बीमा कम्पनीहरूले अब वार्षिक प्रतिवेदनमा खुलाउनु पर्नेछ यी ५२ विषय

काठमाडाैं । बीमा कम्पनीहरूले वार्षिक प्रतिवेदनमा थप ५२ शीर्षकको बारेमा खुलासा गर्नुपर्ने भएको छ । नेपाल बीमा प्राधिकरणले मंगलबार कम्पनीहरूलाई वार्षिक प्रतिवेदनमा थप ५२ विषय खुलासा गर्न निर्देशन दिएको हो । प्राधिकरणले दिएको निर्देशनअनुसार अब बीमा कम्पनीहरूले आफ्नो दूरदृष्टि, अभियान तथा उद्देश्यअन्तर्गत दूरदृष्टि र अभियान, बीमकको समग्र रणनीति तथा लक्षहरू र मूल्य मान्यता तथा आचार संहिता, नैतिक सिद्धान्तहरूको बारेमा खुलाउनु पर्नेछ । यसैगरी, कम्पनीले संस्थागत संरचना लगायतको विवरण पनि खुलाउनु पर्नेछ । बीमकको दूरदृष्टि, अभियान तथा उद्देश्य  (क) दूरदृष्टि र अभियान (ख) बीमकको समग्र रणनीति तथा लक्ष्यहरू (ग) मूल मान्यता, आचारसंहिता र नैतिक सिद्धान्तहरू  बीमकको संस्थागत संरचना लगायतको विवरण  (क) बीमकको संक्षिप्त विवरण (ख) संचालकको विस्तृत विवरण (ग) बीमकको संस्थागत तथा समूहगत संरचना (घ) सञ्चालक समितिको संरचना, भूमिका, बैठक, उपस्थिति र कोरमसम्बन्धी विवरण (ङ) उप समितिहरूको संरचना, भूमिका, बैठक, उपस्थिति र कोरम सम्बन्धी  विवरण  बीमकको बिजनेस मोडल  (क) बीमकको बिजनेस मोडल सम्वन्धमा रेखाचित्रसहितको संक्षिप्त विवरण (ख) बीमकको स्रोत, उपयोग क्षमता, दिगो प्रतिस्पर्धात्मक सवलता, मूल्य निर्माण लगायतका विषयमा विस्तृत व्याख्या (ग) बीमकको पुँजीका मुख्य स्रोतहरू र तीनको आपसी अन्तरसम्बन्ध (घ) बीमकको स्रोतको उपयोग तथा अन्य भावी कार्यक्रमसँग पुँजी योजनाको अन्तरसम्बन्ध कार्यसम्पादनको समिक्षा तथा मुख्य सूचकाङ्क  (क) बीमकको यस आर्थिक वर्ष तथा गत आवहरूको तुलनात्मक वित्तीय अवस्थाको झलक (ख) बीमकको विभिन्न पोर्टफोलियो, बीमालेखहरू तथा मुख्य संस्थागत कार्यहरूको जानकारी (ग) बीमकको मुख्य कार्यसम्पादन सूचकाङ्क  रणनीतिक योजना र विकास  (क) बीमकको अल्पकालिन, मध्यकालिन तथा दिर्घकालिन रणनीतिहरू र ती रणनीतिहरू हासिल गर्नका लागि बीमकले सुनिश्चित गरिएको स्रोतको विवरण (ख) बीमाको विकास, बीमालेख तथा सेवा प्रवाह सम्बन्धमा बीमकको रणनीति (ग) बीमकको दिगोपना सम्वन्धमा रणनीति तथा मापन गर्न सकिने लक्षहरू (घ) बीमकको व्यवसायिक परिदृष्य, दृष्टिकोण तथा सम्भावनाहरूको संश्लेषण (ङ) बाह्य वातवरणको बीमकको व्यवसायमा परेको असर संस्थागत उत्तरदायित्व  (क) बीमकले कर्मचारी कल्याण (स्वास्थ्य, सुरक्षा तथा कार्यवातवरण) सम्वन्धमा गरेका प्रयासहरू (ख) राष्ट्रिय अर्थतन्त्रमा बीमकको योगदान (राजस्व भुक्तानी, कुल ग्राहस्थ उत्पादनमा योगदान, रोजगारी सृजना, सामाजिक विकासमा योगदान आदी (ग) बीमकले दिगो बन्न र दिगो विश्वव्यापी अर्थतन्त्रमा योगदान पुर्‍याउनका लागि गरेका कार्यहरू (घ) सामाजिक तथा वातावरणीय विकास तथा दिगोपनका लागि बीमकबाट भएका प्रत्यक्ष तथा अप्त्यक्ष प्रयासहरू (ङ) बीमकले समाजिक उत्तरदायित्व सम्बन्धमा गर्नुपर्ने खुलासा सुशासन र परिपालना  (क) परिपालनासम्बन्धी संक्षिप्त विवरण (ख) परिपालना नभएका विषयहरू र परिपालना गर्न नसक्नुको