आजसम्म यी २ कम्पनीको सेयर खरिद गर्यो भने लाभांश पाइने

काठमाडौं । बुधबार विभिन्न २ संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंक र आरएसडिसी लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज मंसिर ६ गते अन्तिम दिन हो । यी २ संस्थाले साधारणसभा तथा लाभांश प्रयोजनार्थ मंसिर ७ गते बुकक्लोज गर्ने निर्णय गरेका छन् । त्यसैले आजसम्म नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०मा आजसम्म सेयर खरिद गर्नेले यी २ संस्थाको लाभांश प्राप्त गर्नेछन् । स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजीको कर प्रयोजन सहित १९ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव गरेको छ । लाभांश पारित गर्न बैंकले ३७औं वार्षिक साधारणसभा मंसिर २४ गते आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौंमा दिउसो ३ बजे बोलाएको छ । यस्तै, आरएसडिसी लघुवित्तले आर्थिक वर्ष २०७९/८०को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूजीको ८।६० प्रतिशत बोनस सेयर र ०।४५ प्रतिशत नगद गरी कूल ९।०५ प्रतिशत लाभांश वितरण प्रस्ताव गरेको छ । लघुवित्तले मंसिर १५ गते १०औं वार्षिक साधारणसभा डोकेको छ ।

‘४५ ठाउँमा जग्गा र १८ वटा घर छन्, बेचेर बचत फिर्ता गर्छु’

