विशाल बजार कम्पनीमा विवाद चर्किदा ४ वर्षदेखि साधारणसभा हुन सकेन, सेयरधनी लाभांश पाउन बञ्चित

काठमाडौं । सरकारले विशाल बजार कम्पनी लिमिटेडको ९८ प्रतिशत स्वामित्व कायम गरेपछि विवाद बढेको छ । विवाद अहिले सर्वोच्च अदालतमा पुगेको छ । सर्वोच्चले आउँदो भदौ ५ गते यस विषयमा फैसला गर्दैैछ । फैसला आएपछि मात्र वार्षिक साधारणसभा हुने छ । गत ०७४ असोज १० गते सर्वोच्च अदालतले ३ अर्ब ९६ करोड रुपैयाँ बराबरको ३ करोड ९६ लाख कित्ता सेयर अर्थ मन्त्रालय र महालेखा नियन्त्रकको नाममा हस्तान्तरण गर्न आदेश दिएको थियो । सर्वोच्चको आदेश बमोजिम स्वामित्व कायम भइसकेको छ । अर्थले आफनो स्वामित्व लिएको जानकारी गराएको छ । सर्वोच्चको आदेशको विरुद्धमा सेयरधनी पुर्णलाल महर्जनले साधारणसभाबाट पारित नगरी कम्पनीको सेयर स्वामित्व हस्तान्तरण गर्न लागेको भन्दै यसलाई रोक्न गत माघमा सर्वोच्चमा रिट दायर गरेका थिए । महर्जनले रिट दायर गरेपछि अहिले वार्षिक साधारणसभा हुन सकेको छैन । अदालतको फैसलाअनुसार ९८ प्रतिशत सरकारको र २ प्रतिशत मात्र सर्वसाधारणको लगानी हुने देखिएको छ । जग्गालागयत अन्य स्वामित्वलाई जोडेर सरकारको नाममा सेयर स्वामित्व बढाइएको हो । यसअघि सर्वसाधारणको ६५ र सर्वसाधारणको ३५ प्रतिशत स्वामित्व थियो । कम्पनीको ३ करोड ९६ लाख किता सेयर थप भएपछि अब अधिकृत पुँजी ४ अर्ब १ करोड रुपैयाँ पुग्नेछ । विशाल बजारले झण्डै दुई वर्षदेखि लगानीकर्ताको सेयर बन्धक बनाएको र ३ वर्षसम्म पनि नियमित वार्षिक साधारणसभा गरेको छैन । सेयर स्वामित्व विवादले गत आर्थिक वर्षको समेत गरी ४ वर्षदेखि लगानीकर्ताले लाभांश पाउन सकेका छैनन । कानुन बमोजिम साधारणसभा नै नबोलाएपछि अघिल्लो वर्ष ०७४ असार ७ गते पाटन उच्च अदालतले विशाल बजारलाई साउन मसान्तसम्म वार्षिक साधारणसभा गर्न आदेश दिएको थियो । साधारणसभा साउन ३१ गते बिहान ११ बजे मेहन्द्र पुलिस क्लबको सभाहलमा राखिए पनि सेयरधनीबीच हातहाला हालको अवस्था आएपछि सभा भाँडिएको थियो । गत माघमा सरकारको स्वामित्वको विरुद्धमा मुद्धा परेपछि साधारणसभा हुन सकेको छैन । सभामा कम्पनीको आर्थिक वर्ष २०७०/७१, २०७१/७२, ०७२/०७३ र ०७४/०७५ सम्म ४ वर्षको साधारणसभा हुन बाँकी छ । हाल कम्पनीको पुँजी ३ करोड ९१ लाख रुपैयाँ छ । हाल कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार ६६५ रुपैयाँ छ ।

पच्चीस भारतीय वस्तुलाई नेपाल गुणस्तर चिन्ह

