काठमाडौं । नेपाल रेमिट इन्टरनेशनल र ग्रीन डेभलपमेन्ट बैंकबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ ।
उक्त्त सम्झौतापत्रमा नेपाल रेमिटका तर्फबाट उपमहाप्रबन्धक देवबहादुर थापा र ग्रीन डेभलपमेन्ट बैंकका तर्फबाट प्रमुख कार्याकारी अधिकृत हरी बहादुर बुढाथोकीले हस्ताक्षर गरे । सम्झौतासँगै अब विदेशबाट नेपाल रेमिट मार्फत पठाएको रेमिट्यान्स् ग्रीन डेभलपमेन्ट बैंकका १६ वटै शाखा कार्यालय मार्फत भुक्तानी प्राप्त गर्न सकिनेछ ।
यसका साथै, ग्रीन डेभलपमेन्ट बैंकका ग्राहकले सिधै आफ्नो बैंक खातामा समेत नेपाल रेमिट मार्फत पठाएको रकम प्राप्त गर्न सकिनेछ ।
नेपाल रेमिट इन्टरनेशनलले विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स् भित्र्याउँदै आएको छ । विशेष गरी डिजिटल रेमिट्यान्स्लाई प्राथमिकता दिदै आएको नेपाल रेमिटले नेपालमा रहेका थुप्रै बैँक तथा वित्तीय संस्थाबाट ग्राहकका खातामा रियल टाइममानै बैँक डिपोजिट हुने व्यवस्था मिलाएको छ । देशभर रहेका १५ हजार भन्दा बढि एजेन्ट नेटवर्क मार्फत सहजै रेमिट्यान्स् भुक्तानी लिन सकिने कम्पनीले जनाएको छ ।