कारण (ग) बीमकको सञ्चालक समितिको प्रभावकारीता लगायतका विषय समेटिएको अध्यक्षको प्रतिवेदन (घ) उपसमितिहरूको मुख्य कार्यहरू तथा हासिल भएका उपलब्धी समेटिएको छुट्टाछुट्टै प्रतिवेदन (ङ) बीमकको सञ्चालक समिति तथा उपसमितिको प्रभावकारीताको स्वमूल्याङ्कन तथा स्वमूल्याङ्कन गर्न अपनाएको विधि (च) व्यवस्थापनको प्रतिवेदन (छ) बीमकका मुख्य नीति तथा अभ्यासहरू जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण  (क) बीमकको जोखिम व्यवस्थापनसम्बन्धी नीति, जोखिम पहिचान तथा तिनको व्यवस्थापन गर्ने संयन्त्र (ख) प्राधिकरणको निर्देशन बमोजिम जोखिम व्यवस्थापन सम्वन्धी अन्य खुलासा (ग) प्राधिकरणको निर्देशन बमोजिम जलवायु परिवर्तन जोखिम सम्वन्धी खुलासा (घ) बीमकको पुनर्बीमा नीति, महाविपत्ति पुनर्बीमाको पर्याप्तता लगायतका विषयमा गुणात्मक तथा मात्रात्मक विवरण (ङ) बीमकको आन्तरिक नियन्त्रण प्रणालीसम्बन्धी फ्रेमवर्क (च) बीमकको आन्तरिक नियन्त्रण प्रणालीको प्रभावकारीता सम्वन्धी विवरण (छ) सूचना प्रविधिको प्रयोग तथा सोबाट सिर्जित  जोखिमको नियन्त्रण वित्तीय विवरण र सोसम्बन्धी अन्य खुलासाहरू (क) बीमकको वित्तीय विवरण सम्बन्धमा बीमकको वित्त प्रमुख वा लेखा प्रमुखको जिम्मेवारी सम्बन्धी प्रतिवेदन (ख) बीमकले लेखाङ्कन गरेको बीमासम्बन्धी दायित्व पर्याप्त रहको सम्वन्धमा बीमाङ्कीको प्रतिवेदन (ग) बाह्य लेखापरीक्षकको प्रतिवेदन (घ) प्राधिकरणबाट स्वीकृत भएको वित्तीय विवरण (ङ) बीमकको संवद्ध व्यक्ति वा संस्थाको विवरण तथा संवद्ध व्यक्ति वा संस्थासँग भएका कारोबारहरूको विवरण (च) बीमकको वित्तीय विवरण सम्वन्धी निर्देशन बमोजिम खुलासा गर्नुपर्ने विवरणहरू (छ) सम्पत्ति तथा पुँजीको स्रोतको गुणस्तरको समिक्षा (ज) बीमकको प्राधिकरणबाट वित्तीय विवरण स्वीकृत हुँदा लगाएका शर्तहरू तथा सो सम्बन्धमा बीमकको सञ्चालक समितिको जवाफ (झ) बीमकको चौथो त्रैमासिक अवधिको वित्तीय विवरण ( वासलात र नाफा नोक्सान हिसाब) र बीमकको लेखापरीक्षण भएको वित्तीय विवरणबीचको फरकको विवरण (ञ) बीमकको सोल्भेन्सी वित्तीय विवरण र एनएफआस वित्तीय विवरणको तरलनात्मक विवरण, सोल्भेन्सी गणना तथा उपलब्ध पुँजी सम्बन्धी विवरण अन्य खुलासा (क) सरोकारवालासँग अन्तरक्रिया तथा सूचना प्रवाह गर्न स्थापना गरिएको संयन्त्र (ख) बीमित, लगानीकर्ता तथा अन्य सरोकारवालाहरूको गुनासो सम्बाेधन गर्ने सम्बन्धी संयन्त्र (ग) बीमकको क्रेडिट रेटिङसम्बन्धी जानकारी  

सिद्धार्थसहित यी ४ बैंकको आरओईमा छलाङ, आरओएमा लक्ष्मी सनराइजले मार्‍यो फड्को

काठमाडौं । वाणिज्य बैंकहरूको रिटर्न अन इक्विटी (आरओई) घटेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमासमा बैंकहरूको आरओई औसत ७.८ प्रतिशतमा झरेको छ । जबकि गत वर्षको सोही अवधिमा बैंकहरूको आरओई ७.९१ प्रतिशत थियो । गत वर्षको तुलनामा बैंकहरूको आरओई औसत १.४४ प्रतिशत घटेको देखिन्छ । समग्रमा बैंकहरूको आरओई घटेको भएपनि अधिकांश बैंकको बढेको देखिन्छ । गत वर्ष १२.५५ प्रतिशत आरओई ऋणात्मक रहेको कृषि विकास बैंकको भने यसपटक १.