काठमाडौं। नेपाल गुणस्तर तथा नापतौल विभागले विदेशी उद्योगबाट उत्पादित २५ वस्तुलाई नेपाल गुणस्तर चिन्ह (एनएस) प्रदान गरेको छ ।आर्थिक वर्ष २०७४/७५ मा विभागले भारत र चीनमा उत्पादित २० उद्योगबाट उत्पादित २५ वस्तुलाई एनएस चिन्ह प्रदान गरेको हो । जसमा ८ उद्योगका १३ सिमेन्ट, कम्पोजिट सिलिण्डर दुई, एलपीजी सिलिण्डर तीन, एलपीजी भल्व तीन, आइरन बार तीन र एलपीजी रेगुलेटर एक उद्योग रहेका छन् । विदेशी मुलुकले लामो समयदेखि नेपालमा उत्पादित वस्तु तथा उद्योगलाई आफ्नो देशको गुणस्तर चिन्ह प्रदान गरे पनि नेपालले भने विदेशी वस्तुलाई गत वर्षदेखि नेपाल गुणस्तर चिन्ह प्रदान गर्न शुरु गरेको हो । विभागले स्टार सिमेन्ट, जेपी रेवा प्लान्ट, क्यालकम सिमेन्ट, सलुजा स्टिल, टाटा स्टिल, विके स्टिल, सूर्यशक्ति भेसल्स, ग्याँस ड्रोइड इन्जिनियरिङ, सर्वमंगल पेट्रोलियम, सुप्रिम इ प्रालि, टाइम टेक्नोप्लाष्ट, प्रभा इलेक्ट्रोनिक्स, बात्रा एशोसियट्स र दिल्ली एलपिजीलगायतका भारतीय उद्योगलाई नेपाल गुणस्तर चिन्ह प्रदान गरेको छ । यस्तै, विभागले चिनियाँ रेगुलेटर कम्पनी निग्वो सुआई छिनलाई समेत एनएस चिन्ह प्रदान गरेको छ । विभागका महानिर्देशक विश्वबाबु पुडासैनी विदेशी मुलुकबाट नेपाल गुणस्तर चिन्ह लिने उद्योगमा क्रमशः वृद्धि हुँदै गएको बताउछन् । “प्रक्रिया पु¥याएर एनएस चिन्ह लिने विदेशी कम्पनीलाई हामीले एनएस चिन्ह प्रदान गर्दै आएका छौँ,” उनी भन्छन। रासस

१२ सय प्रिमियम बुझाउनेलार्इ मेडिसिटीमा ५० हजारसम्मकाे उपचार नि:शुल्क हुन्छ -विजय रिमाल

ललितपुरको भैसेपाटीमा स्थापना भएको नेपाल मेडिसिटी नेपालको नयाँ र ठूलो अस्पताल हो । डा उपेन्द्र महत्तोले करिव १० अर्ब रूपैयाँ लगानी गरेर स्थापना भएको यो अस्पतालमा हाल २०० बेड सञ्चालनमा छन् । पूर्ण क्षमतामा सञ्चालनमा आउँदा ७५० वेड हुनेछ । पछिल्लो समय यस अस्पतालले दिने सेवाको बारेमा धेरै प्रकारको चर्चा भएको छ । अस्पतलाले दिने सेवाको स्तर, अस्पतालमा सर्वसाधारणको पहुँच र सेवा शुल्क लगायतको विषयमा मेडिसिटीका महाप्रवन्धक विजय रिमालसँग गरिएको कुराकानी यस पटकको विकास वहसमा । विजय रिमाल-महाप्रवन्धक, नेपाल मेडिसिटी अस्पताल नेपालको ठूलो र नयाँ अस्पतालको रुपमा नेपाल मेडिसिटीको चर्चा भएकाे छ । यहाँ विरामीले कस्तो सेवा पाउँछन ? नेपाल मेडिसिटीको भवन नयाँ छ । यहाँ प्रयोग भएको प्रविधि र साधनहरु नयाँ छन् । तर यहाँ कार्यरत डाक्टर, स्टाफहरु २० वर्ष भन्दा लामो समय चिकित्सा क्षेत्रमै बिताएका छन् । उहाँहरुले दिने सेवा नयाँ हुँदैन, अनुभवले खारिएको बढी गुणस्तरतीय छ । हामीले पहिलो दिन देखिनै उच्चस्तरको स्वास्थ्य सेवालाई जोड दिएका छौं । त्यसले आमजनतामा उपचारको अन्तिम विश्वास नेपाल मेडिसिटी भएको छ । अब नेपालीहरु उपचारको लागि विदेश जानुपर्दैन र