काठमाडौं । सहकारीको बचत रकम हिनामिना गरेर फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका नगरप्रमुख तथा इमेज बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपाली सम्पर्कमा आएका छन् । सहकारीका बचतकर्ताको डेढ अर्ब रुपैयाँ बढी रकम लिई फरार रहेका उनी एउटा भीडीयो सन्देश दिँदै सम्पर्कमा आएका हुन् । उनले आफू घरमा बस्ने वातावरण नभएपछि घर छोड्न बाध्य भएको बताएका छन् । उनल अब आफ्नो सम्पत्ति बिक्री गरेर बचतकर्ताको पैसा फिर्ता गर्ने पनि भीडीयो सन्देशमार्फत जानकारी गराएका छन् । यस्तो छ उनको धारणा : इमेज बचत तथा ऋण सहकारी संस्थाको विषयमा केही सम्बोधन गर्न चाहन्छु । सम्पूर्ण बचतकर्ता साथीहरूलाई मैले सहकारीको समस्या परेपछि सबै सेयर सदस्य तथा सबै बचतकर्ता साथीहरूको विशेष भेला राखी बचतकर्ताको बचत फिर्ता गर्न ६ महिनाको समय अवधि राखिएको थियो । तर, केही साथीहरू मेरो घरमा हतियारसहित आएर म लगायत मेरो श्रीमती र मेरो छोरीको ज्यान मार्ने धम्कीसमेत दिने र ६ लाख बचत भएको व्यक्तिहरूले ५ करोडको घर जग्गा मेरो नाममा पास गरिदिन भनेर दबाब दिएको कारण म केही समय घर बाहिर बस्न बाध्य भएँ । मैले सबै बचतकर्तालाई अनुरोध गर्दछु कि इमेज सहकारीको समस्या मात्र नभई यो समस्या नेपालकै सबै सहकारीको समस्या हो । किनकी मैले संस्थापक अध्यक्षको हैसियतले वक्तव्य निकालेको पनि सबैलाई जानकारी नै छ । बचतकर्ता साथीहरूलाई रकम फिर्ता गर्न ढिलाइ भएकोमा सबै बचतकर्ता शुभचिन्तकहरूमा संस्थाको तर्फबाट क्षमा माग्दछु । म त्यहाँ नभएको कारणले धेरै टिकाटिप्पणी आएका छन्, मैले बुझेको छु । हामीहरू इमेज सहकारीको समस्या व्यवहारिक तरिकाले समाधान गर्नेतिर जानुपर्छ र जान खोजेका पनि छौं । कतिपय १६ अर्बको सहकारी पनि समस्यामा परेका छन् । मैले भन्नुभन्दा सबैलाई थाहा भएको कुरा हो । हामी घरजग्गा, सम्पत्ति नभएको मान्छे होइनौं । हामीले चल–अचल सम्पत्ति नुनदेखि सुनसम्म त्यहाँ नै राखिछोडेका छौं । हामी केही पनि लिएर हिँडेका छैनौं । यस विषयमा सबै शुभचिन्तकलाई जानकारी गराउँछौं । सहकारी राम्रो बनाउने र बिगार्नेमा कर्मचारीको पनि हात हुन्छ । म विगत ७ वर्षदेखि ढोरपाटन नगरपालिका प्रमुखको जिम्मेवार भएर बुर्तिबाङमा बस्ने भएकाले सहकारीमा समय दिन नसकेको कारण र मैले समस्या भएको हो यसबारेमा सबैलाई जानकारी छ । एकैचोटी बचत फिर्ता लिन जाने हो भने बैंकहरूमा पनि समस्या हुन्छ, यो पनि सबैले बुझेकै हो । मलाई असफल पार्नको निम्ति अलिकति राजनीतिक विषय पनि जोडिएको छ । यस विषयमा अहिले म बोल्न चाहन्नँ । इमेज सहकारीको समस्या समाधान गर्नको लागि संघर्ष समितिमा रहनुभएका साथीहरूलाई मैले ह्रृदयदेखि धन्यवाद दिन चाहन्छु । तपाईंहरू पनि सहकारीको समस्या समाधानको लागि धेरै दुःख पाउनुभएको छ, मैले राम्ररी बुझेको छु । बचतकर्ता साथीहरूले खातामा १० हजार हुनेहरूले १० लाखको निवेदन पनि गरेका छन् । कतिपय ५० लाख फिक्समा भएकाले ९० प्रतिशत कर्जा फिर्ता लगेका छन् । तर, ५० लाखकै दाबी निवेदन गरेका छन् । यसैकारण इमेजमा २ अर्ब निक्षेप भएको हल्ला भएको छ, यो सत्य छैन । त्यसमा समितिका साथीहरूले बुझ्न जरूरी छ । कतिपय इमेजबाट ऋण लगेका साथीहरूले ऋण लगेको छैन भनि अटेर गरेको अवस्था पनि छ । संस्थाका कतिपय कर्मचारीले मोनोपोली तरिकाले कर्जा लगानी गरी हामीमाथि दोष लगाइएको अवस्था पनि छ । म के भन्न चाहन्छु भने संस्थाका सेयर सदस्य, बचतकर्ता साथीहरूलाई मैले सहकारीको समस्याको समाधान तथा हिसाब मिलानको लागि मेरो सम्पत्ति बेचेर भएपनि ६ महिनाको समयमा हिसाब मिलान समय मागेको थिएँ । यो विषयमा सबैलाई अवगत छ । तर, ६ महिनामा हिसाब मिलान हुन सकेन । किनकी हिसाब मिलान हुन नसकेको विषयमा जानकारी गराउन चाहन्छु की केही साथीहरू ६ महिनासम्म बचत फिर्ता लिन पर्खन सक्नुभएन र घरमा आई डर धम्की समेत गर्नुभयो । त्यसकारण घरमा बस्ने वातावरण भएन । अर्को कुरा, केही साथीहरूको अगुवाइमा मुद्दा दर्ता गर्ने काम पनि भयो । त्यसकारण म बाहिर निस्केर काम गर्ने अवस्था भएन । त्यसैले ६ महिनाभित्र हाम्रो सम्पत्ति, घरजग्गाहरू बिक्री वितरण गर्ने वातावरण नभएको सबैलाई जानकारी गराउन चाहन्छु । मेरो र मेरो श्रीमतिको नाममा भएको बुर्तिबाङ बाग्लुङ, पोखरा र काठमाडौंमा रहेका ४५ कित्ता जग्गा मध्ये बुर्तिबाङमा ७ वटा घर, बाग्लुङमा २ वटा घर, पोखरामा ३ वटा घर र काठमाडौंमा ६ वटा घर गरी जम्मा १८ वटा घर छन् । ४५ कित्तामा भएको जग्गामध्ये घरहरुको फोटा समेत सार्वजनिक गरेको छु । तर, यी सम्पत्तिहरु इमेजको पैसाले जोडेको भन्ने नसोच्नु होला, हामी आफैंले कमाएको सम्पत्ति हो । तर, यो सम्पत्ति करिब ३ अर्ब भन्दा बढीको सम्पत्ति हो भन्ने कुरा सबैलाई जानकारी गराउन चाहन्छु । तर, सहकारीको समस्या बचतकर्ताहरूको समस्या समाधानको लागि सम्पूर्ण बचतकर्ताहरुको नाममा मेरो र मेरो श्रीमतिको नाममा भएको घरजग्गा विभिन्न मालपोत कार्यालयमा गई हस्तान्तरण गर्न चाहन्छु । हस्तान्तरण गर्नको लागि वातावरण मिलाइदिन कानूनी निकाय, राजनीतिक दल, नागरिक समाज, पत्रकार र विभिन्न सरोकारवालाज्यूहरूलाई अनुरोध गर्दछु । अन्त्यमा, ढोरपाटनका आमाबुवा दाजुभाई दिदीबहिनीहरूलाई तपाईंहरूको अमूल्य भोटको कदर गर्दै सेवाको लागि छिट्टै तपाईंको बीचमा आउनेछु, धन्यवाद ।

सिद्धार्थ बैंकको वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । सिद्धार्थ बैंकको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको बाइसौं वार्षिक साधारण सभा मंगलबार काठमाडौं, बालुवाटार स्थित आम्रपाली बैंङक्वेटमा बैंक संचालक समितिका अध्यक्ष मनोज कुमार केडियाको अध्यक्षतामा सम्पन्न भएको छ । साधारण सभाले बैंकको चुक्ता पूँजी चौध अर्ब आठ करोड उनानसय लाख असी हजार एक सय पचासी रुपैँयाको ४.२१ प्रतिशतका दरले हुने उनान्साठ्ठी करोड एकतीस लाख अठासी हजार एक सय छैसठ्ठी रुपैंया नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।