आइएमई लाइफ चौंथो इमर्जिङ एशिया इन्स्योरेन्स अवार्ड २०२३ बाट सम्मानित

काठमाडौं । आइएमई लाइफ चौंथो इमर्जिङ एशिया इन्स्योरेन्स अवार्ड २०२३ बाट सम्मानित भएकाे छ । आईएमई लाइफ इन्स्योरेन्स, इन्डियन चेम्बर अफ कमर्स द्वारा मुम्बईमा आयोजित प्रतिष्ठित चौथो इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड २०२३ मा ‘बेस्ट लाइफ इन्स्योरेन्स अवार्ड–नेपाल’ को को रुपमा बिहीबार सम्मानित भएको छ । विश्व विख्यात चार्टर्ड एकाउन्टेन्सी तथा कन्सल्टेन्सी संस्था पिडब्लुसी, इन्डीयन इन्सीट्युट अफ इन्सोरेन्स लगायत थुप्रै संस्थाहरुद्वारा स्वतन्त्र रुपमा मूल्यांकन गरि विभिन्न वित्तीय सुचाड्ढहरुमा उत्कृष्ट कार्यसम्पादनको आधारमा उक्त अवार्ड प्रदान गरिएको हो । भारतको मुम्बईमा आयोजित भव्य समारोहका बीच आईएमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयालले उक्त अवार्ड ग्रहण गरेका हुन् । उक्त इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड समारोहमा अन्य थुप्रै बीमा कम्पनीहरुको सहभागिता रहेको थियो ।

उन्नति सहकार्य लघुवित्तको एफपीओ बाँडफाँट, एक जनाले पाए ११ कित्ता

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको एफपीओ बाँडफाँट सम्पन्न भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले आज एफपीओ बाँडफाँड गरेको हो । निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटलका अनुसार लघुवित्तको एफपीओ शुक्रबार बाँडफाँट गरिएको हो । लघुवित्तले कात्तिक २१ गतेदेखि कात्तिक २४ गतेसम्म एफपीओ बिक्री खुला गरेको थियो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ निष्काशन गरेको थियो । साविकको उन्नति लघुवित्त र सहकार्य लघुवित्त गाभिएपश्चात् उन्नति सहकार्य लघुवित्तको पूँजी संरचना संस्थापक समूहको ७५.४५ प्रतिशत र सर्वसाधारणको २४.५५ प्रतिशत रहेको थियो । सोही पूँजी संरचना कायम गर्न लघुवित्तले १ करोड ७८ लाख ४५ हजार ११८ रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य दरका १ लाख ७८ हजार ४५१।१८ कित्ता सेयर बिक्री खुला गरेको थियो । लघुवित्तको एफपीओमा १० लाख ७२ हजार ७६८ जनाले आवेदन दिएका थिए । जसमध्ये ३२५ जनाको आवेदन विभिन्न कारणले रद्द भएको छ । योग्य १० लाख ७२ हजार ४४३ जनलाई गोलाप्रथा विधिमार्फत् बाँडफाँट गर्दा १७ हजार ८४५ जनाले लघुवित्तको सेयर प्राप्त गरेका छन् । साथै, १ जना लगानीकर्ताले भने ११ कित्ता, १ जनाले १०.१८ कित्ता सेयर र बाँकीले १० कित्ता सेयर प्राप्त गरेका हुन् ।

सिटिजन लाइफले जित्यो बेष्ट स्ट्राटिजी फर इन्स्योरेन्स स्प्रिडिङ अवार्ड

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले ‘बीमा बिस्तारका लागि उत्कृष्ट रणनीति’ अवार्ड जितेको छ । इण्डियन चेम्बर अफ कमर्सद्वारा आयोजित इमर्जिङ एशिया इन्स्योरेन्स अवार्डको चौंथो संस्करणमा सिटिजन लाइफले बेष्ट स्ट्राटिजी फर इन्स्योरेन्स स्प्रिडिङ अवार्ड जितेको हो । नेतृत्वदायी भूमिका निर्वाह गर्दै बीमको क्षेत्रमा विशेष योगदान पुर्याएका एसिया महादेश भित्रका इन्स्योरेन्स कम्पनीहरुमध्येबाट उत्कृष्टलाई इण्डियन चेम्बर अफ कमर्सले विगत ४ वर्षदेखी उक्त अवार्ड प्रदान गर्दै आएको छ । मुम्बई, महाराष्ट्रमा आयोजित एक भव्य समारोहकाबीच सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेललाई उक्त अवार्ड प्रदान गरिएको हो । जीवन बीमा कम्पनी भरिमा बीमा सम्बन्धी सेवा विस्तार र बीमा सचेतना पुर्याउने कार्यमा सबै भन्दा उत्कृष्ट रणनीति अपनाएको कम्पनीको रुपमा सिटिजन लाइफलाई यो पुरस्कार प्रदान गरिएको हो । वि.सं. २०७४ भदौ ७ गतेदेखि नेपाल बीमा प्राधिकरणबाट संचालनको अनुमती पाई वि.सं. २०७४ कार्तिक २ गतेदेखि सञ्चालनमा आएको सिटिजन लाइफ नेपालको फैलदो बीमा क्षेत्रकै उत्कृष्ट बीमा कम्पनी हो । हाल देशभरका १४१ शाखा, उपशाखाहरु र लगभग ६१ हजारभन्दा बढी अभिकर्ताहरुबाट सेवाग्राहीहरुलाई आर्थिक सुरक्षा, लगानी तथा बचतको अवसर दिँदै गुणस्तरीय सेवा प्रवाहमा सिटिजन लाइफ सधैँ तयार रहेको कम्पनीले जनाएको छ ।