नेपालीहरुलाई आफ्नै गाउँठाउँमा स्वास्थ्य सेवा प्रत्याभूत गर्ने खालको योजना हामीसँग छन् । स्वास्थ्यमा आमुल परिवर्तनको परिकल्पना गरिएको छ । स्वास्थ्यको माध्यमबाट मेडिसिटीले आम मानिसको जीवन र जगतलाई जोड्ने काम गर्दैछ । स्वास्थ्य सेवाका लागि नेपालीहरु अब विदेश जानु पर्दैन भन्नुभयो ? बार्षिक कति नेपाली उपचारको लागि विदेश जान्छन् ? प्रत्येक वर्ष २ लाख मानिसहरु उपचारको लागि बाहिर जान्छन् ।  प्रत्येक वर्ष २६ अर्ब रुपैयाँ बिदेशी मुद्रामा बाहिर जान्छ । २ लाख मध्ये ७० प्रतिशत भारत जान्छन् । त्यसपछि सिंगापुर, बैंकक, अमेरिका लगायत देशमा उपचार गर्न जान्छन् । मेडिसिटीको आगमनपछि उपचारका लागि विदेश जाने २ लाख नेपालीले नेपालमा नै उपचार गर्लान त ? सम्पूर्ण रुपमा हामीले त्यसलाई लिन सक्दैनौ तर त्यसलाई कम गर्ने हाम्रो प्रयास  हो । यसलाई शून्य पार्न चाँही सकिदैन तर उपचारको लागि विदेश जाने क्रमलाई कम पार्न भने सकिन्छ । उपचारको लागि विदेश जाने गरेका तर मेडिसिटी स्थापना भएपछि नेपालमा नै उपचार गर्न थालेका केही उदाहरण दिन सक्नुहुन्छ ? प्रत्येक दिन हाम्रा लागि नयाँ हुन्छन् । प्रत्येक दिन हामीले नयाँ मुभमेन्ट चलाईरहेका छौं । यसले आम जनमानसमा एक प्रकारको अभियान शुरु भएको छ । हाम्रो एउटै राष्ट्रिय अभियान अब उपचारको लागि नेपाली विदेश जानुपर्दैन भन्ने हाे। यो अभियान हामीले मेचीदेखि महाकालीसम्म चलाएका छौं । करिब २० वटा अस्पातलहरुसँग सहकार्य थालेका छौं । हामीले स्वास्थ्य संस्थासँग मात्र नभई सबै क्षेत्रका संस्थाहरुसँग एक प्रकारको सहकार्य गर्दै गईरहेका छौ । स्वास्थ्यमा सबैको सङ्लनता हुनपर्छ र सबैको प्रयासले नै हामीले नेपालको स्वास्थ्य क्षेत्रमा परिवर्तन गर्नसक्छौं । मेडिसिटीले नेपालबाट उपचारको लागि बाहिर जाने क्रमलाई न्युन गर्ने अभियान थालेको छ । त्यसका लागि हामीले सीमा क्षेत्र नजिक भएका अस्पतालहरुसँग सहकार्य थालेका छौं । त्यस क्षेत्रको विरामीको उपचारमा सघाउ गरेका छौं । मुख्यत काठमाडौं बाहिर शहरहरुको अस्पतालमा सबै खालको जनशक्ति छैनन् । त्यसैले त्यस क्षेत्रका बिरामीहरु कि काठमाडौं आउँछन् वा सुबिधा सम्पन्न शहरमा जान्छन वा भारत जान्छन् । यदि हामीले ती स्थानहरुमा हाम्रो जनशक्तिहरुले भ्याएसम्म तालिम दिने वा केही जनशक्ति त्यहाँ सहयोग गर्न गएर त्यस ठाउँका जनतालाई त्यहीँ नै उपचार गर्ने व्यवस्थामा हामी सहकार्य गरिरहेका छौ । त्यस्तै, हामीले काठमाडौंका सम्पन्न वर्ग जो विरामी हुने वित्तिकै विदेशमा उपचार गर्न जानेबारे सोच्छन्, उनीहरुलाई आकर्षिक गर्नको लागि नयाँ अभियान नै चलाएका छौं । यस अभियान अन्तरगत