विश्वकै उत्कृष्ट थान्कामा गाइडले खान्छन ९० प्रतिशतसम्म कमिसन, उत्पादक भन्छन् -व्यवसाय धरापमा पर्याे

काठमाडौं । नेपालका थान्का व्यवसाय कमिशनले नै धरासायी हुँदै जान थालेको पाइएको छ । -पाइने नेपालमा गाइडले माग्ने अधिक कमिसनको कारण यो व्यवसाय विस्तारै धरासायी हुँदै गएको तथ्य खुलेको छ । कमिसन विना व्यपार नहुने र कमिसन पनि अधिक माग्ने गरिएकोले पनि यो क्षेत्रलाई टिकाउन गाह्रो भएको नेपालका थान्का व्यवासायी बताउँछन । थान्का व्यवासयाीले गाइडलाई अत्यधिक मात्रामा कमिसन तिनुपर्ने बाध्यतका कारण थान्का व्यवसायको चाम विस्तारे घट्नै गएको छ भने यो क्षेत्रको प्रवद्र्धन हुन नसक्दे व्यवासायीक भविष्य सकिनेमा व्यवसायी चिन्तित हुन थालेका छन् । नेपालमा बिक्री हुने थन्काका ग्राहक ९० प्रतिशत विदेशी पर्यटक हुन । तिनलाई टुर गाइडको माध्यमबाट सामान खरिद गराउँदा गाइडले लिने कमिसन ज्यादा र अस्वस्थ्य प्रतिस्पर्धा भएको काराण थान्का व्यवसाय नै धरासायी हुँदै जान थालेको व्यवसायीले गुनासो छ । कुनै पनि व्यवसायमा कमिसन त संसार भरी नै चल्छ तर अधिक हुन थालेपछि भने समस्या भएको थान्का व्यवसायी संघका महासचवि अनिल घिसिङले बताए । उनका अनुसार गाइडले पहिल्यै ४०/ ५० प्रतिशत कमिसन माग गर्छन्, त्यसो हुँदा सामानको मूल्य सोही अनुपातमा बढाएर भन्नुपर्छ । गाइडसँग जाँदा महंगो पर्ने र गाइडले ठगी गर्ने विषय विस्तारै पर्यटकले थाहा पाउन थालेपनि यो पेशाको चाम कम हुन थालेको उल्लेख छ । थान्का एउटा कला के हो गाइडले पनि त्यही अनुसार व्रिफिङ गर्दै ल्याउँछन । पहिले विमास्थलदेखि गाइडले डिल गर्दै आउने र सोही अनुसार पर्यटकले पनि खरिद गर्ने गर्थे, कमिसशन पनि पहिल्यै तय गर्नु भन्थे । अहिले पर्यटक न गाइले व्रिफिङ गर्छन त त पर्यटकले भनेजति पैसा नै तिर्छन, घिसिङले भने । गाइलडे माग्ने कमिशत उसको मेहनत अनुसार सामान्य भएपनि अधिक माग्न थालेपछि भने यो पेशालाई नै नकारात्मक दिशातर्फ थकेलेको उनको बुझाई छ । पर्यटकले व्यक्तिगत रूपमा गएर थान्का किन्नुभन्दा पनि बढि गाइडसँग गएर खरिद गर्छन । टुर गाइडले पर्यटक विमानस्थलमा भित्रिएदेखि नै नेपाल र यहाँका सामग्रीको बारेमा बुझाउने भएकोले पर्यटकले खरिद गरेको सामानमा कमिसन त दिनु पर्छ तर अस्वस्थ प्रतिस्पर्धा र ज्यादाँ माग्ने गरेकोले समस्या परेको नेपाल थान्का व्यवसायी संघको भनाइ छ । गाइडले कति कमिसन पाउने र कति दिने भन्नेमा व्यवसायीबीच एकता एवं स्पष्ट व्यवस्था नहुदाँ अप्रत्यक्ष