क्यान्सर विजेताहरुलाई नेपाल क्यान्सर सपोर्ट ग्रुपको सम्मान
काठमाडौं। नेपाल क्यान्सर सपोर्ट ग्रुपले नेपाल क्यान्सर अस्पतालको संयोजकतामा अन्तरराष्ट्रिय महिला दिवस मनाएको छ। कार्यक्रममा क्यान्सर सपोर्ट ग्रुपले आयोजनाले संचालन गरेको ‘र्याम्प सो’ मा सहभागी क्यान्सर सर्भाईभरहरुलाई सम्मान स्वोरुप कार्यक्रम संयोजक स्वोरुपा श्रेष्ठले मायाको चिनो प्रदान गरेकी थिईन्। कार्यक्रमको प्रमुख अतिथी धर्मवती गुरुमाले बिरामीको सेवा नै भगवानको सेवा रहेको भन्दै क्यान्सर सपोर्ट ग्रुपलाई आफु क्यान्सर उपचार हुँदा रहेको १० लाख को कोश निर्माण गरेको जानकारी दिईन्। क्यान्सरका सर्भाईभरले क्यान्सर बिरामीलाई सहयोग गर्ने उदेश्यको साथ स्थापना भएको क्यान्सर सपोर्ट ग्रुप आज आएर यस्तो ठुलो ग्रुप होला भनेर आफुले कहिले पनि नसोचेको सपोर्ट ग्रुपका अध्यक्ष डा. सुदिप श्रेष्ठले बताए। क्यान्सरका सर्भाईभरहरुलाई अझै खुलस्त रुपमा बाहिर आएर अन्य क्यान्सर बिरामीको लागि प्रेरणा र आत्माबल बन्न आग्रह गरेका छन्। क्यान्सर रोग बलियो आत्माबल भए सजिलै जित्न सक्ने पनि उनले बताए। क्यान्सर सपोर्ट ग्रुपले क्यान्सरका बिरामीहरुको लागि विभिन्न कार्यक्रमको आयोजना गर्दै आईरहेको छ।
स्वास्थ्य बीमाका लागि गाउँगाउँमा बिमितको नाम दर्ता
लहान । स्वास्थ्यबीमा कार्यक्रमअन्तर्गत सिरहाका गाउँगाउँमा बीमितको नाम दर्ता शुरु गरिएको छ । यही फागुन २ गतेदेखि सिरहामा स्वास्थ्यबीमा कार्यक्रम लागू भएको हो । स्वास्थ्यबीमा कार्यक्रम लागू भएपछि स्वास्थ्यबीमा बोर्ड लहान शाखाले जिल्लाका सम्पूर्ण स्थानीय तहका वडामा सहजकर्तामार्फत प्रचारप्रसारसँगै बीमितको नाम दर्ता गर्ने कार्य शुरु गरिएको हो । स्थानीय तहका सम्पूर्ण वडामा एक/एक सहजकर्ता परिचालन गरी बीमाको महत्व, यसको प्रक्रिया र बीमा कार्यक्रमबाट प्राप्त हुने सुविधाका बारेमा प्रचारप्रसार गर्नुको साथै बीमा गराउनेको नामसमेत दर्ता गर्ने कार्य भइरहेको स्वास्थ्य बीमा बोर्ड लहान शाखाका बीमा अधिकारी भोगेन्द्र साहले जानकारी दिए । सहजकर्तामार्फत दर्ता भएको बीमितको नामलाई चैतबाट कम्प्युटरमा दर्ता गरिने र अहिले नाम दर्ता गराएका बीमितलाई आउँदो जेठबाट बीमा सेवा उपलब्ध गराइने बीमा अधिकारी साहले बताए । पाँच जनाको परिवारले वार्षिकरूपमा प्रतिपरिवारले रु दुई हजार ५०० को प्रिमियम तिरे स्वास्थ्य उपचारवापत वार्षिक ५० हजारको स्वास्थ्यबीमा पाइने व्यवस्था छ । पाँचभन्दा बढी सदस्य भएमा प्रतिसदस्यले वार्षिक ४२५ का दरले थप प्रमियम तिर्नुपर्ने र सुविधा थैलीमा १० हजार थपिने जनाएको छ । रासस
रक्तदाताबाट संकलन गरिएको रगतमा एचआईभी भेटियो
काठमाडौं। १ बर्षमा रक्तदाताले बिरामीलाई दिईएको एकहजार दुईसय १० वटामा रगतको परिक्षण गर्दा एउटामा एचआईभी र अर्कोमा भिरिङ्गगी भेटिएको छ। बुधबार राष्ट्रिय हेमोभिजिलेन्स वार्षिक प्रतिवेदन सार्वजनिक कार्यक्रमले प्रतिवेदनमा उक्त कुरा उल्लेख गरेको हो। स्याम्पल ब्लड मध्ये १२ वटा शंकास्पद भएर जाँच्दा एउटामा एचआईभी भेटिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला अन्तर्गतको रक्तसञ्चार ब्यूरो प्रमुख डा. रेखा मानन्धरले बताईन्। रक्तदाताले रगत दान गरेदेखि बिरामीमा चढाउने बेलासम्ममा अध्ययन गर्नको लागि सरकारले १ बर्ष अघी ‘हेमोभिजिलेन्स’ कार्यक्रम शुरु गरेको थियो। यस कार्यक्रमको लागि परोपकार प्रसुती गृह र नेपाल क्यान्सर अस्पताल ब्लड स्याम्पल पठाउँदै आएको कार्यक्रम संचालिका समेत रहेकी डा. रेखाले बताईन्। कार्यक्रममा रगत संकलन गरेर पठाउने परोपकार प्रसुती गृह र नेपाल क्यान्सर अस्पताललाई कदरपत्र प्रदान गरिएको थियोे।