३७ प्रतिशत धनात्मक बिन्दुमा छ । समीक्षा अवधिमा सबैभन्दा धेरै आरओई सिद्धार्थ बैंकको बढेको छ । सिद्धार्थ बैंकको ६९८.५० प्रतिशत बढेर ५.३५ प्रतिशत बिन्दुमा पुगेको छ ।  यस्तै, लक्ष्मी सनराइज बैंकको ३७१.८१ प्रतिशत बढेर ५.१९ प्रतिशत बिन्दु, नेपाल बैंकको ३०२.५६ प्रतिशत बढेर ६.२८ प्रतिशत बिन्दु, कुमारी बैंकको २९३.३५ प्रतिशत बढेर ११.२५ प्रतिशत बिन्दु आरओई रहेको छ । यस्तै, नेपाल एसबीआई बैंकको ५२.४७ प्रतिशत बढेर १.५४ प्रतिशत बिन्दु, नबिल बैंकको ३९.९६ प्रतिशत बढेर ७.६ प्रतिशत बिन्दु, एभरेष्ट बैंकको ३३.३६ प्रतिशत बढेर १६.०७ प्रतिशत बिन्दु, ग्लोबल आइएमई बैंकको १८.३० प्रतिशत बढेर ९.७६ प्रतिशत बिन्दुमा आरओई रहेको छ । यस्तै, एनएमबी बैंकको १५.७४ प्रतिशत बढेर १५.४४ प्रतिशत बिन्दु, प्राइम बैंकको २.३० प्रतिशत बढेर १५.९७ प्रतिशत बिन्दु, स्ट्याण्डर्ड चार्टर्ड बैंकको १.९२ प्रतिशत बढेर १६.४३ प्रतिशत बिन्दुमा आरओआई रहेको छ । यस अवधिमा सबैभन्दा धेरै आरओई हुने बैंकमा स्ट्याण्डर्ड चार्टर्ड रहेको छ । तर, समीक्षा अवधिमा विभिन्न ८ बैंकको आरओई भने घटेको देखिन्छ । जसमध्ये सबैभन्दा धेरै एनआईसी एशिया बैंकको ८९.२६ प्रतिशत घटेर १.४३ प्रतिशत बिन्दु, राष्ट्रिय वाणिज्य बैंकको ८१.८१ प्रतिशत घटेर १.१४ प्रतिशत बिन्दु, सिटिजन्स बैंकको ५३.०८ प्रतिशत घटेर ३.६५ प्रतिशत बिन्दु, हिमालयन बैंकको ३५.११ प्रतिशत घटेर ७.५४ प्रतिशत बिन्दुमा आरओई झरेको छ । यस्तै, सानिमा बैंकको १७.१८ प्रतिशत घटेर २.९४ प्रतिशत बिन्दु, माछापुच्छ्रे बैंकको १३.४३ प्रतिशत घटेर ११.४७ प्रतिशत बिन्दु, प्रभु बैंकको ४.०३ प्रतिशत घटेर ११.२४ प्रतिशत बिन्दु र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ४.०३ प्रतिशत घटेर ४.२८ प्रतिशत बिन्दुमा आरओई झरेको तथ्याङ्क छ । कुन बैंकको आरओए कति ? असोजसम्म रिटन अन एसेट (आरओए) सबैभन्दा धेरै लक्ष्मी सनराइज बैंकको बढेको छ । यस बैंकको आरओए २८१.८१ प्रतिशत बढेर ०.५३ प्रतिशत बिन्दुमा पुगेको छ । यस्तै, नेपाल बैंकको २६८.४२ प्रतिशत बढेर ०.७ प्रतिशत बिन्दु, कुमारी बैंकको २५९.२५ प्रतिशत बढेर ०.९७ प्रतिशत बिन्दु, नेपाल एसबीआई बैंकको ५८.१ट प्रतिशत बढेर १६.३७ प्रतिशत बिन्दु आरओए रहेको छ । यस्तै, नबिल बैंकको ३४.६१ प्रतिशत बढेर ०.३५ प्रतिशत बिन्दु, एभरेष्ट बैंकको १६.६६ प्रतिशत बढेर १.५४ प्रतिशत बिन्दु, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ११.४६ प्रतिशत बढेर २.४३ प्रतिशत बिन्दु, एनएमबी बैंकको ९.५५ प्रतिशत बढेर १.४९ प्रतिशत बिन्दु, ग्लोबल आइएमई बैंकको ७.६९ प्रतिशत बढेर ०.९८ प्रतिशत बिन्दु र प्राइम बैंकको १.०८ प्रतिशत बढेर १.८६ प्रतिशत बिन्दु रहेको छ । तर, समीक्षा अवधिमा विभिन्न ९ बैंकको आरओए भने घटेको देखिन्छ । यसअवधिमा सबैभन्दा धेरै एनआईसी एशिया बैकको सबैभन्दा धेरै घटेको छ । एनआईसी एशियाको ८९ प्रतिशत घटेर ०.११ प्रतिशत बिन्दु, राष्ट्रिय वाणिज्य बैंकको ८६ प्रतिशत घटेर ०.१२ प्रतिशत बिन्दु, सिटिजन्स बैंकको ५६.२श्५ प्रतिशत घटेर ०.३५ प्रतिशत बिन्दु, हिमालयन बैंकको ३८.