गुराँस लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले मृत्यु दाबी भुक्तानी गरेको छ । इन्स्योरेन्स कम्पनी बिरगंजले सनिबार एक कार्यक्रम गरि माहागडिमाई नगरपालिका वडा न ३ का बीमित स्व नगनारायण प्रसद जयसवलकि श्रीमती गुन्जा जयसवललाई मृत्यु दाबी बापतको रकम भुक्तानी गरेको हो। कम्पनीका क्षेत्रीय प्रमुख प्रमोद प्रसद साहले स्व जयसवलले कम्पनीबाट बिमालेख धितो राखी लियको ऋण कट्टा गरि ४६ लाख,४७ हजार,८७३ को चेक हस्तान्तरण गरेका हुन् । स्व जयसवालले गुराँस लाईफ इन्स्योरेन्स कम्पनीमा ५० लाखको गुराँस वार्षिक नगद फिर्ता जिवन बिमा योजना बिमा गरेका थिए र उनको केही समय पहिले स्वर्गारोहण भएको हो । उक्त कार्यक्रममा क्षेत्रीय प्रमुख प्रमोद प्रासद साहले बिमा बचत सहित जिवनमा आई पर्ने यस्ता आप्रत्यासित घटनाले आश्रीत परिवारमा हुने आर्थिक क्षतिको बलियो आधार हुने हुदा उपस्थित सबैले आफ्नो लागि उचित हुने बिमा गर्नुपर्छ भन्ने कुरा राखेका थिए ।
महालक्ष्मी लाइफको बोनस दर सार्वजनिक, बीमितले ५१ रुपैयाँ पाउने
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको छ । इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७/७८ सम्मको जीवन बीमा कोषको बीमाङ्कीय मूल्याङ्कनका आधारमा नयाँ बोनस दर सार्वजनिक गरेको हो । कम्पनीको आर्थिक वर्ष २०७७/७८ को बीमा कोषको बीमाङ्कीय मुल्याङकन प्रतिवेदन बीमा प्राधिकरणबाट बैशाख १५ गते स्वीकृत भई बीमा लेखहरुमा नयाँ बोनसदर कायम हुने गरी सार्वजनिक गरेको हो । कम्पनीले जारी गरेको विभिन्न पोलिसीमा न्युनतम ४० रुपैयाँदेखि अधिकतम ५१ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । कम्पनीको महालक्ष्मी सावधिक जीवन बीमा योजनामा बीमा अवधिको आधारमा प्रतिहजार न्यूनतम ५० रुपैयाँ देखि अधिकतम ५२ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । यस्तै, कम्पनीले महालक्ष्मी सरल जीवन बीमा र महालक्ष्मी जीवन हेरचाह बीमा योजनामा न्युनतम ५० रुपैयाँदेखि अधिकतम ५१ रुपंयाँ बोनस दसर तोकेको छ । बीमा योजनाको अवधिमा बिमीले सो बोनस दर प्राप्त गर्न सक्नेछन् । यस्तै कम्पनीले महालक्ष्मी वार्षिक धन फिर्ता बीमा योजना, महालक्ष्मी धनधान्य बीमा योजनामा ४० रुपैयाँ र महालक्ष्मी सावधिक आजीवन बीमा योजनामा ५० रुपैयाँ बोनस दर निर्धारण गरेको छ । कम्पनीले घोषणा गरेको बोनसदर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालु बीमालेखमा समेत लागू हुनेछ । साथै कम्पनीको आगामी बीमाङ्कीय मूल्याङ्कन नभएसम्म सोही बोनसदर लागू हुने कम्पनीले जनाएको छ ।
घलेम्दी हाइड्रोको २०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित
काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडको नवौं वार्षिक साधारण सभाले १ः२ अनुपात अर्थात २०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीका अध्यक्ष किशोर सुवेदीको अध्यक्षतामा शनिबार सासा बैंक्वेट नयाँ बजारमा सम्पन्न भएको साधारणसभाले हकप्रद सेयर पारित गरेको हो । हकप्रदबाट जम्मा भएको पुँजी सांग्रिला उर्जा लिमिटेड।द्वारा प्रबद्र्धित संखुवासभामा रहेको ६३ मेगावाट क्षमताको छुजुङ्ग खोला जलविद्युत आयेजनामा ५१ प्रतिशत भन्दा बढी सेयर कायम हुनेगरी लगानी गर्नेछ । भव्य र सभ्यरुपले सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नुको साथै लेखापरीक्षण कार्यको लागि लेखापरीक्ष्क नियुक्त समेत गरेको छ । त्यसै गरी सभाले हकप्रद सेयर जारी गर्ने कार्य गर्दा विद्युत नियमन आयोग, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, रजिष्ट्रार कार्यालय लायत नियमनकारी निकायमा आवश्यक कार्य गर्न कम्पनी संचालक समितिलाई अख्तियारी प्रदान गर्नुको साथै कम्पनीको पुँजी वृद्धि गर्ने प्रस्ताव पनि पारित गरेको छ । कम्पनीका अध्यक्ष सुवेदीको कम्पनीको वर्तमान अवस्थाको बारेमा सेयरधनीहरुलाई प्रष्ट पारेका थिए भने संचालक नारायण बाबु अधिकारीले कम्पनीको वित्तिय अवस्थाको जानकारी दिएका थिए । कम्पनी सचिव अनिल पौडेलले संचालन गरेको साधारण सभामा सेयरधनीको उल्लेखनीय उपस्थिति रहेको थियो ।