सरुवा रोगबाट ६ महिनामा ८ जनाको मृत्‍यु, कसरी बच्ने ?

काठमाडौं। जाडो महिनालाई बिदाइ गरेर हामीले गर्मी महिनालाई स्वागत गर्ने समय आएको छ । गर्मी मौसमसंगै अब सरुवा रोगलाई पनि स्वागत गर्ने समय आएको छ । गर्मी मौसममा रोगको संक्रमण छिटो फैलन्छ । हावा, पानी, लामखुट्टे लगायतका किटबाट सरुवा रोगको संक्रमण हुने गर्छ ।२ ०१८ को राष्ट्रिय सरुवा रोग महाशाखाको रिपोर्ट अनुसार नेपालमा मुख्य ७ सरुवा रोग मानिसहरुमा देखिएको छ। त्यसमा पहिलो नम्बरमा स्क्रब टाईफाईस, दोस्रोमा डेंगु, त्यसपछी मलेरिया, कालाजार, लेप्टोस्प्रोसिस, ब्रुसेलियोसिस, चिकुनगुनिया रहेका छन्। शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, टेकुका सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन गर्मी मौसममा पानीजन्य तथा किटजन्य रोगहरु लाग्न सक्ने भएकाले समयमै सचेत हुनुपर्ने बताउंछन्। रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै बेस हुन्छ । जुनसुकै उमेर र वर्गका मानिसले स्वास्थ्यप्रति सचेत हुनुपर्छ । सुतीको कपडा लगाउने, व्यक्तिगत सरसफाइमा ध्यान दिने,  दिनहुँ नुहाउने, प्रशस्त पानी र झोल पदार्थ पिउने गर्दा गर्मी मौसममा पनि स्वस्थ रहन सकिने उनी बताउँछन्। १. स्क्रब टाईफस स्क्रब टाइफस एक प्रकारको जीवाणु ‘रिकेटसिया सुसुगामुसी’ ले संक्रमित सूक्ष्म कीरा (माइट) को टोकाइका कारण फैलिन्छ । यो कीरा मुख्यत: खेत, झाडी, घाँस आदि भएको ठाउँमा बस्ने मुसा प्रजातिमा पाइन्छ । यो रोग उत्पन्न गर्ने ब्याक्टेरिया संक्रमित मुसाको पेटभित्रका प्वालहरूमा बस्छ । यसको लक्ष्ण उक्त किराले टोकेको १०-१५ दिनमा देखिने गर्छ। कसैकसैमा भने यसको लक्ष्ण देखिन २० दिन पनि लाग्न सक्छ। ज्वरो आउनु, टाउको दुख्नु, खोकी लाग्नु, माम्सपेसी दुख्नु, पाचन अंगमा गड्बडी आउनु, शरीरमा रातो बिबिरा देखिनु आदी यसका प्रमुख लक्षण हुन । यसले गर्दा संक्रमित व्यक्तीको धेरै अंगमा समस्या देखिन थाल्दछ। बेलायतस्थित नेसनल हेल्थ सर्भिस (एनएचएस) का अनुसार, स्क्रब टाइफसको उपयुक्त उपचार नगर्दा जटिलता देखिन सक्ने जोखिमसमेत रहन्छ । सधैँका लागि सुन्ने क्षमता गुम्नु, निम्न रक्तचाप हुनु, अंगमा क्षति पुग्नु, मृगौला फेल हुनु, निमोनियाजस्ता अर्को ब्याक्टेरियाबाट हुने संक्रमण देखिनु, छारे रोगको लक्षण देखिनु, थकान हुनु, मासु कुहिन थाल्नु जस्ता समस्या देखिन सक्ने एनएचएसले जनाएको छ । ईपीडियोमोलोजी शाखाको डाटा अनुसार २०१८ को १ जनवरीदेखी अक्टोबरको तथ्याङ्क अनुसार ७७३ मानिसमा स्क्रब टाईफस पाईएको छ, जसमा १ जनाको मृत्‍यु भएको छ। महाशाखाका अनुसार सबैभन्दा बढी यस रोगका बिरामी पाल्पामा देखिएको छ । बच्ने उपाय  यो एक प्रकारको व्याक्टेरिय रिकेटसियाले लगाउने रोग हो । झाडी वरिपरि, कृषि काम गर्ने, जताततै बस्ने, चौर झारमा बस्नेमा सर्ने सम्भावना बढी भएकाले यस्ता ठाउँमा जानेले होस पुर्‍याउनु पर्छ । शरीर छोपिने कपडा लगाउने, चौरमा बस्दा गुन्द्री, म्याट ओछ्याउने र राति सुत्दा मलम लगाएर सुत्ने गर्नुपर्छ । सम्भव भए भूइँमा नबसी खाटमा बस्ने, मुसा नियन्त्रण गर्ने र किटनासक औषधि छर्कने गर्दा यो रोगबाट धेरै हदसम्म बच्न सकिन्छ । २. डेंगु यडिस प्रजातीको लामखुट्टेको टोकाइबाट डेंगुको संक्रमण हुन्छ । डेंगु सार्ने लामखुट्टेले पानी जमेको स्थानमा फूल पार्छ । अन्य लामखुट्टेले लामो समयदेखि जमेको पानी, फोहोर पानी, हिलोमा जमेको पानीमा फुल पार्ने भएपनि एडिस प्रजातिको लामखुट्टेले तीन चार दिनदेखी जमेको पानीमा मात्र फुल पार्ने गर्छ । वर्षाको पानी जम्ने टीनका डब्बाहरू, रंगका खाली डब्बा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, फुलदानी, गमला, पानीका ट्ंयाकी आदिमा यस्ले फुल पार्दछ । शहरी क्षेत्रमा यस्ता वस्तुहरू पर्याप्त मात्रामा हुने भएकाले पनि यो लामखुट्टे सहरमा बढी देखिने गर्छ। यसको लक्षण भनेको अत्याधिक टाउको दुखाई यसको लक्षण भनेको अत्याधिक टाउको दुखाई, ज्वोरो आउने, वान्ता हुने, आँखाको अगाडि भाग दुक्ने जस्ता लक्ष्ण देखिन्छ। ईडीसीडीको तथ्यांक अनुसार जनवरी १ देखी अक्टोबर २०१८ को अवधिमा ११४ जनामा डेंगु देखिएको छ, जसमा १ जनाले आफ्नो ज्यान गुमाएका छन्। तथ्यांक अनुसार रुपन्देहीमा सबैभन्दा धेरै डेगुको बिरामी भेटाईेको छ।               बच्ने उपाय  डेंगु ज्वरोबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको वृद्धि रोक्नु पर्छ । यसका लागि निम्न उपायहरु अपनाउनुपर्छ । १. पानी जम्न सक्ने भाँडाहरु जस्तैः गमला फुलदानी खाली बट्टा अल्कत्रा वा मट्टितेलका खाली ड्रमहरु गाडीको काम नलाग्ने टायर आदिमा पानी जम्न नदिने उपाय गर्नुपर्दछ । २. पानीका ट्याङ्कीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरी ढाकेर राख्नुपर्छ । ३. कूलरमा रहेको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने । ४. फुलदानीमा रहेको पानी हप्तामा दुई पटक फेर्नुपर्छ । ५. एडिस एजिप्टाई जातको लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा पनि प्रायः पूरा बाहुला भएको वा