हामीले कर्पोरेट संस्थाहरुसँगको साझेदारीमा उनीहरुका ग्राहक, भीआईपी कार्ड होल्डर, सेयर होल्डरहरुको लागि मेडिसिटीमा उपचार गर्दा केही छुटको सुविधा दिएका छौं । संस्थागत साझेदारीमा स्वास्थ्य सेवा दिँदा आम्दानीको बाँडफाँड कसरी हुन्छ ? हामीले व्यवसायिक लाभ लिने गरी साझेदारी गरेका छैनौ । नेपाल मेडिसिटी सामाजिक आर्थिक अभियान (सोसियो इकोनोमिक मूभमेन्ट) हो । स्वास्थ्य संस्थासँगको सहकार्य उनीहरुको क्षमता विकासको लागि हो । कर्पोरेट संस्थाहरुसँगको सहकार्य सबैलाई स्वास्थ्यप्रति सचेत बनाउने अभियान हो । यसमा हामीले आर्थिक रुपमा कुनै लेनदेन गरेका छैनौं । सामाजिक आर्थिक अभियानमा कुन कुन कम्पोनेन्ट राखिएको छ ? त्यसमा एउटा मात्र कम्पोनेन्ट छ, सामाजिक उत्तरदायित्व । सबै नेपाली स्वस्थ्य हुनुपर्छ । सबै नेपालीले सहज रुपमा स्वास्थ्य सेवा पाउनुपर्छ । त्यसका लागि स्वास्थ्य संस्थाहरुले दिने सेवा पनि राम्रो हुनुपर्छ । जनताहरुले स्वास्थ्य सेवा आफ्नो घर आँगनमा पाउनुपर्छ । यो हाम्रो उदेश्य हो र यसलाई हामी जोड्ने क्रममा छौ । मेडिसिटीले पनि नाफा त पक्कै खोजेको छ । यस्ता कार्यक्रमबाट आयआर्जन गर्ने उदेश्य छैन ? नेपाल मेडिसिटीको उदेश्य नाफा मात्र कमाउने होईन । नेपालीहरुले राम्रो स्वास्थ्य सेवा पाउनुपर्छ । स्वास्थ्य सेवा सबै मानिसको पहुँचमा हुनुपर्छ र त्यो सबैले धान्न सक्ने हुनुपर्छ भन्ने हाम्रो उदेश्य हो । त्यसमा सबैको सहभागिता हुनुपर्छ । त्यसको लागि स्वास्थ्य बीमा कार्यक्रम लागू गरेका छौं । हामीले स्वास्थ्य बीमालाई उच्च प्राथमिकतामा राखेका छौं । नेपालमा आजसम्म पनि मानिसहरु खल्तीको पैसा झिकेर उपचार गराउँने परम्परा छ । कति बेला विरामी होइन्छ, कसैलाई पनि थाहा हुन्न । विरामी परेको बेलामा खर्च गर्ने पैसाको अभाव हुन सक्छ । अधिकांश नेपालीले आफ्नो स्वास्थ्यको लागि लगानी गर्न गरेका छैनन् । जबकी विकसित देशका सबै नागरिकले स्वास्थ्य बीमा गरेका हुन्छन् । नेपालमा पनि सरकारी स्तरबाट, निजी स्तरबाट स्वास्थ्य बीमाका काम भईरहेका छन् । तर आम नेपालीले स्वास्थ्य बीमा गरेका छैनन् । धेरै मानिसहरुले स्वास्थ्य बीमा बुझेका छैनन्, बुझ्ने क्रममा छन् । जबसम्म स्वास्थ्य बीमा मुलधारमा आउँदैन तबसम्म नेपालमा स्वास्थ्यमा आमुल परिवर्तनको कल्पना गर्न सकिदैन । त्यसैले अहिले हामीले अहिले स्वास्थ्य बीमालाई एकदमै जोड दिएका छौं । हाल वर्षको १२०० रुपैया प्रिमियम तिर्दा ५० हजार रुपैयाँसम्मको उपचार दिएका छौं । आफ्नो क्षमाता अनुसार परिवारको स्वास्थ्य स्थितिलाई हेरेर ५० हजार, १ लाख, २ लाख हुँदै १० लाखसम्मको स्वास्थ्य बीमा