रूपमा ६० प्रतिशतसम्म कमिसन गाईडले माग्ने गरेको लामाले बताए । बीस—पच्चिस देखी पचास प्रतिशतसम्म त गाइडले प्रत्यक्ष रूपमै लिने गरेको पनि लामाको भनाइ छ । कुनै पनि काम गरेपछिको कमिसन त संसारमै चल्छ तर व्यवसाय चलाइ बस्नेलाइ भन्दा पनि बढि गाईडलाई दिएर कति समय सम्म चलाउन सकिन्छ र ? संघका महासचिव अनिल घिसिङले भने । कति प्रतिशत कमिसन दिने भन्ने नीति–नियम नभएकोले पनि गाइडले लिने कमिसनमा अस्वस्थ प्रतिस्पर्धा चलेको छ । नेपालमा गुणस्तरीय पर्यटक नआउनु र आएकाले पनि बार्गेनिङ गरि समान खरिद गरेको अवस्थामा पनि गाइडलाई कमिसन दिनुपर्दा व्यवसायीलाई मर्का पर्ने गरेको पनि उनको भनाइ छ । लाखौंको लगानी गरेर व्यवसाय संचालन गर्नेले भन्दा बढि कसिसन दिनेको व्यवसाय टिकाउ नहुने र त्यसले बजार विगारेकोले कमिसन निश्चित र रिजनेवल बनाई व्यावसायीक सहजता बनाउन संघले पहल गरिरहेको पनि उनले बताए । ठमेलमा पर्यटक स्वयम पुग्ने भएकोले अन्यको तुलनमा यहाँ गाइडले धोरै कमिसन मै काम गर्न गर्छन भने बौद्ध, पाटन, भक्तपुरमा बढि कमिसन माग गर्ने गरेको पनि व्यवसायीको भनाई छ । पर्यटक पुगेर कुनै पनि सामान खरिदमा १५ देखि ३० प्रतिशतसम्म र थान्कामा यसको दोव्बरसम्म कमिसन बुझउन परेको ठमेल थान्का हाउसका रामकृष्ण तण्डुकारले बताए । पर्यटन व्यवसायलाई मर्यादित बनाउन कमिसन लिनु र दिनु दुबै अवैधानिक भएकोले यस्तो कार्य कुनै पनि गाइडले नगरेको टुरिष्ट गाइड एसोसिएसनको छ । कुनै व्यवसायबाट पनि कमिसन माग्ने नगरेको र टुर्गान संबद्ध गाईडले पनि कमिसन नलिनको दाबी एसोसिएनका पूर्व अध्यक्ष हरेराम बरालको भनाइ छ । स्वस्थ प्रतिस्पर्धा गरि काम गर्न सबैले पाउनुपर्ने मान्यतामा आफूमा भएकोले कसैले कमिसन लिने गरेकोे भएपनि त्यसकाे जानकारी आफुसँग नभएको उहाँको भनाई छ । कुनै पनि ट्राभल एजेन्सी मार्फत आउने गाईड घुमाइबापत पारिश्रमीक लिने गरेका कारण कमिसनतिर नलागेको र कसैले लिने–दिने गरेमा कुनै पनि गाइडलाई सामान बिक्री बापतको कमिसन नदिन उनको चुनौति दिए । पर्यटकले किन मन पराउँछन थान्का ? थान्कामा हुने विभिन्न धार्मिक मान्यताले पर्यटकले मन पराउने गरेका छन् । थान्कामा मण्डला हुन्छ । ह्वील अफ लाइफ, लाइफ अफ बुद्ध, गणेशेश्वर लगायतका धार्मिक मान्यतासँग जोडिएको हुन्छ । थान्कालाई शान्तिपूर्वक देवता र क्रोदीपूर्वका देवता गरी दुई समूहमा राखेर बनाइएको हुन्छ । शान्तिपूर्वकका देवतामा मन्जुश्री, शाक्यमुनी बुद्धसहितका देशवता हुन्छन भने महांकाल, कालभैरवसहितका