यूनाइटेड इन्स्योरेन्स कम्पनीको विशेष साधारणसभा सम्पन्न, अजोडसँगको मर्जर प्रस्ताव पारित
काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेड (नेपाल) को विशेष साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले अजोड इन्स्योरेन्ससँगको मर्जर सम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ । साधारणसभाले यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड र अजोड इन्स्योरेन्स लिमिटेड एक आपसमा गाभिए पश्चात बन्ने निर्जीवन व्यवसाय गर्ने कम्पनीको नाम ‘यूनाइटेड अजोड इन्स्योरेन्स’ कायम हुने सम्बन्धी प्रस्ताव पारित गरेको छ । साधारणसभाले अजोड इन्स्योेरेन्ससँग १००ः८२.५ कायम गर्ने, अन्तिम सम्झौतापत्र तथा आवश्यक काम कारबाही र लेखापरीक्षकमा एस. आर. पाण्डे एण्ड कम्पनीलाई चाटर्ड एकाउन्टेन्टको रुपमा नियुक्ति र निजलाई प्रदान गरिने पारिश्रमिक अनुमोदन गरेको छ । त्यस्तै, मर्जरको लागि आवश्यक कामको लागि सम्पूर्ण अधिकार सञ्चालक समितिलाई दिने निर्णय विशेष साधारणसभाले गरेको छ ।
मुक्तिनाथ विकास बैंकका ग्राहकलाई बानेश्वरको ‘दृश्य लाउन्ज’ मा छुट
काठमाडौं । मुक्तिनाथ विकास बैंकले बैंकका ग्राहकहरुलाई नयाँ बानेश्वरको ‘दृश्य लाउन्ज’ मा विशेष छुट दिने भएको छ । मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकलाई थप सेवा दिन नयाँ बानेश्वरको ‘दृश्य लाउन्ज’ सँग छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ । उक्त्त सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले नयाँ बानेश्वरको ‘दृश्य लाउन्ज’ मा फुड एण्ड बेभरेजमा विशेष १५ प्रतिशत छुट प्राप्त गर्न सकिनेछ । साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटर्वकमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
स्मार्टच्वाइस टेक्नोलोजिज र मुक्तिनाथ विकास बैंकबीच सम्झौता
काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिज र मुक्तिनाथ विकास बैंक बिच सम्झौता भएको छ । स्मार्टच्वाईस टेक्नोलोजिज र मुक्तिनाथ विकास बैंक बिच यसिटि युपिआइ डेबिट कार्ड सेवा संचालनको लागि सम्झौता सम्पन्न भएको हाे । उक्त सम्झौता पत्रमा स्माटच्वाईस टेक्नोलोजिजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र मुक्तिनाथ विकास बैंकका तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ्गले हस्ताक्षर गरेका हुन् । कम्पनीका अनुसार विगत २० वर्षदेखि डिजिटल भुक्तानीमा गुणस्तरीय सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिज र राष्ट्रिय स्तरमा ग्राहक मैत्री वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ । मुक्तिनाथ विकास बैंक बिच भएको यो सम्झौताले नेपालको समग्र डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने जनाएकाे छ । हाल ५ बाणिज्य बैंक, ५ विकास बैंक, १२ फाइनान्स कम्पनि र १५० भन्दा बढी सहकारीहरूले यसिटि युपिआइ डेबिट कार्ड आफ्नो ग्राहकहरुलाई प्रदान गरिरहेका छन्। यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका ग्राहक महानुभावहरूले यसिटि युपिआइ डेबिट कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सेवा प्राप्त गर्न सक्ने छन् ।