वैशाख २७ गतेबाट एकीकृत कारोबार गर्दै आइजीआई प्रुडेन्सियल
काठमाडौं । आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सले वैशाख २७ गते बुधबारबाट एकीकृत कारोबार गर्ने भएको छ । कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो । मर्जरपछि बन्ने नयाँ कम्पनीको अध्यक्ष हेमराज ढकाल र सीईओ युगेश भक्त बादे श्रेष्ठ बन्ने छन् ।ढकाल र श्रेष्ठ दुवै आइएमई जनरल इन्स्योरेन्सका हुन् । त्यस्तै, श्रवण रावल वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) हुनेछन् । रावल प्रुडेन्सियल इन्स्योरेन्सका सीईओ हुन् । मर्जपश्चात आईजीआई प्रुडेन्सियलको चुक्ता पुँजी ३ अर्ब २ करोड रुपैयाँ पुगेको छ । दुई कम्पनी बराबरी हैसियत अर्थात स्वाप रेसियो एक बराबर एकको अनुपातमा मर्ज हुने सहमति भएसँगै कम्पनीको पुँजी बढेर ३ अर्ब नाघेको हो । जुन निर्जीवन बीमा क्षेत्रमा सर्वाधिक पुँजी रहेको सिद्धार्थ प्रिमियरको तुलनामा बढी हो ।
शिवशिखर सहकारीको करिब तीन दर्जन कम्पनीमा लगानी, सम्पत्ति बेचेर बचत फिर्ता गरिँदै
काठमाडौं । शिबशिखर बहुउद्धेश्यिय सहकारीका सञ्चालक केदार शर्माले सहकारीका बचतकर्ताको बचत विभिन्न कम्पनीमा लगाएको भेटिएको छ । शिवशिखर सहकारीका पूर्व अध्यक्ष समेत रहेका शर्माले सहकारीको रकम करिब तीन दर्जन कम्पनीमा लगानी गरेको भेटिएको हो । सहकारी विभागले विभिन्न नियकाहरुको सहयोगमा अनुसन्धान गर्दा सहकारीको १० अर्ब बचतमध्ये १ अर्ब ९० करोड रुपैयाँ सहकारीका सदस्य र बाँकी ८ अर्ब बढी रकम सो सहकारीका सिस्टर कम्पनीहरुमा लगानी गरेको भेटिएको सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेले बताए । अब सहकारीका बचतकर्ताको रकम फिर्ता गर्नका लागि उनको ती सिस्टर कम्पनीहरुको सम्पत्ति बिक्री गरिने उनको भनाइ छ । ‘शर्माले सहकारीका बचतकर्ताको रकम शिखर अर्गनाइजेसनका कम्पनीहरुमा लगानी गरेको देखियो, यो सहकारीमा १० अर्ब बचत छ, सोमध्ये १ अर्ब ९० सदस्यमा ऋण लगानी र ८ अर्ब बढी रकम विभिन्न सिस्टर कम्पनीहरुमा लगानी गरेको देखियो, ती सबै कम्पनीहरुको सम्पत्ति र बैंक खाता रोक्का गर्न प्रक्रिया अगाडि बढाएका छौं,’ घिमिरेले भने । उनले बचतकर्तालाई ढुक्क हुन पनि आग्रह गरेका छन् । ‘यो सहकारीलाई विभिन्न समयमा सजग गराउन खोज्दा पनि सम्पर्कमा नआएकोलेसबै सम्पत्ति रोक्का गर्ने प्रक्रिया अगाडि बढाएका हौं,’ उनले भने,’ उनकी श्रीमति गिता शर्माले सम्पति बेचेर बिक्री गरेर बचतकर्ताको बचत फिर्ता गर्ने प्रतिवद्धता गर्नुभएको छ, आफ्नो श्रीमान (केदार शर्मा)लाई पनि १० दिनभित्र उपस्थित गराउने भन्नु भएको छ, घिमिरेले भने, ‘१० दिनभित्र पनि आउनु भएन भने हामी थप प्रक्रिया अगाडि बढाउँछौं ।’ शर्मा सहित अन्य सञ्चालकहरु अहिले फरार छन् । विभागले गत फागुनमा निर्णय गर्दै सो सहकारी संस्थाका सञ्चालक समितिसदस्यहरु, निवर्तमान अध्यक्ष केदारनाथ शर्मा, निजकी श्रीमती गीता शर्मा र व्यवस्थापक लिलानाथ गौतमका सम्बन्धमा सहकारी ऐन २०७४ को दफा १२९ बमोजिम अनुसन्धान अघि बढाउन केन्द्रीय अनुसन्धान ब्यूरालाई पत्र पठाएको थियो । रजिष्ट्रार घिमिरेका अनुसार केदारनाथ शर्माको श्रीमती गीता शर्मा विभागमा उपस्थित भई संस्थाको समस्या समाधानका लागि आफ्नो एकलौटी तथा संयुक्त नाममा दर्ता भएका कम्पनीहरु, सो कम्पनीमा लगानी भएको शेयर र उल्लेखित कम्पनीहरुको नाममा रहेको चल अचल सम्पत्तीहरु समेतबाट बचतकर्ताहरुको बचत तथा शेयर रकम तिर्ने बुझाउने प्रयोजनका लागि दिन मन्जुर छु भनी कागज गरेको र केदारनाथ शर्मालाई १० दिनभित्र विभागमा उपस्थित गराई बचतकर्ताहरुको बचत तथा शेयर रकम फिर्ता गराउने कार्यमा सहयोग गर्छु भनेर कागज गरेकोले बचकर्ताले बचत फिर्ता पाउनेमा विश्वास व्यक्त गरे । संस्थाका बचतकर्ताको बचत फिर्ता सम्बन्धमा केदारनाथ शर्मा लगायत संस्थाका संचालकहरु विभागमा सम्पर्क गर्न आएपछी केन्द्रीय अनुसन्धान ब्यूरो तथा अन्य सम्बन्धित निकायसँग आवश्यक समन्वय र थप छलफल गरी प्रभावकारी रुपमा बचत फिर्ता गराउने सम्बन्धमा थप कारवाही अगाडि बढाउने पनि उनले बताए । उनले यस प्रक्रियाबाट आफ्नो बचतको सुरक्षाप्रति चिन्तित सम्पूर्ण सदस्यहरुमा विचलित नभई समस्या समाधानका लागि सहयोग गर्न आग्र गरे । शर्मा विराट नगरमा रहेको तुलसी सहकारीका अध्यक्ष पनि हुन् । सो सहकारी पनि विभागको क्षेत्राधिकारभित्र पर्ने भएकोले सो सहकारीका बचतकर्ताले पनि बचत फिर्ता पाउनेछन् ।
नमस्ते पेको सीइओमा प्रवीणराज पोखरेल, २७ वर्षको अनुभव
काठमाडौं । नमस्ते पेको प्रमुख कार्यकारी अधिकृत(सीइओ) प्रवीणराज पोखरेलले नियुक्त भएका छन् । कम्पनीको वैशाख १५ गते सञ्चालक समितिले पोखरेललाई कम्पनीको नयाँ सीईओमा नियुक्त गरेको हो । पोखरेलले वैशाख १७ गतेदेखि आफ्नो कार्यभार सम्हालेका छन् । कम्पनीका पूर्व सीईओ कृष्णप्रसाद भण्डारीले विस्तृत अनुसन्धान, कडा छनोट र भर्ती प्रक्रियापछि, बोर्डले संगठनको नेतृत्व लिनको लागि उत्कृष्ट व्यक्ति भेट्टाउन पाउँदा खुसी भएको बताए । पोखरेल धेरै अग्रणी बैंकहरू, वित्तीय संस्था, भुक्तानी प्रणाली र फिनटेक कम्पनीहरुमा कम्पनीहरूमा २७ वर्षभन्दा बढीको उत्कृष्ट ट्र्याक रेकर्ड भएका व्यक्ति हुन् । यसअघि पोखरेल एफवान सफ्ट इन्टरनेशनल र एमएननेपालका प्रमुख कार्यकारी अधिकृतको रूपमा काम गरिसकेका छन् । उनीसँग बैंकिङ क्षेत्रमा काम गरेको लामो अनुभव रहेको छ । उनले ग्लोबल बैंक, नबिल बैंक, बैंक अफ काठमाडौं र हिमालयन बैंकमा वरिष्ठ व्यवस्थापन र मध्य व्यवस्थापन पदहरूमा काम गरेका छन् ।