निफ्रा बैंकले नाफामा छलाङ मारेपछि ईपीएस पनि बढ्यो, १०३ प्रतिशत बढायो निक्षेप
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ४२.७१ प्रतिशत बढेर १ अर्ब ४५ करोड ९२ लाख ६२ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म बैंकले १ अर्ब २ करोड २५ लाख २७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्षको असार मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ४४.७४ प्रतिशत बढेर २ अर्ब ७२ करोड ५३ लाख रुपैयाँ गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ८८ करोड २८ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा बैंकको कर्जा लगानी वृद्धि भएको र शहरी पुर्वाधार, औधोगिक पुर्वाधार र उर्जाका परियोजनाहरुमा छलफल र अध्ययन अघि बढाएको बैंकले जनाएको छ । गत असार मसान्तसम्म बैंकको सञ्चालन नाफा ४२.६८ प्रतिशत बढेर २ अर्ब ८ करोड ८२ लाख रुपैयाँ, खुद फि तथा कमिशन आम्दानी १३६.३७ प्रतिशत बढेर २ करोड २७ ालख रुपैयाँ, कुल सञ्चालन नाफा ४५.२१ प्रतिशत बढेर २ अर्ब ७४ करोड ८० लाख रुपैयाँ र वितरण योग्य नाफा १ अर्ब ५ करोड ४९ लाख रुपैयाँ रहेको बैंकले जनाएको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी २१ अर्ब ६० करोड रुपैयाँ, जगेडा कोष ३१.७२ प्रतिशत बढेर २ अर्ब २८ करोड ३२ लाख रुपैयाँ, निक्षेप रकम १०३.५७ प्रतिशत बढेर ८९ करोड १६ लाख ७० हजार रुपैयाँ र कर्जा २९.६१ प्रतिशत बढेर २० अर्ब १४ करोड १ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको नाफा बढेसँगै प्रतिसेयर आम्दानी २.०२ रुपैयाँले बढेको छ । अघिल्लो वर्ष ४.७३ रुपैयाँ रहेकोमा बढेर ईपीएस ६.७६ रुपैयाँ पुगेको हो । बैंकको मूल्य आम्दानी अनुपात ३३.१६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ ११० रुपैयाँ ५७ पैसा रहेको छ ।
क्यापिटल म्याक्स सेक्यूरिटिज लिमिटेडको कारोवार उद्घाटन
काठमाडौं । क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेडको कारोबार उद्घाटन भएको छ । साउन ५ गते क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेड (स्टक ब्रोकर नंं. ६२) को धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालको प्रमुख आतिथ्यमा उदघाटन समारोह सम्पन्न भएको हो । कार्यक्रममा उपस्थित करिव ५०० जना लगानीकर्ताहरुलाई लगानीकर्ताका अगुवा नेपाल इन्भेस्टर्स फोरमका पूर्व अध्यक्ष छोटेलाल रौनियार, नेपाल स्टक एक्सचेन्जका निवर्तमान कार्यकारी निर्देशक, चन्द्र सिंह साउँद, सि.डि.एस. एण्ड क्लीयरिङ लिमिटेडका प्रमुख कार्यकारी निर्देशक पूर्ण प्रसाद आचार्य, नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमाल र क्यापिटल म्याक्स सेक्यूरिटिजका कार्यकारी अध्यक्ष अतितलाल श्रेष्ठले सम्बोधन गरेका थिए । कार्यक्रममा लगानीकर्ताका अगुवा छोटेलाल रौनियारले क्यापिटल म्याक्स सेक्यूरिटिज परिवारलाई बधाई ज्ञापन गर्दै लामो समयदेखि लगानीकर्ताले राख्दै आएको बैंकलाई ब्रोकर लाईसेन्स दिने माग पूरा गर्नका लागि बोर्डका अध्यक्ष रमेश कुमार हमाललाई सफल भएको हुदाँ लाखौ लगानीकर्ताको माग पुरा भएको भन्दै उनलाई धन्यवाद ज्ञापन गरेका थिए । साथै उनले आगामी दिनमा ब्रोकर कमिसनपनि घटाउनुपर्ने धारण राखेका थिए । त्यसैगरी नेप्सेका निवर्तमान कार्यकारी अध्यक्षचन्द्र सिंह साउदले आप्mनो कार्यकालमा नेप्से ३० ल्याउनको लागि कार्यविधि बनाएको बताउँदै पुँजीबजारको विकास तथा विस्तारको लागि ब्रोकर लाईसन्स बितरणले ठूलो सहयोग पुग्ने एवं बजारलाई अझ चलाएमान बनाउँनको लागि अर्को स्टक एक्सचेन्ज अपरिहार्य रहेको कुरा बताएका थिए । त्यसैगरी सि.