मौद्रिक नीति ३ बजे सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ । केन्द्रीय बैंकले आईतबार दिउँसो ३ बजे मौद्रिक नीति सार्वजनिक गर्ने सहप्रवक्ता नारायण प्रसाद पोखरेलले जानकारी दिए । मौद्रिक नीति पारित गर्न केन्द्रिय बैंक बालुवाटारमा आइतबार बिहान सञ्चालक समितिको बैठक बसिरहेको छ । बोर्ड बैठकले स्वीकृति दिएपछि आज [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ । केन्द्रीय बैंकले आईतबार दिउँसो ३ बजे मौद्रिक नीति सार्वजनिक गर्ने सहप्रवक्ता नारायण प्रसाद पोखरेलले जानकारी दिए ।

मौद्रिक नीति पारित गर्न केन्द्रिय बैंक बालुवाटारमा आइतबार बिहान सञ्चालक समितिको बैठक बसिरहेको छ । बोर्ड बैठकले स्वीकृति दिएपछि आज ३ बजे गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्ने उनले बताए ।

Share News