शरीर पुरै ढाकिने लुगा लगाउनु पर्छ । ६. सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नु पर्छ; साथै साना केटा केटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनु पर्छ । ७. लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मल्हम पनि दल्न सकिन्छ । ८. घरका झ्याल ढोकामा जाली लगाउनु उपयुक्त हुन्छ । ९. घर वरिपरि सफा  राख्ने,पानी जम्ने खाल्टाखुल्टी पुर्ने गर्नुपर्छ । ३. मलेरिया औलो भनेर चिनिने मलेरिया एनोफिलिज जातको संक्रमित पोथी लामखुट्टे टोकाइबाट सर्दछ । प्लामोडियम भाइवेक्स, प्लामोडियम मलेरी, प्लाज्मोडिम ओभेल र प्लाज्मोडिम फास्सिपारम गरी चार जातका परिजीविबाट यो रोग लाग्ने गर्दछ। प्लाज्मेडियम फाल्सीफारम जातको औँलोले मानिसको मस्तिष्कमा समेत आक्रमण गर्न सक्ने हुनाले यसमा मानिसको ज्यान जाने जोखिम रहन्छ । एनोफिलिज जातको पोथी लामखुट्टेको स्वस्थ्य मान्छेलाई टोक्दा मलेरियाको परजीवि सर्दछ । मानिसको शरीरमा प्रवेशपछि कलोजो र राता रक्तकोषमा विकास भईरगतको माध्यमबाट शरीरको विभिन्न भागमा भर फैलिन्छ र मानिसमा विभिन्न लक्ष्ण देखा पर्दछ । समयमै मलेरियाको उपचार भएन भने छोटो समयमै पनि ज्यान जान सक्छ। यसको लक्षण संक्रमित लामखुट्टेले टोकेको १० देखि १५ दिन सम्म ज्वरो आउनु, टाउको दुख्नु, वान्ता हुने, जोर्नी दुख्ने, शरीरमा रगतको मात्रा कम हुने, शरीरका भित्री अंग सुनिने, थकित महसुस हुने गर्दछ। ईडीसीडीको तथ्यांक अनुसार जनवरी १ देखी अक्टोबर २०१८ को अवधिमा १०५० जनामा मलेरिया देखिएको छ।  तथ्यांक अनुसार मुगूमा सबैभन्दा धेरै मलेरियाको बिरामी भेटीएका छन्। बच्ने उपाय  १. औलोको जोखिमयुक्त क्षेत्रमा वर्षको २ पटक लामखुट्टे बढी लाग्ने समयमा घरभित्र विषादी छर्किनु छर्किने २. घर, गाउँ र समुदाय सफा राखी लामखुट्टाले फुल पार्नै स्थानहरुलाई नष्ट गर्ने ३. सुत्नेबेला झुलको प्रयोग अनिवार्य रुपमा गर्ने ३. कालाजार भुसुनाको टोकाइबाट हुने कालाजार लाग्दा लगातार ज्वरो आउने, फियो र कलेजो ठूलो भई पेट फुल्ने,कमजोरी महसुस हुनेलगायत लक्षण देखिन्छ। ईडीसीडीको तथ्यांक अनुसार जनवरी १ देखी अक्टोबर २०१८ को बिचमा १५७ जना कालाजारका बिरामी भेटिएका छन् जसमध्ये ४ जनाले आफ्नो ज्यान गुमाईसकेका छन्। तथ्यांक अनुसार सर्लाहीमा सबैभन्दा धेरै कालाजारको बिरामी भेटीएका छन्। बच्ने उपाय  घरबाहिर: १. प्रायजसो साँझदेखि बिहानसम्म यो भुसुना सक्रिय हुने हुनाले सकेसम्म यो समयमा बाहिर ननिस्कने । २. बाहिर जाँदा वा असुरक्षित