४ प्रतिशत घटेर ०.७७ प्रतिशत बिन्दुमा आरओए झरेको छ । यस्तै, सानिमा बैंकको २० प्रतिशत घटेर ०.१६ प्रतिशत बिन्दु, सिद्धार्थ बैंकको १६.६६ प्रतिशत घटेर ०.५ प्रतिशत बिन्दु, माछापुच्छ्रे बैंकको १०.३४ प्रतिशत घटेर १.०४ प्रतिशत बिन्दु, नेपाल इन्भेष्टमेन्ट मेगाको १० प्रतिशत घटेर ०.२७ प्रतिशत बिन्दु र प्रभु बैंकको ५.८३ प्रतिशत घटेर १.१३ प्रतिशत बिन्दुमा झरेको छ । तर, यसअवधिमा कृषि विकास बैंकको आरओए भने धनात्मक रहेको छ । गत वर्ष १.३१ प्रतिशत ऋणात्मक रहेको आरओए यस वर्ष घटेर ०.२४ प्रतिशत पुगेको हो ।

सदीक्षासँग शिक्षा र व्यवसायका कुरा, ‘विद्यार्थीलाई बिजनेससँग जोड्छु’

काठमाडौं । मिस नेपाल भन्नेबित्तिकै हामी उसको शारीरिक सुन्दरतालाई हेर्छौं । अझ उनीहरूले गर्ने काम भनेको मनोरञ्जन क्षेत्रमात्र हो भन्ने बुझ्छौं । नेपालका मिस नेपाल (सुन्दरीहरूलाई) हेर्ने हो भने यो स्वाभाविक पनि हो । मिस नेपालको काम भनेको अभिनय गर्नुमात्र हो भन्ने भाष्य नेपाली समाजमा स्थापित भएको छ । कतिपय मिस नेपालहरूले सामाजिक विकृतिविरुद्ध आवाज उठाइरहेका भएपनि धेरैजसो भने मनोरञ्जन क्षेत्रमै लागेको पाइन्छ । शिक्षा क्षेत्र जसलाई हामी बौद्धिक क्षेत्र भन्छौं, अझ यो क्षेत्रमा भने सुन्दरीहरू लागेको पाइँदैन । सुन्दरीहरूले मनोरञ्जन क्षेत्रमै मात्र काम गर्ने भन्ने मानसिकतालाई चिर्दै चर्चित मोडल, उद्घोषिका एवं पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठले बौद्धिक क्षेत्रको यात्रा सुरुवात गरेकी छन् । उनी अहिले बागबजारमा रहेको मोडल इन्स्च्यिुट अफ टेक्नोलोजी (एमआइटी) मा प्रोगाम डिरेक्टर स्कुल अफ बिजनेशको रूपमा नियुक्त भएकी छन् । जीवनमा सबैभन्दा पहिलो आवश्यक्ता शिक्षा ठान्ने उनी शिक्षालाई व्यवसायसँग जोडेर लाँदा अझै उत्कृष्ट हुने बताउँछिन् । कार्यक्रम निर्देशकको जिम्मेवारीमा रहेकी उनी आफ्नो पहिलो प्राथमिकता शिक्षालाई व्यवसायसँग जोड्ने रहेको बताउँछिन् । इन्टरनेशनल अमेरिकन यूनिभर्सिटी आईयूसँगको सहकार्यमा काठमाडौंको बागबजारमा सञ्चालनमा रहेको मोडल इन्स्च्यिुट अफ टेक्नोलोजी (एमआइटी)ले ले सदीक्षालाई केही दिन अगाडिमात्र यो पदमा नियुक्त गरेको हो । यहाँ बीबीए र एमबीए कार्यक्रम चलिरहेका छन् । स्वदेश तथा विदेशका विभिन्न विश्वविद्यालयका कार्यक्रमहरू सञ्चालन गरी उच्च शिक्षामा व्यवस्थापन र सूचना प्रविधि (आईटी)का कार्यक्रमहरू सञ्चालन गरिरहेको कलेजमा आफू जोडिन पाउनु अवसर भएको बताउँदै उनले अब शिक्षालाई उद्याेगसँग जोड्न पहल गर्ने उल्लेख गर्छिन् । यो काम पहिले गरिरहेको भन्दा नयाँ भएकाले चुनौतीसँग लड्दै उत्कृष्ट बनाउन पहल गर्ने उनको भनाइ छ । शिक्षा क्षेत्रमा आउनु स्वाभाविक कि जीवनको ट्रनिङ प्वाइन्ट हो भन्ने प्रश्नमा उनले भनिन्, ‘म यसलाई नेचुरल ट्रान्जेसन भन्छु ।’ सदीक्षाको परिवारमा पढाइलाई धेरै प्राथमिकता दिइन्छ । सानैदेखि यही वातावरणमा हुर्केपछि उनलाई पनि जीवनको पहिलो आवश्यकता शिक्षा लाग्छ । यसै कारण पनि उनले पढाइमा निकै मिहिनेत गरिन् । आइएस्सी गरिसकेपछि सदीक्षाले सन् २०१० मा मिस नेपालमा भाग लिएर उपाधि चुमिन् । त्यसपछि उनलाई पढाइ अझ महत्त्वपूर्ण लाग्यो । ‘मैले कति पनि समय खर्च गरिनँ, मिस नेपाल भइसकेपछि आफ्नो स्वाभाविक डिग्रीमा लागें,’ उनी भन्छिन्, ‘मिस वर्ल्डमा भाग लिन चीन गएँ, त्यसपछि ब्याच्लर्स गरें अनि मास्टर्स गर्न विदेश गएँ ।’ विदेश जानुअघि सदीक्षाले कुन देश, कुन कलेज पढ्नै भन्दै खोजी गरिन् । एमबीए डिग्री कहाँ लिने भन्ने खोजी गर्दैगर्दा उनलाई केही समय लाग्यो । त्यो समयमा उनले नेपालमै पनि ६ महिना एमबीएस अध्ययन गरिन् । आफूले पढाइबाट आफ्नो साथ कहिल्यै नछुटेको भन्दै सदीक्षाले यसलाई टर्निङ प्वाइन्टभन्दा पनि जीवनलाई लेभल अप गर्ने एउटा अवसरको रूपमा लिएको बताउँछिन् । धेरैजसो सुन्दरीहरू अहिले गुमनाम छन् । सदीक्षा भने आफूलाई कुनै न कुनै रूपमा समाजमा प्रस्तुत गराइहाल्छिन् । उनी सबैभन्दा पहिला कुनै पनि काम गर्न चाहना र इच्छा हुनुपर्ने बताउँछिन् । ‘कतिपय मिस नेपाललाई समाजमा देखिन मन छैन होला, उहाँहरू मिडियाभन्दा बाहेक उद्यमी भएर होस् वा समाजसेवी भएर होस्, विभिन्न कार्य गरिरहनुभएको छ,’ उनी भन्छिन्, ‘म आफै पनि मिडिया फिल्डमा भएकाले चाहेर या नचाहेर पनि सधैं क्यामेरा अगाडि आउनुपर्ने भएकाले नेचुरल नै यस्तो हुन गयो होला भन्ने लाग्छ ।’ शिक्षा क्षेत्रका चुनौती एमआईटीमा प्रोगाम डिरेक्टर स्कुल अफ बिजनेशकाे रूपमा नियुक्त भएपछि अहिले सदीक्षा आफ्नो पूरा समय विद्यार्थी र कलेजमा बिताउँछिन् । बाँकी रहेको समयमा भने अभिनय अनि उद्घोषलाई छुट्याउँछिन् । शिक्षा क्षेत्रमा पाइला  अगि बढाएकी उनी शिक्षा क्षेत्रमा अहिले धेरै किसिमका चुनौती रहेको बताउँछिन् । शिक्षा भनेको बेसिक फाउन्डेसन राइट हो तर विभिन्न कारणले गुणस्तरीय शिक्षाबाट धेरैजसो विद्यार्थी वञ्चित भइरहेका छन् । अहिले ब्याचलर्स गर्न चाहने विद्यार्थीको लागि ठूलो कन्फ्युजन भनेको नेपालमै ब्याचलर्स डिग्री गरौं कि विदेश जान्ने भन्ने छ । सदीक्षा आफूले कलेज जाेइन गरेको मुख्य उद्देश्य पनि शिक्षा र सोचको ठूलो खाडल ग्याप रहेकाले सबैभन्दा पहिले यो विषयमा काम गर्नु हो । उनी मास्टर्स डिग्री विदेशमा गएर गर्ने विद्यार्थीलाई नेपालमै बस भन्नु उपयुक्त नहुने बताउँछिन् । ‘म आफैंले पनि एसियन इन्सिच्युट अफ टेक्नोलोजी (एआइटी) थाइल्याण्डमा अध्ययन गरेकी हुँ, विद्यार्थीलाई विदेश जान हुँदैन, कोही नजानू, नेपालमै बस्नू भन्ने कुरा म गर्दिनँ,’ सदीक्षा भन्छिन्, ‘कुन ठाउँ के पढ्ने भन्ने विद्यार्थीको अधिकार हो, तपाईं सक्नुहुन्छ, इच्छा छ, म इन्टरनेशनल डिग्री लिन चाहनुहुन्छ भन्ने अठोट छ भने अवश्य जानूहोस्, त्यो सबैभन्दा सुन्दर अनुभवमध्ये एक हुनेछ ।’ जबसम्म बच्चाहरू आमाबुवाको छत्रछायामा हुर्किन्छन् त्यतिबेलासम्म आफूलाई विकास गर्ने अवसर पाउँदैनन् । जब तपाईं घर पुग्दा तातोभात तयार हुन्छ, तपाईं बिहान उठेर गएको ओच्छयान चटक्क मिलेको पाउनुहुन्छ त्यतिसम्म जीवन के हो भन्ने कुरा बुझिँदैन । ब्याचलर्समा होस् या मास्टर्समा होस् नेपालभन्दा बाहिर डिग्री लिन चाहनेहरूको अहिले ठूलो जमात छ । तर, त्यसका लागि प्रक्रिया त्यति सजिलो छैन । विद्यार्थीले बैंक ब्यालेन्सदेखि आफ्नो डिग्री, भाषा परीक्षणलगायतका कुराहरू देखाउनुपर्छ, जसका लागि समय लाग्छ । विदेश पढ्न जाने तयारीका लागि लाग्ने समयमा नेपालमै अध्ययन गर्दा विद्यार्थी थप सजिलो हुने सदीक्षाकाे अनुभव छ । उनी यसका लागि उपयुक्त ठाउँ एमआइटी रहेको बताउँछिन् । यहाँ अन्तर्राष्ट्रिय अमेरिकन विश्वविद्यालय आईएयु क्वालिफोर्नियासँग एशोसिट भएको कारण जसलाई बाहिर गएर डिग्री लिन मन छ, समय लागिरहेको छ भने यहाँ आएर आफ्नो समय सदुपयोग गर्न सकिने उनी बताउँछिन् । यसो गर्दा समय र पैसा नाश नहुने उनकाे भनाइ छ । अहिले धेरैजसो नेपाली विद्यार्थी पढाइको लागि स्वदेशभन्दा विदेश रोज्छन् । नेपालमा १२ पास गरिसकेपछि धेरैको सपना बाहिरकै हुन्छ । कतिपय विद्यार्थी पढ्नकै लागि जाने भएपनि कतिपय भने विद्यार्थी भिषामा गएर पढाइ छोडेर काम गरिरहेको पाइन्छ । कतिपय विद्यार्थी भने विदेशी विश्वविद्यालयको राम्रो शिक्षा ग्रहण गरेर आफ्नै देश फर्केर केही गर्ने आश राख्छन् । यही आशाराख्ने मध्येकी एक सदीक्षा पनि हुन् । विदेश पढेर काम गर्न नेपाल आउनुपर्छ भन्ने सदीक्षाको मत छ । उनी विदेश गइसकेका विद्यार्थी नेपाल फर्कनु/नफर्कनुमा उनीहरूकै व्यक्तिगत इच्छामा भर पर्ने बताउँछिन् । भन्छिन्, ‘आफूलाई जन्म दिने आमाबुवाले त हाम्रो जीवनमा यस्तो गर भनेर आदेश दिन सक्दैनन्, यसमा पढ्न जाऊ नानीबाबुहरू हो, फिर्ता चाहिं स्वदेशमै हौ भन्ने अधिकार हामीलाई छैन ।’ सदीक्षा मुलुकका सहज नीति बनाउन सकियाे भने ४०/५० वर्ष विदेशमा बसेकाहरू पनि नेपाल फर्कन तयार हुने बताउँछिन् । अहिले विदेशमा अध्ययन गरिरहेका विद्यार्थी राम्रो अवसर पायो भने नेपाल फर्कन तयार छन् । विदेशमा लिएको डिग्री र सीप नेपालमा प्रयोग गर्न सके नेपालमै राम्रो भविष्य रहको उनको दाबी छ । उनी सुन्दरीको उपाधिपछि आफ्ना लागि सुनौलो अवसर नेपालमै छ भन्ने लागेकाले विदेशमा डिग्री गरेर नेपालमा काम गरेको सुनाउँछिन् । भूमिका र जिम्मेवारी मनोरञ्जनजस्तो फरक पेशाबाट शिक्षाको यात्रामा आएकी सदीक्षा बीबीए तथा एमबीएका कार्यक्रमलाई प्रमोट गर्नुको साथै प्रभावकारी तरिकाले अगाडि बढाउने आफ्नो योजना रहेको बताउँछिन् । उनको अर्को योजना विद्यार्थीलाई राम्रो उद्योग र शिक्षाको सन्तुलन, अनुभव दिनु पनि हो । उनी भन्छिन्, ‘विद्यार्थीको सबै किसिमको सिकाइ अनुभव राम्रो होस् र पढाइ सकिएपछि डिग्रीमात्र नभइकन धेरै जीवनाेपयोगी सीप पाए भन्न सक्ने हुन् भन्ने मेरो जिम्मेवारी हो ।’ सदीक्षाले यो कलेजमा काम सुरु गर्नुभन्दाअघि विभिन्न कलेजमा गएर ब्याचलर्स तहका विद्यार्थीहरूलाई सार्वजनिक स्थलमा कसरी बोल्ने, कुन व्यक्तिसँग कुन कामको लागि बोल्दा कसरी बोल्ने भन्नेबारे क्लास दिन्थिन् । क्लासमा सबैभन्दा पहिले उनको प्रश्न हुन्थ्यो- तपाईंहरूमध्ये कति जना काम गर्नुहुन्छ ? उनले सोध्दा फाट्टफुट्ट विद्यार्थीको मात्र हात उठ्थ्यो । जब कि यो समयमा विद्यार्थीसँग प्रशस्त समय हुन्छ । बिहान कलेज जाँदा दिनभरिको समय खाली हुन्छ । कमैले मात्र काम गरिरहेको सुन्दा उनलाई नमज्जा