बेलायतको रोयल कलेजले मेडिसिटीमा गर्यो प्रि–कन्फ्रेन्स, चिकित्सा शिक्षाका ६० जना सहभागी

काठमाडौँ । बेलायतको रोयल कलेज अफ फिजिसियनमा एमआरसिपी ग्रयाडुएट हुन इच्छुक चिकित्सहरुले नेपाल मेडिसिटी अस्पतालमा आयोजना गरिएको प्रि–कन्फ्रेन्समा सहभागिता जनाएका छन् । एमआरसिपी भन्नाले मेम्बर अफरोयल कलेज अफ फिजिसियनस हो । द रोयल कलेज अफ फिजीसियनस एडिन्ब्राका प्रमुख प्रा. डेरेक बेलको नेतृत्वमा नेपालमा पहिलो पटक कार्यक्रम आयोजना गरिएको हो । बेरेकले एमआरसिपि ग्रयाडुएट हुन चाहनेहरुलाई यस किसिमका कार्यक्रमले अन्तर्राष्ट्रिय स्तरमा विशेषज्ञता हासिल गर्न मद्दत पुुग्ने जानकारी गराइन् । संसारका विभिन्न स्थानबाट चिकित्सकहरुको परीक्षा लिइने प्रक्रिया सञ्चालन गर्दै आएको रोयल कलेज अफ फिजिसियनले यस पटक नेपालमा समेत यस किसिमको कार्यक्रमको आयोजना गरेको हो । ललितपुरमा स्थित नेपाल मेडिसिटी अस्पतालकमा रोयल कलेज अफ फिजिसियनले आयोजना गरेको प्रि–कन्फ्रेन्समा करिब ६० चिकित्सा शिक्षाका प्रशिक्षार्थी तथा चिकित्सकहरु सहभागी रहेका थिए ।

सिभिल बैंकका ग्राहकलाई ब्लू क्रस र मेडीसिटी हस्पिटलमा विशेष छुट

काठमाडौँ । सिभिल बैंक लिमिटेडले ब्लू क्रस हस्पिटल र मेडीसिटी हस्पिटलसंग सम्झौता गरेको छ । ब्लू क्रस हस्पिटलसंग बैशाख १७ गते मंगलवार र मेडीसिटी हस्पिटलसंग बैशाख १९ गते सम्झौता भएको हो । सम्झौता पत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र ब्लू क्रस हस्पिटलको तर्पmबाट ब्यवस्थापन समितिका सदस्य सचिव रजतकृष्ण श्रेष्ठ र मेडीसिटी हस्पिटलको तर्पmबाट महाप्रबन्धक बिजय रिमालले छुट्टाछुट्टै कार्यक्रमका बीच हस्ताक्षर गरे । अब सिभिल बैंकका ग्राहकहरुले ब्लू क्रस हस्पिटल र मेडीसिटी हस्पिटलमा उपचार गराउँदा आकर्षक छुटहरु पाउने छन् ।

नेपालमा पहिलोपटक मानिसमा देखियो बर्ड फ्लु, २१ वर्षीय युवकको मृत्‍यु

काठमाडौं। बर्ड फ्लु मानिसमा हत्तपत्त लाग्ने रोग होईन त्यसैले पनि मानिसहरुमा बर्ड फ्लु लागेको समाचारहरु खासै सुन्न पाईदैन। तर भर्खरै नेपालमा एक जना मानिसमा बर्ड फ्लुको कारण उनको मृत्‍यु भएको छ। मानिसलाई बर्ड फ्लु लागेको शायदै यो नेपालको पहिलो घटना हो। मृत्‍यु हुने युवक २१ वर्षीय  बर्षको र काभ्रेको रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। ज्वोरो र खोकीको कारण चैत १० गते अस्पताल पुगेका उनको मृत्‍यु चैत १५ गते श्वासप्रश्वासमा समस्य आएपछी मृत्‍यु भएको बताईएको छ। उपचारको क्रममा उनको र्याल जाँचको लागि पठाईेको थियो जसको कुनै पनि नतिजा नआएको कारण जापान पठाईएको थियो। जापानबाट बैशाख १७ मा आईपुगेको रिपोर्टले उक्त र्यालमा एच फाइभ एन वान भाईरस भएको देखाएको हो। बर्ड फ्लू मानिसमा संक्रमण तब हुन्छ जब भाइरस एक व्यक्तिको आँखा नाक वा मुखमा पर्छ। यो हावामा यदी भाईरस छ वा यदी मानिसले भाईरस युक्त केही छुन्छ भने पनि सर्ने गर्दछ। विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार यो रोग १९९३ मा पत्ता लागेको थियो। त्यसयता २००३ देखी ८६० मानिसमा यसको संक्रमण भेटिएको छ। यसको कारण रोग लागेको ५० प्रतिसत मानिसको मृत्‍यु भएको बताईन्छ।