घरहरूमा बस्दा मौसम अनुसार सहन सक्ने गरी शरीरको धेरै भाग छोप्ने कपडा लगाउने। लामो बाउला भएको सर्ट, लामो पाइन्ट र मोजा लगाउने र सर्टलाई पाइन्टभित्र घुसार्ने। ३. शरीरको लुगाले नढाकिएको भागमा तथा सर्टको बाउला र पाइन्ट गोडातिरको खुल्ला भागमुनि कीरा भगाउने मलहमहरू लगाउने। यसरी मलहम लगाउँदा यसको बट्टामा लेखिएको विधिहरू अपनाउनु पर्छ। घरभित्र: १. खुल्ला झ्यालढोकामा जाली लगाइएको वा वातानुकुलित (एयरकन्डिसन भएको) स्थानमा बस्ने। २. स्यान्ड फ्लाई नामका भुसुनाहरू लामखुट्टेभन्दा साना हुने भएकाले ससाना प्वालहरूबाट पनि सजिलै छिर्न सक्छन् भन्ने कुरा याद गर्ने। ३. सुत्ने वा विश्राम गर्ने स्थानहरूमा कीरा मार्ने विषादी छर्कने। ४. झ्यालढोकामा जाली नलगाइएको वा वातानुकुलित (एयरकन्डिसन) नभएको स्थानमा सुत्नु परेको अवस्थामा झुलको प्रयोग गर्ने र झुललाई चारैतिर डस्नाले थिचेर कीराहरू छिर्न नसक्ने बनाउने। सम्भव भएसम्म कीरा मार्ने औषधिमा (कीटनाशक भएको पाइरिथ्रोइड) डुबाइएको वा त्यस्तो औषधि छर्किएको झुलको प्रयोग गर्ने। यस्तो औषधि झ्याल/ढोकाका खापा, भित्ता, पर्दा, तन्ना, सिरक तथा अन्य कपडाहरूमा पनि प्रयोग गर्न सकिन्छ। धुने कपडाहरूमा पाँच पटक धोएपछि कीरा मार्ने औषधिको असर समाप्त हुने हुनाले पुन उपचार गर्नुपर्ने हुन्छ।

भरतपुर लगायत अन्य ४ अस्पताल अब ‘विशिष्ट विशेषज्ञ अस्पताल’

काठमाडौं। सरकारले भरतपुर अस्पताल लागायत अन्य ४ अस्पताललाई ‘विशिष्ट विशेषज्ञ अस्पताल’ का रुपमा स्तरोन्नती गरेको छ। ‘मन्त्रिपरिषद्को फागुन ३ गतेको निर्णयअनुसार भरतपुर अस्पताल चितवन, कोसी अस्पताल विराटनगर, नारायणी अस्पताल वीरगञ्ज, भेरी अस्पताल, बाँके र डडेल्धुरा अस्पताल डडेल्धुरालाई केन्द्र सरकारमा राख्ने र विशिष्ठ विशेषज्ञ अस्पतालको रुपमा स्तरोन्नती हुनेछ। अब अस्पतालमा विभिन्न रोगका विशेषज्ञसहितका चिकित्सक र सेवासुविधा सङ्घीय सरकारले उपलब्ध गराउनेछ। मन्त्रालयका अनुसार सबै विशिष्ठ विशेष अस्पताल अब ५०० शैयाका हुनेछन् । सरकारको यो निर्णयसँग प्रदेश तहबाट बनेका विकास समितिहरु खारेज भएर केन्द्र सरकारबाटै नयाँ विकास समिति बन्नेछन्।

किन पिउने नरिवलकाे पानी ? ताैल घटाउनेदेखि डिप्रेसन हटाउनसम्म उपयाेगी

