निफ्रा बैंकले नाफामा छलाङ मारेपछि ईपीएस पनि बढ्यो, १०३ प्रतिशत बढायो निक्षेप

<p>काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ४२.७१ प्रतिशत बढेर १ अर्ब ४५ करोड ९२ लाख ६२ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म बैंकले १ अर्ब २ करोड २५ लाख २७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्षको असार मसान्तसम्म बैंकको [&hellip;]</p>

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ४२.७१ प्रतिशत बढेर १ अर्ब ४५ करोड ९२ लाख ६२ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म बैंकले १ अर्ब २ करोड २५ लाख २७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

गत वर्षको असार मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ४४.७४ प्रतिशत बढेर २ अर्ब ७२ करोड ५३ लाख रुपैयाँ गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ८८ करोड २८ लाख रुपैयाँ थियो ।

समीक्षा अवधिमा बैंकको कर्जा लगानी वृद्धि भएको र शहरी पुर्वाधार, औधोगिक पुर्वाधार र उर्जाका परियोजनाहरुमा छलफल र अध्ययन अघि बढाएको बैंकले जनाएको छ ।

गत असार मसान्तसम्म बैंकको सञ्चालन नाफा ४२.६८ प्रतिशत बढेर २ अर्ब ८ करोड ८२ लाख रुपैयाँ, खुद फि तथा कमिशन आम्दानी १३६.३७ प्रतिशत बढेर २ करोड २७ ालख रुपैयाँ, कुल सञ्चालन नाफा ४५.२१ प्रतिशत बढेर २ अर्ब ७४ करोड ८० लाख रुपैयाँ र वितरण योग्य नाफा १ अर्ब ५ करोड ४९ लाख रुपैयाँ रहेको बैंकले जनाएको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी २१ अर्ब ६० करोड रुपैयाँ, जगेडा कोष ३१.७२ प्रतिशत बढेर २ अर्ब २८ करोड ३२ लाख रुपैयाँ, निक्षेप रकम १०३.५७ प्रतिशत बढेर ८९ करोड १६ लाख ७० हजार रुपैयाँ र कर्जा २९.६१ प्रतिशत बढेर २० अर्ब १४ करोड १ लाख रुपैयाँ लगानी गरेको छ ।

बैंकको नाफा बढेसँगै प्रतिसेयर आम्दानी २.०२ रुपैयाँले बढेको छ । अघिल्लो वर्ष ४.७३ रुपैयाँ रहेकोमा बढेर ईपीएस ६.७६ रुपैयाँ पुगेको हो । बैंकको मूल्य आम्दानी अनुपात ३३.१६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ ११० रुपैयाँ ५७ पैसा रहेको छ ।

Share News