निक्षेप सुरक्षित राख्न नेपालका बैंकहरु सक्षम छन् : गभर्नर

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ग्राहककाे निक्षेप सुरक्षित राख्न नेपालका बैंकहरु सक्षम भएकाे बताएका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन) ले काठमाडौंमा आयोजना गरेको ‘नेपाल व्यवसाय शिखर सम्मेलन, २०२३ मा उनले यस्तो बताएका हुन् । यद्यपि, कुनै बैंकले बचतकर्ताको लगानी सुरक्षा गर्न नसेके त्यसकाे लागि भने राष्ट्र बैंक सधै तयार रहेकाे उनले [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ग्राहककाे निक्षेप सुरक्षित राख्न नेपालका बैंकहरु सक्षम भएकाे बताएका छन् ।

बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन) ले काठमाडौंमा आयोजना गरेको ‘नेपाल व्यवसाय शिखर सम्मेलन, २०२३ मा उनले यस्तो बताएका हुन् ।

यद्यपि, कुनै बैंकले बचतकर्ताको लगानी सुरक्षा गर्न नसेके त्यसकाे लागि भने राष्ट्र बैंक सधै तयार रहेकाे उनले बताए । ‘निक्षेपकर्ता र कर्जा लिने ग्राहक दुवैलाई जोगाउन राष्ट्र बैंक हरपल तयार छ,’ उनले भने ।

यस्तै, उनले नेपालको अर्थतन्त्र अन्य मुलुकको दाँजोमा धेरै सहज भएको बताएका छन् । ‘बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट लिने कर्जा (एसएलएफ) शून्य छ, अहिले बैंकिङ क्षेत्रमा तरलता धेरै सहज भैसकेको छ,’ उनले भने ।

 

 

Share News