कार्यक्रम ल्याएका छौं । एक जना व्यक्तिले वर्षमा २५ हजार तिर्ने हो भने १० लाखसम्मको स्वास्थ्य बीमा गर्न सकिन्छ । चार जनाको परिवारले ३७ हजार रुपैयाँ तिरेर चारै जनाको १० लाखसम्मको स्वास्थ्य बीमा गर्न सकिन्छ । बीमा कार्यक्रम मेडिसिटी आफैले चलाएको हो ? आफैले होइन, मेडिसिटीले प्रिमियर इन्स्योरेन्ससँगको सहकार्य गरेको छ । त्यस्तै, स्वास्थ्य बीमा बोर्डसँग पनि सहकार्य गर्न तयारीमा छौं । सामाजिक आर्थिक अभियान, बीमा, संस्थागत साझेदारीका विषयमा धेरै कुरा भए । मेडिसिटीको कोर विजनेश कस्तो छ ? हामी सबै प्रकारको स्वास्थ्य सेवा दिईरहेका छौं । मेडिसिटीका हरेक सेवालाई उत्कृष्ट बनाउने लक्ष्य लिएका छौं । हरेक विभागलाई उत्कृष्टताको केन्द्र बनाउदै छौं । मुटुरोग सम्बन्धी, पेटका विभिन्न रोग सम्बन्धी, पिसाब रोग सम्बन्धी, आमा र बच्चाको स्वास्थ्य जस्ता स्वास्थ्य सम्बन्धी सबै विभाग उत्कृष्ठ बनाउने प्रयास छ । हामीले विश्वमा प्रयोग भएका नयाँ प्रविधि र प्रकृयालाई पछ्याउन प्रयास गरिरहेका छौ जसलाई अन्तरास्ट्रिय स्तरमा मान्यता प्राप्त होस् । नेपालीलाई मात्र होइन विदेशीलाई पनि उपचारको लागि नेपाल आउने बातावरण हामी बनाउँदै छौं । अहिले नै विभिन्न देशबाट उपचारको लागि नेपाल मेडिसिटी आउन थालेका छन् । कुन कुन देशबाट उपचार गराउन मानिसहरु यहाँ आउँछन् ? थाईल्याण्ड, बाङ्लादेश, भुटान र अन्य देश जहाँ सीधा हवाई उडान सेवा छ, ती देशहरुबाट पनि बिरामीहरु आउने गरेका छन् । नेपालको मौसम एकदमै राम्रो छ । न धेरै गर्मी हुन्छ, नै धेरै जाडो हुन्छ । हामी प्रकृतिको नजिक रहेर काम गरिरहेका छौं । अरु देशमा भन्दा नेपालमा उपचार सस्तो पर्छ । यी सबल पक्षलाई लिएर हाम्रो टिमले इन्टरनेशनल मार्केटमा मार्केटिङ गरिरहेको छ । मेडिसिटी कति महँगो अस्पताल हो ? प्रतिस्प्रर्धी संस्थाको मुल्य, हामीले दिने सेवाको स्तर, नेपालीको खर्च गर्ने क्षमता र हाम्रो लगातमा केही नाफा समेतलाई जोडेर दिएर सेवा शुल्क तय गरेका छौं । आम रुपमा बुझ्ने गरी भन्नु पर्दा अहिले नेपालका अन्य ठूला अस्पतालले भन्दा १५/२० प्रतिशत सस्तो शुल्क तोकेका छौं । भर्खरै हामीले मुटुको बाईपास सर्जरीको शुल्क तोकेका छौं । त्यो शुल्क सरकारी अस्पताल गंगालाल सरहको छ । मेडिसिटीको भौतिक संरचना, यहाँको अत्यन्तै राम्रो वातावरण देखेर यहाँ महँगो होला भनेर मानिसहरु सोच्छन् तर वस्ताविकमा त्यस्तो महँगो छैन । जसले मेडिसिटीमा एक पटक उपचार गर्छन, त्यसपछि विरामी पर्दा फेरि मेडिसिटी नै आउँछन् । कुनै पनि विरामीको उपचारमा लाग्ने शुल्कमा पूर्वाधार निर्माणको लागतले कति प्रतिशत हिस्सा लिन्छ, सेवा