सिटिजन्स बैंकका ग्राहकलाई द मोक्क्ष मुस्ताङ थकाली रेस्टुरेन्ट एण्ड बारमा छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र ज्ञानेश्वर, काठमाडौं स्थित द मोक्क्ष मुस्ताङ थकाली रेस्टुरेन्ट एण्ड बार बीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले द मोक्क्ष मुस्ताङ थकाली रेस्टुरेन्ट एण्ड बारमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४७ वटा ए.टि.एम. ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रभु क्यापिटलको लोयल्टी र रिफरल टिकटक कम्पिटिसन, विजेताले १० हजार पाउने

काठमाडौं । प्रभु क्यापिटलले आफ्नो सेवाग्राहीका लागि सेवासंगै लोयल्टी पोइन्ट्स अफरका साथै रिफरल स्किम सार्वजनिक गरेको छ । यसै परिप्रेक्ष्यमा प्रभु क्यापिटल लिमिटेडले ‘प्रभु क्यापिटल लोयल्टी एण्ड रिफरल टिकटक कम्पिटिसन’ संचालनमा ल्याएको छ । यस योजना साउन मसान्तसम्म संचालन हुने जनाएको छ । यस टिकटक कम्पिटिसन अन्तर्गत सहभागीहरुले प्रभु क्यापिटलको टिकटक अकाउण्टमा राखिएको जिंगलको ओरिजिनल साउण्डमा टिकटक बनाई ह्यसट्याग #prabhuloyaltyandreferal  राखी पोष्ट गर्नुपर्ने हुन्छ । सबै भन्दा धेरै लाइक्सको आधारमा विजेता छनौट गरिने र विजेताले १० हजार रूपैयाँ जित्न सकिने क्यापिटलले जनाएको छ । प्रभु क्यापिटलले नेपाली पूँजीबजारको क्षेत्रमा सदैव नयाँ नयाँ प्रविधिको विकास गरी नवप्रवर्तनमा जोड दिनेगरेको तथा ग्राहकहरुलाई दिने सेवामा सहजीकरण गर्दै आएको छ । लोयल्टी पोइन्ट्स अफर तथा रिफरल स्किम बारे थप जानकारीको लागि प्रभु क्यापिटल लिमिटेडको फोन नम्बर ९८४००७६१०० मा समेत सम्पर्क गरी जानकारी पाउन सकिने जनाएको छ ।

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका ग्राहकलाई माया मेट्रो हस्पीटलमा छुट

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका ग्राहकलाई माया मेट्रो हस्पीटलमा छुट हुने भएको छ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र माया मेट्रो हस्पीटल, धनगढी बिच सेवा प्रदान गर्ने सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका सुदूरपश्चिम प्रदेश प्रमुख संजिव जोशी र माया मेट्रो हस्पीटलका अध्यक्ष धिरेन्द्र सावदले हस्ताक्षर गरे । यस सम्झौता पश्चात आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका कर्मचारी, शेयरधनी तथा ग्राहकलाई माया मेट्रो हस्पीटल धनगढीमा प्राप्त हुने सेवाहरु जस्तैः एक्सरे, युयसजी, इको लगायतका सेवाहरुमा १० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त हुने हुनाले आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका सम्पूर्ण कर्मचारी, लगानीकर्ता तथा ग्राहकले आवश्यकता अनुसारका सेवा प्राप्त गर्न सक्ने संस्थाले जनाएको छ । साथै, सोही अवसरमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका सुदूरपश्चिम प्रदेश प्रमुख संजिव जोशीले माया मेट्रो हस्पीटलसँग आवद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहकलाई आवश्यक पर्ने निर्जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सबाट सहज रुपमा प्राप्त गर्न सक्ने जानकारी गराए ।