लाग्थ्यो । बाँकी समय के गर्नुहुन्छ भनेर सोध्दा धेरैको उत्तर हुन्थ्यो- ‘दिनभर सुत्छौं अनि कसैको यतिकै बस्ने ’ हुन्थ्याे । त्यसैबेला उनकाे दिमागमा एउटा कुरा खेल्याे- नेपालमा ब्याचलर्समा पढ्ने विद्यार्थीलाई काम गर्ने मौका, इन्टर्नसीप, जागिर दिने किन हुँदैन ? सदीक्षा अब एमआइटीमा पढ्ने विद्यार्थीका लागि पढाइसँग काम र इन्टर्नसीपको अवसर सिर्जना गर्ने दाबी गर्छिन् । माग अनुसारको उत्पादन छैन अहिले बजारमा सबैभन्दा धेरै सुनिने कुरा हो, दक्ष जनशक्ति नपाइनु । उद्योग, संस्थाहरूले दक्ष जनशक्त नपाएको गुनासो गरिरहँदा यता उत्पादन भएको जनशक्तिले काम नपाएर विदेशिनु परेको अर्को गुनासो छ । बजारमा माग पनि छ, कलेजले उत्पादन पनि गरिरहेको छ तर किन तालमेल मिलेन भन्नेमा ठूलो प्रश्न छ । कुनै पनि कम्पनीले कामदार खोज्दा सबैभन्दा पहिले उसको कामको अनुभव खोज्छ । तर, नेपालको सन्दर्भमा डिग्री भएपनि विद्यार्थीसँग अनुभव हुँदैन । सदीक्षा एउटा विद्यार्थी ब्याचलर्समा भर्ना हुँदा जागिर गर्न सुरु गर्‍याे भने ब्याचलर्स सक्दा उसँग ४ वर्ष कामको अनुभव हुने बताउँछिन् । ‘नेपालमा उद्योगले हामीले काम गर्ने मानिस पाइरहेका छैनौं भन्छन्, काम गर्ने विद्यार्थीले हामीले जागिर पाइरहेका छैनौं भन्छन्,’ उनी भन्छिन्, ‘यसको मतलब माग पनि छ उत्पादन पनि छ तर यसलाई जोड्न सकिरहेको छैन । यहाँनेर देखिएको ठूलो दूरीलाई भर्नैपर्छ।’ सदीक्षाका अनुसार विद्यार्थीले  पनि कुन काम सानो, ठूलो भनेर हेर्न हुँदैन । अभिभावकले पनि आफ्ना बच्चाहरूलाई सानो ठूलो जस्तो भए पनि काम गर्न प्राेत्साहित गर्नुपर्छ । उनी यसका लागि आफूले विद्यार्थीको इन्टर्नसीपका लागि जोड दिने बताउँछिन् । ‘मैले चिन्ने, मसँग जोडिएका विभिन्न संघसंस्थामा जोड्ने प्रयास गर्छु,’ भन्छिन्, ‘सानो इन्टर्नसीपदेखि सुरुवात किन नहोस्, यो गर्न इनकरेज पनि गर्छौं र उहाँलाई त्यो वातावरण मिलाउन प्रयास गछौं । ’ नेपालका उद्योग कारखानाले नेपालमा राम्रो कामदार नपाउँदा बाहिरबाट ल्याउने गरेको पाइन्छ । कामदारदेखि मेनेजरसम्म बाहिरबाट ल्याइरहेको सुनिन्छ ।  अब एमआइटीमै यस्तो किसिमको जनशक्ति उत्पादन गर्ने सदीक्षा बताउँछिन् । नेपालमा पढाउने शैली पहिलाकाे भन्दा धेरै सुधार भएको उनकाे बुझाइ छ । अन्य देशभन्दा स्कुल तहको शिक्षामा नेपालीको शिक्षा उत्कृष्ट नै रहेको विज्ञहरू बताउँछन् । अन्य देशका तुलनामा नेपालका विद्यार्थी पढाइमा पनि उत्कृष्ट हुन्छन् । सदीक्षा आफैं पनि थाइल्यान्ड एआइटीबाट एमबीए गर्दा कक्षाको सबैभन्दा टप हुने विद्यार्थी थिइन् । कक्षामा टप हुँदा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीबाट गोल्ड मेडल पाइन् । यस्तो राम्रो धेरै विद्यार्थीले गरिरहेका छन् । उत्कृष्ट विद्यार्थी र शिक्षा हुँदा पनि विद्यार्थीले अवसर पाउने अवस्था नभए उनको भनाइ छ । यसका लागि कलेजहरू पनि विभिन्न संघसस्थासँग पार्टनरसीप गरेर अगाडि बढ्दा समस्या समाधान हुने सदीक्षाकाे विश्वास छ । एउटा ग्राजुएट भएको विद्यार्थी हायर गर्न खोज्दा ऊसँग पढाइभन्दा बाहेक अरू हुँदैन, जब पढाइसँग