दिँदा लाग्ने सञ्चालन खर्चले कति प्रतिशत लिन्छ र नाफामा कति प्रतिशत जान्छ ? हामीले दिने सेवाको मूल्य सूचि सार्वजनिक गर्दै आएका छौं । सञ्चालन खर्च कम गर्नको लागि हामीले केही नयाँ विधिहरु प्रयोग गरेका छौ । पूर्वाधार निर्माणमा करिव १० अर्ब रुपैयाँ लगानी भएको छ । सबै प्रकारका विरामीको उपचारको लागि आवश्यक सबै सुविधा उपलब्ध छन् । सेवाको मूल्यमा लागतको असर हुन्छ नै । तर हामी लगानी छोटो अवधिमा उठाउने, तत्काल नाफा खोज्ने पक्षमा छैनौं । नाफा नोक्सान बराबरीको अवस्थामा आउन ४/५ वर्ष लाग्छ । निजी क्षेत्रको अस्पतालमा विरामीले तिर्नु पर्ने विल अस्वभाविक रुपमा बढी आउने गुनासो सर्बसाधारणको छ । मेडिसिटीमा त्यस्तो हुन्छ कि हुन्न ? विजय रिमाल-महाप्रवन्धक, नेपाल मेडिसिटी नेपालका धेरै अस्पताल, पोलिक्लिनिक, क्लिनिकहरुले डाक्टरलाई व्यवसायिक साझेदारी बनाएका हुन्छन् । हरेक विरामीबाट आउने पैसा ४०/६० प्रतिशतको हिस्सेदारी गरेका हुन्छन् । यस्तो अवस्थामा डाक्टरले विरामीको एक प्रकारका जाँच गर्दा पुग्ने अवस्थामा पनि ४/५ प्रकारका जाँच गर्न भनेको हुन्छ । यस्तो अभ्यासले डाक्टर र अस्पताल दुबैलाई बढी आम्दानी हुन्छ तर विरामीलाई बढी आर्थिक भार परेको हुन्छ । त्यसैले हामीले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई व्यवसायिक साझेदार बनाएका छैनौ । मेडिसिटीमा स्वास्थ्य कर्मीले आफ्नो आम्दानी बढाउने उदेश्यले जाँच गर्दैन । जे जस्तो उपचार गर्नुपर्ने हो त्यति मात्र हुन्छ । नेपालका अस्पतालहरुले स्वाथ्यकर्मीहरुलाई आंशिक समय राख्ने प्रचलन छ । एउटा डाक्टर ३/४ वटा अस्पतालमा काम गर्ने गर्छन् । उनीहरुले अधिकांश समय एक ठाउँबाट अर्को ठाउँमा जान बाटोमा बिताउनुपर्छ । एउटा अस्पतालमा विरामी उपचार गर्न समय नपुग्दै अर्को ठाउँमा जानु पर्ने हतार हुन्छ । उसले विरामीलाई राम्रोसँग जाँच्न पनि भ्याएको हुँदैन । विरामीले राम्रो सेवा पनि पाउँदैन । तर नेपाल मेडिसिटीमा पार्ट टाइम काम गर्ने गरी कर्मचारी वा स्वास्थ्यकर्मी राखिएको छैन । उनीहरु पूर्णकालिन हुन्छन् । स्वास्थ्यकर्मीलाई पूर्णकालिन राख्दा कुनै पनि विरामीलाई फरक फरक उपचार गर्नुपर्यो भने पनि उसले डाक्टरको पर्खाइमा लामो समय बिताउनु पर्दैन । उदाहरणको लागि हड्डी र नसाका फरक डक्टर हुन्छन् । एउटै विरामीलाई दुबै प्रकारका विशेषज्ञ चिकित्सक आवश्यक पर्यो भने हामीकोमा दुबै जना तुरुन्तै उपलब्ध हुन्छन् । यसले सेवास्तर राम्रो भएको छ । पूर्णकालिन स्वस्थ्यकर्मीले पारिश्रमिक कति लिन्छन् ? चिकित्सकको विशेषज्ञताको आधारमा हामीले ढेड लाखदेखि १० लाखसम्म तिरेका छौं ।