राष्ट्रिय वाणिज्य बैँकका ग्राहकलाई किस्ट हस्पिटलमा १५ प्रतिशत छुट
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र किस्ट टिचिङ्ग हस्पिटलबीच बैंकका ग्राहकवर्ग, कर्मचारी तथा तिनका आश्रित परिवारलाई हस्पिटलले दिने सेवामा १५ प्रतिशत सम्म छुट दिने सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र किस्ट टिचिङ्ग हस्पिटलका कार्यकारी अध्यक्ष आशिस थापाले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता भएपश्चात राष्ट्रिय वाणिज्य बैंकका ग्राहकवर्ग, कर्मचारी तथा तिनका आश्रित परिवारले आउटसोर्स बाहेकको हस्पिटल सेवा शुल्कमा १५ प्रतिशत र फार्मेसीमा ७ प्रतिशत छुट एक वर्ष सम्म पाउने छन् । उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंकका नायव प्रमुख कार्यकारी अधिकृतहरु कबिराज अधिकारी, केशबप्रसाद लम्साल, विभागीय प्रमुख पवन रेग्मी, किस्ट टिचिङ्ग हस्पिटलका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
राज्यमन्त्री यादवले एसिडपीडित खातुनकाे स्वास्थ्य अवस्थाबारे लिए स्थलगत जानकारी
काठमाडौं । स्वास्थ तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्र कुमार यादवले किर्तिपुर अस्पताल पुगेर एसिड आक्रमणमा घाइते भई उपचारमा रहेकी मुस्कान खातुनको पछिलो स्वास्थ्य अवस्था बारे स्थलगत जानकारी लिएका छन् । वीरगञ्जमा शुक्रबार हनुमान माध्यमिक विद्यालयमा अध्ययनरत मुस्कान खातुन एसिड आक्रमणमा परेकी थिइन्। हाल उनको अवस्थ्या खतरा मुक्त्त रहेको छ। त्यस्तै, समाजवादी पार्टीका संंघीय सासद मा।प्रदिप यादवले एसिड आक्रमणबाट घाइते किशोरीको उपचारका लागि रु.५० हजार दिएका छन् भने, प्रदेश २का मुख्य मन्त्री लालबाबु रावतले रु।पाँँच लाख दिने निर्णय गरेका छन् । घाइते मुस्कानको उपचारमा कुनै कमी हुन नदिन केन्द्र सरकार र प्रदेश सरकार प्रतिबद्ध रहेको जानकारी गराइएकोे छ।
नेपालमा हरेक दिन १६ जना व्यक्तिको मृत्युको कारण आत्महत्या, मानसिक रोग मुख्य कारण
काठमाडौं। नेपालमा हरेक दिन १५ देखी १६ जना व्यक्तिको मृत्युको कारण आत्माहत्या रहेको खुलेको छ। सोमबार विश्व आत्माहत्या दिवसलाई मध्यनजर गर्दै संचालन गरिएको कार्यक्रममा नर्सर्ने रोग तथा मानसिक स्वास्थ्य शाखाले यस्तो बताएको हो। विभिन्न अध्ययनको अनुसार विश्वमा सबैभन्दा बढी आत्माहत्या हुने ठाउँमा नेपाल सातौं स्थानमा पर्दछ भने महिला आत्माहत्याको संख्यामा नेपाल तेस्रो स्थानमा पर्ने गर्दछ। यस्तै नेपालमा गरिएको २००८-२००९ को अनुसन्धान अनुसार १६ देखी ४९ बर्षको प्रजनन् उमेर समुहको महिलाहरुमा आत्माहत्या मृत्युको प्रमुख कारण देखाएको थियो। विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा हरेक बर्ष ८ लाख मानिसको मृत्यु आत्महत्याको कारण हुने गर्दछ। यस बाहेक हरेक बर्ष आत्महत्या गर्न खोज्ने मानिसको संख्या अझै बढी छ । विश्वमा मृत्युको प्रमुख २० कारण मध्ये आत्माहत्या पनि एउटा कारण हो। त्यस्तै आत्माहत्या गर्ने ९० प्रतिशत कारण मानसिक रोग रहेको छ। विश्वमा १० बर्ष देखी २४ बर्ष उमेरका युवायुवतीको मृत्युको दोस्रो ठूलो कारण आत्महत्या गर्नु हो। अनुसन्धान अनुसार एक जना व्यक्तिको आत्माहत्याको कारण उसँग सम्बन्धित १३५ जना व्यक्ति प्रभावित हुने बताउँछ। आत्माहत्याको कारण बहुआयमिक हुन्छ। आत्माहत्या गर्न ९० प्रतिशत जनसंख्यामा मानसिक रोग भएको तथ्य अनुसन्धानले देखाएको छ। मानसिक रोगमा जस्तै उदासिनताको रोग (डिप्रेसन) सबैभन्दा प्रमुख कारण हो। पहिले पनि आत्माहत्याको प्रयास गरेको मानिसहरुले आत्माहत्या दोहोर्याउने सम्भावना सामान्य भन्दा धेरै हुन्छ। त्यो सँगै जीवन प्रति लगातार नैराश्यता व्यक्त गर्ने मानिसहरु, वा हिंसाका घटनामा भेदभाव अनुभव गरेका व्यक्तिहरुमा आत्माहत्या गर्ने सम्भावना बढी हुन्छ। समाजमा रहेको सबै मानिसहरुको प्रयत्न भएमा आत्माहत्या धेरै मात्रामा रोकथाम गर्न सहयोग सकिन्छ। मानसिक रोगको उपचार गर्नाले धेरै मात्रामा आत्माहत्याको रोकथाम हुन्छ। आफुमा अथवा आफुले चिनेको आत्माहत्याको सोच अथवा प्रयास गरेको थाहा पाएमा नजिकको मानसिक रोग बिशेषज्ञकोमा लिएर जाँदा आत्माहत्या गर्नबाट रोक्न सकिन्छ।