काम गर्ने विद्यार्थी छ भने उसले हरेक काम राम्रो गर्छ । नेपालमा जति पनि उद्योगहरू छन् ती चल्न राम्रो मेनपावर चाहिने भएकाले एमआइटी एकेडेमी र इन्ड्रष्टीको काेलाब्रेसनतर्फ एमआइटी द्रूतरूपमा अगाडि बढ्ने उनको दावी छ । म्यानेजमेन्ट आवश्यक नेपालमा अहिले देखिएको पहिलो चुनौती भनेको बीबीए र एमबीए गर्ने विद्यार्थीको संख्या घट्दै जानु हो । आजभोलि मान्छेलाई मन पर्ने चाहना भएको लिन खोज्ने डिग्री भनेको आइटीका डिग्री हुन् । तर, सदीक्षा ‘ब्याच्लर्स इन बिजनेस स्टडिज’ र ‘मास्टर इन बिजनेस एड्मिनेस्ट्रसन’ सबैभन्दा महत्त्वपूर्ण र आवश्यक भएको बताउँछिन् । व्यवस्थापन (म्यानेजमेन्ट) बिना जतिसुकै ठूलो कम्पनी खडा गर्दा पनि यसलाई राम्रोसँग चलाउन सकिँदैन । हस्पिटालिटी क्षेत्र हेर्ने हो भने करोडौं, अरबौं संरचना तयार पारे पनि तर त्यसलाई व्यवस्थापन गर्न कुशल व्यवस्थापक आवश्यक पर्छ । त्यसैले यस्ता विषयहरू त्यतिकै आवश्यक छन् । व्यवस्थापनले समयको सदुपयोग कसरी गर्ने भन्नेबारे सिकाउँछ । जब व्यक्तिलाई कुनै कुरा चाहिन्छ तब इनोभेटिभ बाटाहरू आफै निकाल्न सुरु गरिन्छ । उदाहरणका लागि कोही मान्छे मोटो छ, उसले आफ्नो तौल घटाउनु छ भने ऊ खाना कम खान्छ, हिँड्न अथवा दाैडन सुरु हुन्छ, शारीरिक व्यायाम गर्न सुरु गर्छ । इच्छा हुनुपर्‍याे योभन्दा माथि आवश्यकता हुनुपर्‍याे । डिग्रीसँगै काम गर्न आवश्यक छ भन्ने लाग्छ भने त्यो जस्तो ठूलो कारण केही पनि हुँदैन । अभिभावकले पनि आफ्नो बच्चालाई आफै कमाऊ भन्ने सिकाउनुपर्छ । कुनै पनि बच्चा आफै कमाउँछ भने उसलाई अभिभावकले पैसा कमाउन गरेको दुःख थाहा हुन्छ र उसलाई पनि केही गर्नुपर्छ भन्ने सोच आउँछ । आफैले पनि पैसाको लागि नभए पनि अनुभवका लागि भए पनि केही काम गर्नुपर्छ । नेपालको उदेकलाग्दो शिक्षा नेपालको स्नातक र स्नातकोत्तरमा अहिले पनि ठूलो समस्या छ । समयमा परीक्षा नहुने, रिजल्ट समयमा नआउनेलगायतका थुप्रै समस्या छन् । सदीक्षा शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्न आवश्यक रहेको बताउँछिन् । समयमै रिजल्ट नआउँदाको परिणाम सदीक्षा आफैंले पनि भोग्नुपरेको छ । नेपालमै ‘ब्याचलर्स इन बिजनेस स्टडी’ गर्दा ३ वर्षको कोर्समा उनलाई हातमा रिजल्ट आउन ५ वर्ष लाग्यो । ‘यत्रो दुई वर्ष भनेको जोक होइन, यो २ वर्षमा मैले कतिधेरै काम गर्न सक्थें , एउटा डिग्री पनि लिन सक्थें, यो विषयमा अहिले पनि ठूलो कम्जोरी छ,’ उनी यो विषयमा सम्बन्धित निकायको ध्यान जानु पर्ने बताउँछिन् । शिक्षा र सुन्दरता सुन्दरता भन्ने बित्तिकै धेरैजसो शारीरिक सुन्दरतालाई हेरिन्छ । सुन्दरता के हो भन्ने प्रश्नमा सदीक्षा भन्छिन्, ‘शिक्षित मान्छे सुन्दर पनि हुन सक्छ, सुन्दर मान्छे पनि शिक्षित हुन सक्छ, शिक्षा छ भने सुन्दर हुन सकिँदैन भन्ने होइन ।’ उनी सुन्दरताको परिभाषा मान्छेपिच्छे फरक हुने बताउँछिन् । ‘धेरैलाई मलाई देख्दा ओहो कस्तो राम्री भन्ने लाग्न सक्छ, कसैलाई यो कस्तो मान्छे कति बोलिरहेको होला भन्ने लाग्ला,’ उनी आफूलाई सुन्दरताभन्दा शिक्षालाई धेरै महत्त्व दिने बताउँछिन् ।