देवता क्रोदीपूर्णका रुपमा हुन्छन । यी देवता सबैको आआफ्नो विशेषता हुने र पर्यटकले धार्मिक विश्वासले लिने गरेका छन् । विशेषगरी थान्का धार्मिक मान्यता अनुसार ध्यान गर्दा आवश्यक हुन्छ । बनाउनै चारपाँचवर्ष थान्कालाई दक्ष र नयाँ जनशक्ति कसले बनायो भन्नेमा त्यसको मूल्य निर्धारण हुन्छ । भर्खर बनाउनेले छिटो बनाउँछन । यसलाई सस्तो एक डेड सय डलरमै पनि खरिद गर्न सकिन्छ । लामो समय लगाएर बनाएर र बढी मेहनत गरेको थान्काको महत्व पनि बढी हुन्छ । नेपालमै करीब १५ देखि २० हजार थान्का बनाउने जनशक्ति छन् । तर, यसको चाप पहिलेको जस्तो भने छैन, घिसिङले भने । उनका अनुसार नेपाल नै थान्काको पहिलो र आकर्षक गन्तव्य हो । नबौ शताव्दीदेखि नेपालमा यसको प्रयोग हुन थालेको हो । पछिल्लो सयम चाइनाले यसको मार्केट बढाउन खोजेपछि स्थापित हुन भने नसकेको उल्लेख छ । एउटै मूल्य २५ लाखसम्म सामान्यताय एकडेढ सय डलरदेखि नै थान्का पाइने भएपनि अर्डरमा आउने र धार्मिक रुची भएका तथा आफूले भनेजस्तै थान्कालको लागि विदेशी २० देखि २५ लाख तिर्नसमेत तयार हुन्छन् । विदेशीले थान्का मन पराएपछि भाउको कुनै मतलव नै नराख्ने पनि व्यवासायीको छ । विदेशी पर्यटकले धानेको नेपालको थान्का व्यवसायमा टुर गाईडले माग्ने कमिसनकै कारण थान्काको मूल्य अन्याधिक महङ्गो हुने भएकाे उल्लेख छ । थान्का पसलमा कुनै पनि गाइडसँग गएका पर्यटकले खरिद गर्ने सामानको मूल्य नै चर्काे लगाउनुपर्ने र गाइडले माग्ने कमिसन पनि मनलाग्दी भएका कारण थान्का व्यवसायको संचालन खर्च बढेकाे ठमेलका एक व्यवसायीले बताए ।

काठमाडौं-बिरगञ्ज रेलमार्गको अध्ययन गर्न ६ देशका कम्पनी इच्छुक, चिनियाँ धेरै

काठमाडौं । काठमाडौं-बिरजगञ्ज विद्युतिय रेल मार्गको सम्भाव्यता अध्ययन गर्न ६ देशका १५ वटा कम्पनीहरुले आवेदन दिएका छन् । तीमध्ये पनि धेरै चिनियाँ कम्पनी रहेका छन् । रेल विभागका सिनियर डिभिजनल इञ्जिनियर प्रकाशभक्त उपाध्यायका अनुसार चीन, जापान, कोरिया, भारत, स्पेन र फ्रान्सका कम्पनीहरुले छुट्टा छुट्टै आवेदन दिएका छन् । कोरिया र चीन, भारत र फ्रान्स तथा भारत र कोरियाका कम्पनीले संयुक्त प्रस्ताव पनि पेश गरेका छन् । उपाध्यायका अनुसार ती देशका १५ वटा कम्पनीले सो रेलमार्ग निर्माणको सम्भाव्यता अध्ययन गर्न आवेदन दिएका हुन् । हाल ती कम्पनीहरुले पेश गरेका प्रस्तावहरुको अध्ययन भैरहेको छ ।