यी हुन् शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका ठूला सेयरधनी, कसको स्वामित्व कति ?
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकमा विभिन्न २५ व्यक्ति तथा कम्पनीको सबैभन्दा धेरै सेयर स्वामित्व रहेको छ । वार्षिक प्रतिवेदन अनुसार बैंकमा २५ व्यक्ति तथा कम्पनीको सबैभन्दा धेरै सेयर स्वामित्व रहेको तथ्याङ्क छ । बैंकमा सबैभन्दा ठूला सेयरधनी थानेश्वर पौडेलको २.२८ प्रतिशत अर्थात् ९ करोड ७७ लाख ७२ हजार ६२१ रुपैयाँ रहेको छ । यस्तै, धनेन्द्र कार्कीको १.०३ प्रतिशत अर्थात् ४ करोड ३९ लाख ८७ हजार ८८६ रुपैयाँ, राजेन्द्र प्रसाद श्रेष्ठको १.०२ प्रतिशत अर्थात् ४ करोड ३६ लाख ६३ हजार ८०१ रुपैयाँ सेयर स्वामित्व रहेको छ । यस्तै, बालकृष्ण भुषालको ०.९८ प्रतिशत अर्थात् ४ करोड १७ लाख ८५ हजार ७३६ रुपैयाँ, कृष्णप्रसाद शर्माको ०.९१ प्रतिशत अर्थात् ३ करोड ८८ लाख ९६ हजार ५७५ रुपैयाँ, दिलिपराज मास्केको ०.७९ प्रतिशत अर्थात् ३ करोड ४० लाख ३९ हजार ३७६ रुपैयाँ, भुवन भण्डारीको ०.७५ प्रतिशत अर्थात् ३ करोड २० लाख ८७ हजार ७४८ रुपैयाँ सेयर स्वामित्व रहेको छ । यस्तै, मृगेन्द्र प्रसाद श्रेष्ठको ०.६९ प्रतिशत अर्थात् २ करोड ९३ लाख ९० हजार ३०८ रुपैयाँ, कृष्ण प्रसाद भण्डारीको ०.६७ प्रतिशत अर्थात् २ करोड ८६ हजार ५६ लाख ६६ रुपैयाँ, मिन कुमारी श्रेष्ठको ०.६० प्रतिशत अर्थात् २ करोड ५६ लाख ६१ हजार २१३ रुपैयाँ, सुरेन्द्रप्रसाद श्रेष्ठको ०.६० प्रतिशत अर्थात् २ करोड ५६ लाख २४ हजार ३२२ रुपैयाँ सेयर स्वामित्व रहेको छ । बैंकको तथ्याङ्क अनुसार इश्वरी प्रसाद पौड्यालको ०.६० प्रतिशत अर्थात् २ करोड ५६ लाख २४ हजार २६६ रुपैयाँ, जनक प्रधानको ०.६० प्रतिशत अर्थात् २ करोड ५५ लाख ४१ हजार ५४६ रुपैयाँ, दान बहादुर कुँवर क्षेत्रीको ०.५९ प्रतिशत अर्थात् २ करोड ५१ लाख ४० हजार १२५ कित्ता, महेश्वर प्रसाद श्रेष्ठको ०.५७ प्रतिशत अर्थात् २ करोड ५४ लाख ४० हजार ९९ कित्ता सेयर स्वामित्व रहेको छ । केदारमान कक्षपतिको ०.५७ प्रतिशत अर्थात् २ करोड ४४ लाख ४८ हजार ५६९ रुपैयाँ, मेघराज कक्षपतिको ०.५७ प्रतिशत अर्थात् २ करोड ४४ लाख ४८ हजार २०८ रुपैयाँ, विष्णु प्रसाद शर्माको ०.५७ प्रतिशत अर्थात् २ करोड ४४ लाख ३३ हजार १४३ रुपैयाँ, हरि प्रसाद प्रधानको ०.५५ प्रतिशत अर्थात् २ करोड ३६ लाख ६८ हजार ७६९ रुपैयाँ, सुरेश कुमार धरेवालको ०.५५ प्रतिशत अर्थात् २ करोड ३५ लाख ४७ हजार ८६१ रुपैयाँ सेयर स्वामित्व रहेको बैंकले जनाएको छ । सुश्मा क्षेत्रीको ०.५३ प्रतिशत अर्थात् २ करोड २८ लाख २१ हजार ६२६ रुपैयाँ, नारायण प्रसाद अग्रावलको ०.५३ प्रतिशत अर्थात् २ करोड २४ लाख ९६ हजार ४९६ रुपैयाँ, सुरज उप्रेतीको ०.५२ प्रतिशत अर्थात् २ करोड २२ लाख ३९ हजार ४७८ रुपैयाँ, टंकेश्वर खनालको ०.५१ प्रतिशत अर्थात् २ करोड १७ लाख ४७ हजार ५४२ रुपैयाँ र विरेन्द्र भुषालको ०.५० प्रतिशत अर्थात् २ करोड १६ लाख १५ हजार ८८ रुपैयाँ सेयर स्वामित्व रहेको बैंकले बताएको छ । बैंकको तथ्याङ्क अनुसार ४९ प्रतिशत अर्थात् १ अर्ब ८५ करोड २६ लाख ९४ हजार रुपैयाँ सेयर स्वामित्व सर्वसाधारण समूहको छ भने ५१ प्रतिशत अर्थात् १ अर्ब ९२ करोड ८३ लाख १४ हजार रुपैयाँ संस्थापकहरुको लगानी छ ।
गुराँस लघुवित्तले लाभांश वितरण नगर्ने
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट लाभांश नदिने भएको छ । गत मंसिर १६ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सो घोषणा गरेको हो । त्यस्तै, संस्थाले कम्पनीको नाफा नोक्सान, हिसाव र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने लगायतका वित्तीय विवरणहरु अनुमोदनको लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने छ । त्यसपछि साधारणभाले स्वीकृत गर्ने छ ।
कर नतिर्ने साढे दुई सय सहकारीलाई कारबाही गर्दै महानगर, को-को परे ?
