यस्तो आयो मौद्रिक नीति (पूर्णपाठ)

काठमाडाैं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गरेका हुन् । यस्तो छ मौद्रिक नीतिको पूर्णपाठ  [pdf id=499909]

सवा १२ बजे मौद्रिक नीति सार्वजनिक हुने, गभर्नरले ‘अडिटोरियल हल’ मा राखे कार्यक्रम

काठमाडौं । नेपाल राष्ट्र बैंकले सवा १२ बजे मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै सवा १२ बजे मौद्रिक नीति सार्वजनिक हुने जानकारी दिएको हो । गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको नयाँ भवनमा रहेको अडिटोरियल हलबाट मौद्रिक नीति वाचन गर्ने कार्यक्रम छ । राष्ट्र बैंकको सञ्चालक समिति बैठकले मौद्रिक नीति पारित गरिसकेको छ । सञ्चालक समिति बैठक पनि सकिएको जानकारी राष्ट्र बैंकले दिएको छ । मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने उपायका साथ बैंकमा लगानीयोग्य रकम थुप्रने क्रम बढ्दै गएको सन्दर्भमा कर्जा विस्तारका साथै निर्माण क्षेत्रलाई गतिशील तुल्याउन, सेयर धितो र घरजग्गा कर्जामा केही लचिलो बन्ने लगायत उद्योग–व्यवसायमैत्री मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंककाे तयारी छ ।

गभर्नरले आफूलाई सफल प्रमाणित गर्ने अन्तिम अवसर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीति पास गर्नका लागि राष्ट्र बैंकमै सञ्चालक समितिको बैठक बसिरहेको छ । राष्ट्र बैंकले बिहान ८ बजेका लागि डाकेको बैठक निर्धारित समयभन्दा केही अबेर सञ्चालन भएको थियो । अहिले पनि बैठक जारी नै छ । बैठक सकिएपछि सबै सञ्चालकले राष्ट्र बैंकमै दिवाभोज गर्ने कार्यक्रम छ । त्यसपछि मौद्रिक नीति सार्वजनिक हुनेछ । गत शुक्रबार नै मौद्रिक नीति सार्वजनिक हुने भनिएपनि प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडाको कारण सार्वजनिक हुन सकेन । त्यसैले आज मौद्रिक नीति सार्वजनिक हुँदैछ । यो मौद्रिक नीति यस्तो हो जुन गभर्नर महाप्रसाद अधिकारीको जीवनसँग ठोक्किदैछ । उनले वाहीवाही पाउने वा आलोचित बन्ने भन्ने विषय गभर्नर अधिकारीमै निहित छ । त्यसको पुष्टि र प्रमाणित उनले आजको मौद्रिक नीमिार्फत् गर्दैछन् । त्यसैले पनि यस पटकको मौद्रिक नीतिलाई धेरैले चासोका साथ हेरेका छन् । गभर्नर अधिकारीको कार्यकालको अन्तिम मौद्रिक नीति भएकोले पनि उनले आफू आलोचित र विवादित बन्ने मौद्रिक नीति ल्याउने छैनन् भन्ने विश्वास धेरैको छ । उनले सकेसम्म सबैलाई रिझाउने प्रयत्न मौद्रिक नीतिमार्फत् गर्नेछन् । आफ्नो कार्यकाल सफल भएको प्रमाणित पनि यही मौद्रिक नीतिबाट देखाउनु पर्ने भएकोले पनि यो मौद्रिक नीतिले बजार चलायमान बनाउनु पर्ने दबाब उनीमाथि छ । विगतमा मौद्रिक नीतिमा मान्छेहरुको खासै चासो हुन्थेन । जब कोरोनाकालमा सुस्त बनेको बजार चलायमान बनाउन बजेटले कुनै अपेक्षाकृत नीति तथा कार्यक्रम ल्याएन । र, त्यो आँट मौद्रिक नीतिमार्फत् गभर्नरले गरे । त्यसपछि सबैको ध्यान बजेटभन्दा मौद्रिक नीतिमा केन्द्रीत हुन थाल्यो । काबुल भनेर चिनिएका तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडालाई फ्लप गर्दै गभर्नर अधिकारीले आफ्नो अब्बलता मौद्रिक नीतिमार्फत् प्रर्दशन गरेका थिए । अधिकारीले कार्यकालको पहिलो मौद्रिक नीति खुकुलो र बजार रिझाउने किसिमको ल्याएपछि धेरैको आस, अपेक्षा र निर्भरता राष्ट्र बैंकमाथि नै हुन थालेको छ । गभर्नर अधिकारी सेयरधितो कर्जामा तोकिएको सीमाले मात्रै अहिलेसम्म आलोचित बन्दै आएका छन् । त्यो पनि लगानीकर्ताबाट उनी आलोचित बने । सेयरधितो कर्जामा लगाएको सीमा उनले अहिलेसम्म हटाएका छैनन् । उनले आफूलाई सही सावित मात्रै बनाउन खोजका छैनन्, आफ्नो नीति सही थियो भन्ने प्रमाणित पनि यो मौद्रिक नीतिमार्फत् गराउनु पर्नेछ । त्यसैले पनि उनी अहिलेसम्म सो नीतिबाट पछि हटेका छैनन् । अन्य नीतिगत व्यवस्थामा भने उनले सन्तोषजनक ‘रेस्पोन्स’ पाएका छन् । व्यवसायीबाट केही आलोचित भने उनी चालु पुँजी कर्जा मार्गदर्शनबाट बने । तर, त्यसलार्ई पनि संशोधन गरेपछि व्यवसायीको आवाज पनि बन्द भएको छ । महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैंकको गभर्नर भएर विवादित बने, राम्रो काम गर्न सकेनन् भन्ने भाष्य उनले सिर्जना गरेनन् । बरु अब्बल गभर्नरको छवि उनले निर्माण गरेका छन् । मौद्रिक नीतिले मुद्रा प्रदाय, कर्जा र व्याजदरको व्यवस्थापन, बजार चलायमान र वाह्य क्षेत्रको सुधारमा उनले प्रशंसनीय काम गरेका छन् । यसको थप पुष्टि उनले आजको मौद्रिक नीति मार्फत् गर्नु पर्नेछ । उनले आफ्नो कार्यकालमा गरेको राम्रो काम भनेको राष्ट्र बैंकको स्वायत्ता हनन् हुन नदिनु हो । तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले अधिकारीलाई निलम्बन गरेपनि उनी अदालत पुगे । तत्कालीन अर्थमन्त्री जनार्दन शर्मासँगको व्यक्तिगत इगोको कारण निलम्बनमा पर्नु परेपछि उनी अदालत पुगेका थिए । पछि अदालतले उनलाई राष्ट्र बैंकमै फर्कायो । गभर्नर अधिकारीको यो आँटलाई धेरैले प्रशंसा पनि गर्ने गरेका छन् । गभर्नर अधिकारीको कार्यकाल आगामी चैतमा सकिँदैछ । उसो त उनले दोहोरिने इच्छा देखाएका छन् । तर, कार्यकाल दोहोर्याउनका लागि पनि उनले यस मौद्रिक नीतिबाट आफू सफल भएको प्रमाणित गर्नु पर्नेछ । बजार र सरकारलाई पनि विश्वास दिलाउन सक्नु पर्नेछ । त्यसैले आफूलाई सफल बनाउने वा असफल, विवादित बनाउने वा वाहीवाहीको पात्र बन्ने यसको सतप्रतिशत हात उनै गभर्नर अधिकारीमा छ ।