‘हामी आवेदन दिएका कम्पनीहरुको प्रस्ताव अध्ययन गरिरहेका छौं, एक महिनाभित्रै प्रारम्भिक चरणका कम्पनीको छनौट सकेर विस्तृत रिपोर्ट माग्छौं’, सिडिई उपाध्यायले विकासन्युजसँग भने । विभागले मंसिर १९ गते सम्भाव्यता अध्ययनका लागि ग्लोबल टेण्डर आव्हान गरेको थियो । जनवरी २ तारिखसम्म ग्लोबल टेण्डरको मिति तोकिएको थियो तर विभागले टेण्डरको अवधी एक हप्ता वृद्धि गरेको थियो । सरकारले आर्थिक बर्ष २०७३/७४ कोे बजेटमा काठमाडौं–बिरगञ्ज रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने योजना अघि सारेको थियो । सम्भाव्यता अध्ययनका लागि रेल विभागले करिब ७ करोड बजेट छुट्याएको छ । विभागले यात्रु बोक्ने तथा कार्गाे समान बोक्ने रेल वे लाइन निर्माणको सम्भाव्यता अध्ययन अघि बढाउन लागेको बताएको छ । १५ कम्पनीमध्येबाट विभागले पहिलो चरणमा ६ वटा कम्पनीलाई छनौट गर्नेछ । ती कम्पनीसँग ३० देखि ४५ दिनको समय भित्र वित्तिय तथा प्राबिधिक रिपोर्ट मागिनेछ । त्यसरी वित्तिय तथा प्राबिधिक रिपोर्ट बुझाउने कम्पनीमध्येबाट एउटा कम्पनीलाई सम्भाव्यता अध्ययन गर्ने जिम्मा दिईने उपाध्यायले बताए । छनौट भएको कम्पनीले सन २०१७ को अप्रिल महिना भित्र सम्भाव्यता अध्ययनको रिपोर्ट बुझाउनुपर्ने विभागले जनाएको छ । सम्भाव्यता अध्ययन रिपोर्टकै आधारमा त्यसकै आधारमा विभागले नयाँ प्रक्रिया मार्फत डिपिआर निर्माणको काम अघि बढाउनेछ ।

पाँच बर्षमा साढे ६२ प्रतिशतले बढ्यो अमेरिका निर्यात, ३६ अर्बका नेपाली उत्पादन अमेरिकी बजारमा

काठमाडौं । नेपालले पछिल्लो पाँच आर्थिक बर्षमा ३६ अर्बका उत्पादन अमेरिका निर्यात गर्न सफल भएको छ । नेपालले आर्थिक बर्ष २०६८/६९ देखि आव २०७२/७३ सम्ममा ३६ अर्ब एक करोड मूल्य बराबरका नेपाली उत्पादन अमेरिका निर्यात गरेको हो । यो पाँच बर्षमा नेपालको अमेरिका निर्यात ६२ दशमलब ७२ प्रतिशतले वृद्धि भएको छ । आर्थिक बर्ष २०६८/६९ मा पाँच अर्ब ५५ करोड मूल्य बराबरका नेपाली बस्तु अमेरिका पठाइएका थिए भने गत आवमा यो ९ अर्ब ३४ करोडमा पुगेको छ । आव २०६९/७० मा ५ अर्ब ७५ करोड, आव २०७०/७१ मा ७ अर्ब ५८ करोड र आव २०७१/७२ मा ७ अर्ब ७९ करोड मूल्य बराबरका नेपाली उत्पादनले अमेरिकी बजार प्राप्त गरेका छन् । नेपालबाट बिभिन्न ६१० वटा उत्पादन अमेरिका निर्यात भएका छन् । नेपाली कफि, ग्रीन टी, चिज, यार्सागुम्बा, पास्ता, ससेज, फर्निचरका समान लगायत निर्यात हुँदै आएको छ ।  नेपाललाई अमेरिकाले उपलब्ध गराएको ड्युटी फ्रि सुबिधाको उपयोग गर्न सकिए नेपाल उत्पादनले अमेरिकी बजारमा ठुलो हिस्सा पाउने सक्ने अवस्था छ ।