काठमाडौं। पानी पिउँदाको फाइदाको बारेमा सबैजना अवगत नै हुनुहुन्छ। त्यस्तै पानी जस्तै अर्को फाइदाजनक पेय पदार्थ हो नरिवलकाे पानी। नरिवलकाे पानीको अनेकौ फाइदाहरु छन्। डाक्टर नखानु भएको खण्डमा बाहेक बच्चा, गर्भवती महिलादेखि लिएर वृद्धा मानिसहरु सबैले नरिवल पानी पिउन सक्छन् । नरिवल पानीको स्वाद वास्तवमा धेरै ताज़ा र मिठो हुन्छ। नरिवल पानीको स्वास्थ्यमा सकारात्मक प्रभाव १.  कम क्यालोरीयुक्त पेय पदार्थ नरिवल पानी प्रशाेधित फलफुलको जुसको सट्टा राम्रो र स्वस्थ विकल्प हो। चिनी र क्यालोरी कम भएको नरिवलको पानी मधुमेह रोगीहरूको लागि राम्रो औषधि हो। डा. रश्मी सुधा २‍. पाचन बढाउन नरिवल पानीमा फास्फेटेस, डायसेट (एन्जाइमहरूको एक समूह जसले शरीरको चिनीलाई टुक्राएर माल्टोज बनाउने गर्छ), फोलिक एसिड, र अन्य एंजाइमहरूको उत्कृष्ट स्रोत हो जुन पाचन प्रकृयामा मद्दत पुर्याउछ। डिहाइड्रेसन भएका व्यक्तिहरुले नरिवलको पानीबाट अत्यन्त लाभ उठाउन सक्छन्। नरिवल पानीले शरीरमा गुमाएको इलेक्ट्रोलाइट र प्लाज्मा ब्यालेन्स पुनर्स्थापना गर्ने काम गर्छ। ३. कपाल झर्न राेक्छ, छिटाे बुढाे भइँदैन नरिवलमा साइटोकिन र लौरिक एसिड पाइन्छ । यसले उमेर विरोधी गुणहरू भएको मानिन्छ। यसले छालाको पीएचलाई ब्यालेन्स गर्न मद्दत गर्दछ। यसले छालाको प्राकृतिक चमक ल्याउन मद्दत गर्दछ। नरिवल पानीले छालालाई पोषण दिनुको साथै छालालाई संक्रमणबाट बच्न मद्दत गर्छ। यसले कपाललाई आवश्यक पोषण दिएर राम्रो बनाउँछ। ४‍. डिप्रेसनबाट मुक्ति रिबाफ्लाभिन, प्याथोजेनिक एसिड र थिआमिन तीन यस्ता भिटामिन हुन् जुसले व्यक्तिमा तनाव र डिप्रेसनलाई कम गर्न मद्दत गर्दछ। यी महत्त्वपूर्ण भिटामिनहरु नरिवल पानीमा पाइन्छ जसले तपाईंको मुडलाई ताजा बनाउँदछ। ५. शरिरकाे ताैल घटाउन कम-क्यालोरी भएको पेय पदार्थ हुनाले नरिवल पानी डाइटमा भएका र केही वजन घटाउन चाहने व्यक्तिहरूको लागि स्वस्थ विकल्प हो। ६. शरिर मजबुद बनाउन क्यल्सियमको उत्कृष्ट स्रोत रहेको नरिवल पानीले तपाईंको हड्डीलाई मजबूत र स्वस्थ राख्न मद्दत गर्दछ। नरिवल पानी पोटासियमको राम्रो स्रोत भएकोले मांसपेशीको पीडालाई कम गर्न सहयाेग गर्दछ। ७. मिर्गाैलाकाे पत्थरी गायव नरिवल पानी मिर्गाैलाकाे पत्थरीको समस्या समाधान गर्न एक प्राकृतिक तरिका हो। नरिवल पानीमा धेरै मात्रामा पाइने पोटासियमले पत्थरीलाई निको पार्नुको साथै फेरि पत्थरी नहुने सुनिश्चित गर्छ। ८. सन्तुलित रक्तचाप नरिवल पानी उच्च रक्तचाप भएको मानिसको लागि वरदान नै हो। नरिवल पानीमा पाइने पोटासियम र म्याग्नेसियम जस्ता मिनिरलहरुको साथै भिटामिन-सी ले रक्तचाप स्वस्थ राख्न मद्दत गर्दछ। ९. माइग्रेनकाे दुखाईमा कमी नरिवल पानीमा पाइने म्याग्नेसियमले माइग्रेनको दुखाई कम गर्न मद्दत गर्दछ।