एनआईसी एशियाका ग्राहकलाई ब्लुक्रस हस्पिटलमा १० प्रतिशत छुट
काठमाडौँ । एनआइसी एशिया बैंक लिमिटेड र ब्लुक्रस हस्पिटल प्रालि, त्रिपुरेश्वर बीच सम्झौता भएको छ । बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट एवम् क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकहरुलाई ब्लुक्रस हस्पिटलमा उपचार गराउँदा १०%सम्मको छुट प्रदान गर्ने सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोषकुमार राठी र हस्पिटलको तर्फबाट ब्लुक्रस हस्पिटल प्रालिका बोर्र्ड सेक्रेटरी रजतकृष्ण श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
मृगौला पिडीतलाई औद्योगिक शान्ति नेपालको १ लाख २० हजार सहयोग
काठमाडौँ । औद्योगिक शान्ति नेपाल संस्थाले दुइटै मृगौला खराब भएर पीडित भई आर्थिक समस्याका कारण उपचार गर्न नसकिरहेका दीपकबहादुर धामी (दिपेन्द्र)लाई रु १ लाख २० हजार सहयोग गरेको छ । “नयाँ बर्ष नया सोच, युवाहरुको लागि छ प्रगतिको श्रोत” भन्ने मूल नाराका साथ नेपाली नयाँ बर्षको पूर्व सन्ध्याबाट भक्तपुरमा पाँचौ भक्तपुर औधोगिक सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७५/७६ चैत २१ गते देखि बैशाख ४ गते सम्म भक्तपुरको सल्लाघारीमा सम्पन्न भएको थियो । उक्त भक्तपुरमा आयोजना भएको व्यापार मेलाबाट प्राप्त मुनाफाबाट सामाजिक सेवा गर्ने उद्देश्यले मृगौला पिडीतलाई सहयोग गरेको औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दीप महतले जानकारी गराए । संस्थाले एक कार्यक्रमको आयोजना गरि धामीलाई संस्थाका अध्यक्ष महत, मध्यपुर व्याइज व्याण्डका अध्यक्ष सुनिल बज्राचार्य र मेला आयोजक समितिका संयोजक दीपक थापाले सहयोग रकम हस्तान्तरण गरेका थिए । बझाङ्ग जिल्ला दुर्गाथली गाउँपालिका–६ का २५ बर्षिय धामीको २०७३ फागुनमा दुवै मृगौला फेल भई सहिद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रमा डाइलासिस गराइराखेका उनको उपचारका लागि आर्थिक अभाव भएपछि सहयोग प्रदान गरेको संस्थाका अध्यक्ष महतले जानकारी दिए ।
ज्योतिलाईफका ग्राहकलाई नेपाल मेडीसीटी हस्पिटलमा विशेष छुट
काठमाडौँ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले भैंसेपाटी, ललितपुरमा स्थित नेपाल मेडीसीटी हस्पिटलसंग स्वास्थ्य सेवामा साझेदारी गर्ने सम्बन्धमा सम्झौता सम्पन्न गरेको छ । उक्त सम्झौतापछि ज्योति लाईफ इन्स्योरेन्समा आबद्ध निश्चत मापदण्ड पुरा गरेका ग्राहक, अभिकर्ता, कर्मचारी तथा शेयरधनीहरुलाई विशेष कार्ड जारी गरिने र उक्त कार्ड बाहक तथा निजका परिवारका सदस्यहरुले हस्पिटलबाट उपलब्ध हुने स्वास्थ्य उपचार सेवामा विशेष छुट प्राप्त गर्नेछन् । सम्झौतापत्रमा ज्योति लाईफ इन्स्योरेन्स कम्पनीका कार्यकारी उप-प्रमूख प्रकाशबिक्रम खत्री र हस्पिटलका महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरेका छन् ।