डि.एस. एण्ड क्लीयरिङ लिमिटेडका प्रमूख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले बधाई दिँदै आफुहरुले सिमित स्रोतका बाबजुत लगानीकर्तालाई गुणस्तरीय सेवा दिईरहेको एवं सम्बन्धित नियमन निकायहरुसँग सहकार्य गरी आप्mनो सेवा तथा सुविधालाई थप प्रभावकारी बनाउँन अगाडी बढेको जानकारी गराए । साथै लामो समयदेखि लगानीकर्ताहरुले कारोवारका क्रममा भोग्दै आएको समस्या तथा गुनासोका बारेमा समेत अब बजारमा आउन लागेका नयाँ ब्रोकरहरुले राम्रो सेवा सुविधा दिन सुझाव दिए । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले ४३ वटा एल.ओ.आई. आईसकेका ब्रोकरहरुमध्ये हिजोसम्म २९ वटा कम्पनीले लाईसेन्स पाइसकेको र बाँकी रहेको १४ वटा कम्पनीले पूर्वाधार तयार गरेको जानकारी आएपछि त्यसको अनुगमन गरी लाईसेन्स दिने जानकारी गराए । लामो समयदेखि नयाँ ब्रोकरलाई थप गरी सिन्डीकेटलाई खारेज गर्न सफल भएको बोर्डका अध्यक्षले अझै पुँजीबजार रिफर्मको लागि धेरै काम गर्न बाँकी रहेको बताए । त्यसैगरी आउँदै गरेको मौद्रिक नीतिमा राष्ट्र बैंकबाट पुँजीबजारको हितमा नीतिहरु सुधार हुने विश्वास व्यक्त गरे ।
एफएनसीसीआई अध्यक्ष ढकाल र अन्तर्राष्ट्रिय मुद्रा कोष मिसनबीच भेटवार्ता
काठमाडौं । नेपालबारे अध्ययन गर्न आएको अन्तर्राष्टिय मुद्रा कोषको मिसन टोलीसँग नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले भेटवार्ता गरेका छन् । शुक्रबार महासंघ सचिवालयमा उनीहरुबीच औपचारिक भेटवार्ता भएको हो । भेटवार्तामा महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकालले विद्यमान आर्थिक मन्दीको अवस्थाबाट अर्थतन्त्रको सुधारका लागि कोषले सहयोग गर्नुपर्ने बताएको महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ । बजारमा माग सिर्जना गर्न आगामी मौद्रिक नीतिले ब्याजदर घटाउने, चालु पूँजी कर्जा मार्गदर्शनको परिमार्जन एवं कर्जाको पुर्नसंरचना, पुर्नतालिकीकरण पुर्नकर्जा सुविधा दिनुपर्नेमा महासंघले राष्ट बैंकसंग आग्रह गरिरहेको जानकारी ढकालले मुद्रा कोषको मिसन टोलीलाई गराएका थिए । बजारमा उद्यमी व्यवसायीहरुको आत्मविश्वास बढाउनु अहिले सबैभन्दा महत्वपूर्ण बिषय रहेको ढकालको भनाई थियो । भेटमा मिसन टोली प्रमुख टिएडन किन्डाले अहिलेको अवस्थामा निजी क्षेत्रको धारणा बुभ्mनु आवश्यक भएकोले आपूm महासंघ आएको बताएका थिए । उनले बजारमा माग घटनुको कारण र पछिल्लो बजेटको प्रभावबारे जिज्ञासा राखेका थिए । महासंघ अध्यक्ष ढकालले नेपाली अर्थतन्त्र पनि श्रीलंकाको जस्तै हुनसक्ने आशंकामा माग संकुचन गर्न ल्याइएका कार्यक्रमले बजारमा समस्या भएको बताए । महासंघका बरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले अधिकांश उद्योग न्युन क्षमतामा संचालित रहेकाले बजार चालायमान बनाउन आवश्यक रहेको बताएका थिए । महासंघका लगानी तथा अन्तर्राष्ट्रिय मामिला फोरमका सभापति मनोज पौडेलले लगानी विस्तारका बारेमा नीतिगत सुधार आवश्यक रहेको बताएका थिए । मिसन टोली प्रमुख किन्डाले आर्थिक स्थायित्वका लागि सहकार्य गर्ने बताएको महासंघले जनाएको छ ।