काठमाडौं । काठमाडौं महानगरपालिकालाई कर नबुझाउने सहकारी संस्थाहरूको संख्या बढेको छ । महानगरभित्र सञ्चालित विभिन्न सहकारीहरूले लामो समयदेखि व्यवसायिक तथा बहाल कर नतिरेको भन्दै कारबाहीको प्रक्रिया अगाडि बढाएको हो । महानगरका अनुसार काठमाडौं महानगरभित्र सञ्चालित साढे दुई सय सहकारी संस्थाहरूले कर नतिरेको महानगरको भनाइ छ । काठमाडौं महानगरपालिका राजश्व विभागका निर्देशक ध्रुब कुमार काफ्लेले सहकारीलाई महानगरले कर बुझाउन पटक-पटक आग्रह गरे पनि हालसम्म कर नतिरेको उनको भनाइ छ । उनका अनुसार सहकारीबाट कर संकलन गर्न महानगरलाई सकस नै परेको छ । उनका अनुसार ती सहकारीहरूले महानगरलाई विगत दुई/तीन वर्षदेखिको कर भुक्तानी गर्न बाँकी छ । महानगरले कर बुझाउनका लागि पटक/पटक सूचना प्रकाशन गर्दै आए पनि कर बुझाउन अटेर गरेको काफ्लेको भनाइ छ । कर नबुझाउने सहकारीहरूलाई महानगरले कारबाहीको प्रक्रिया अगाडि बढाउनेछ । ‘महानगरको तर्फबाट गर्नुपर्ने सहजीकरण हामी गर्छौं, सहजीकरण गर्दागर्दै पनि उहाँहरूले कर बुझाउन अटेर गर्नुभयो भने व्यवसाय बन्द गर्न सक्ने अवस्थामा महानगर पुग्नेछ,’ उनले भने । आगामी पुस मसान्तभित्र कर बुझाउने सहकारीलाई महानगरले कर छुटको व्यवस्था पनि गरेको उनको भनाइ छ । ‘पुष मसान्तसम्म कर बुझाए भने सहकारीहरूलाई कर छुट हुन्छ, ती सहकारीले १० प्रतिशतसम्म छुट पाउँछन्, कर भुक्तानी भएन भने उनीहरूले जति वर्ष अघिदेखि कर बुझाएका छैनन्, सोही अवधिदेखिको जरिवाना लाग्छ, छुट पनि पाउँदैनन्,’ उनले भने । यसअघि महानगरपालिकाले बचतकर्ताको रकम हिनामिना गरेको भन्दै ७९ वटा सहकारीलाई कारबाहीको लागि प्रहरीसमक्ष पत्र पठाएको थियो । यस्तै, महानगरभित्र सञ्चालित सहकारीको विषयमा उजुरी पनि बढेको छ । महानगर क्षेत्रभित्र भएका सहकारीहरूमा सर्वसाधारणले बचत रकम जोखिममा परेको भन्दै उजुरी गर्न थालेका हुन् । यस्तै कर नतिर्ने तीन वटा लघुवित्तलाई पनि महानगरले कर तिर्न आग्रह गरेको छ । महानगरले आदर्श, मानुषी र राष्ट्रिय उत्थान लघुवित्तले पनि कर नतिरेकोले कर तिर्न आग्रह गरेको हो । महानगरले पुस मसान्तसम्म कर बुझाउँदा १० प्रतिशत छुट हुने व्यवस्था पनि गरेकाे छ । महानगरले वर्षमा ६ किस्तामा कर तिर्न सकिने व्यवस्था पनि गरेकाे छ । पुस १६ गते अपडेट कर ननिर्ते सहकारीको सूचिमा २५९ वटा सहकारीहरू रहेकोमा सूचि नम्बर ५१ मा रहेको इमानी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २०८० साल असोज २६ गते महानगरपालिकालाई बुझाउनु पर्ने सबै कर बुझाएको र सोही मितिमा नविकरण गरेको उक्त सहकारीका प्रबन्धक अप्सरा बुढाथोकीले जानकारी दिइन् । सहकारीले आर्थिक वर्ष २०८०/८१ का लागि ३५ हजार ७४० रुपैयाँ महानगरलाई कर बुझाएको रसित समेत विकासन्युजमा पठाउँदै सूचिबाट नाम हटाउन आग्रह गरेकी छिन् । उक्त सूचि महानगरपालिकाले उपलब्ध गराएको हो । सम्पादक यी हुन् कर नतिर्ने सहकारी [pdf id=449725]