा उपचार गराउँदा तथा औषधी खरिद गर्दा विशेष छुट पाउने छन् । सम्झौतासँगै बैंकको व्यवसाय प्रवद्र्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लाभान्वित हुने बैंकले जनाएको छ । सम्झौता पत्रमा कामना सेवा विकास बैंकको तर्फबाट डिपोजिट एण्ड ट्रान्जेक्सन बैकिङ्गका प्रमुखसुवास भट्टराई र साहारा हस्पिटल प्रालिको तर्फबाट संचालक समितिका अध्यक्ष डा. गिरीधारी शर्माले हस्ताक्षर गरेका छन् ।