नेशनल लाईफको कोशी टप्पु भ्रमण सम्पन्न

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरूलाई कोशी टप्पु भ्रमण गराएको छ । कम्पनीको मासिक योजना अन्तर्गतकाे लक्ष्य पूरा गर्ने अभिकर्ताहरूले कोशी टप्पुको भ्रमण, सप्तकोशीमा बोटिङलगायतका विभिन्न मनोरञ्जनात्मक कार्यक्रममा उत्साहजनक सहभागिता जनाएका थिए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत, प्रदेश प्रमुख, विभागीय प्रमुख तथा विभिन्न शाखा प्रमुखहरूसहित देशैभरबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनौट हुन सफल भएका करिब ६०० जनाभन्दा बढी वरिष्ठ अभिकर्ताहरूले कार्यक्रममा सहभागिता जनाएका थिए । सो अवसरमा प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको सभापतित्वमा सम्मान कार्यक्रमको आयोजना गरी उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरूलाई सम्मान समेत गरिएको थियो । प्रमुख कार्यकारी अधिकृत खत्रीले अभिकर्ताहरूको अथक परिश्रम र मेहनतका कारण नै कम्पनी सधैं अब्बल रहने बताए । उनले अभिकर्ता सञ्जाललाई अझ व्यावसायिक बनाउन यथाशक्य थप लगानी गर्ने र कम्पनीलाई अग्रस्थानमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने अभिकर्ता समूहको वृत्ति विकासलाई सधैं प्राथमिकतामा राख्ने उद्देश्यले यस्ता कार्यक्रमहरूको आयोजना गरिएको जानकारी गराउनु हुँदै योजनामा छनौट भई सम्मानित हुन सफल अभिकर्ताहरूलाई गिफ्ट भाउचर र अवार्ड प्रदान गरेका थिए ।

एनएमबि बैंकले स्थापना गर्याे आधा दर्जन शाखा कार्यालयमा र्याम्प

काठमाडौं । एनएमबि बैंकले आधा दर्जन शाखा कार्यालयमा र्याम्प स्थापना गरेको छ । सबैका लागि सहज रुपले बैंकिङ्ग सुविधा उपलब्ध गराउन ६ वटा शाखा कार्यालयमा र्याम्प स्थापना गरिएको हो । बैंकका अनुसार महाराजगञ्ज, ठैव, नक्साल, महेन्द्रचोक, लुभु र विरगन्ज शाखाहरूमा र्याम्प स्थापना गरिएको हो । आगामी दिनमा सहजता र समावेशिताप्रति प्रतिबद्ध रहँदै पहुँचयोग्य शाखाहरु निर्माण गर्ने बैंकले जनाएको छ ।

सिटिजन लाइफले २ रुपैयाँ बढायो बोनस दर, कुन योजनामा कति पाइन्छ ?

काठमाडौं । सिटिजन्स लाइफ इन्स्योरेन्सले बोनस दर २ रुपैयाँ बढाएको छ । इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९÷८०सम्मको जीवन बीमा कोषको बीमाङ्कीय मूल्याङ्कनका आधारमा नयाँ बोनस दर सार्वजनिक गरेको हो । कम्पनीले जारी गरेको विभिन्न पोलिसीमा न्युनतम २५ रुपैयाँदेखि अधिकतम ७७ रुपैयाँसम्म बोनस दर कायम गरेको छ । यसअघि कम्पनीले न्युनतम २५ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दर तोकेको थियो । कम्पनीको आर्थिक वर्ष २०७९/८०को बीमा कोषको बीमाङ्कीय मुल्याङकन प्रतिवेदन बीमा प्राधिकरणबाट मंसिर १९ गते स्वीकृत भई बीमालेखहरुमा नयाँ बोनसदर कायम हुने गरी सार्वजनिक गरेको हो । अग्रिम भुक्तानी सावधिक (रेगुलर) जीवन बीमालेख अग्रिम भुक्तानी सावधिक (रेगुलर) जीवन बीमा लेखमा कम्पनीले १० वर्षदेखि १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार ४४ रुपैयाँ बोनसदर निर्धारण गरेको छ । यस्तै, सोही बीमा लेख अन्तर्गत रहेको १५ वर्षदेखि १९ वर्ष अवधिसम्मको लागि प्रतिहजार ४९ रुपैयाँ, २० वर्षदेखि २४ वर्ष अवधिको लागि प्रतिहजार ५५ रुपैयाँ बोनसदर तोकेको छ । कम्पनीका अनुसार १० वर्षदेखि १४ वर्ष अवधिसम्मका ११५ वटा, १५ वर्षदेखि १९ वर्ष अवधिसम्मका ७१७ वटा र २० वर्षदेखि २४ वर्ष अवधिसम्मका ३८१ वटा बीमालेख बिक्री गरेको छ । वार्षिक अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख कम्पनीले यस बीमालेखमा ० देखि ९ वर्ष अवधिसम्मको लागि प्रतिहजार २५ रुपैयाँ, १० वर्षदेखि १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार २७ रुपैयाँ, १५ वर्षदेखि १९ वर्ष अवधिसम्मको लागि प्रतिहजार २७ रुपैयाँ, २० वर्ष वा सोभन्दा माथि अवधिका लागि प्रतिहजार २८ रुपैयाँ बोनसदर तोकेको छ । कमपनीले यस बीमालेखमा ० देखि ९ वर्ष अवधिसम्मका ४२ वटा, १० वर्षदेखि १४ वर्ष अवधिसम्मका ३२७ वटा, १५ वर्षदेखि १९ वर्ष अवधिसम्मका ४ हजार २०९ वटा र २० वर्ष वा सोभन्दा माथि अवधिका ९ हजार ५४६ वटा बीमालेख बिक्री गरेको छ । सिटिजन शुभारम्भ (सावाधिक प्लस) बीमालेख यस बीमालेख अन्तर्गत कम्पनीले ० देखि ९ वर्ष अवधिसम्मको लागि प्रतिहजार ३५ रुपैयाँ, १० वर्षदेखि १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार ३९ रुपैयाँ, १५ वर्षदेखि १९ वर्ष अवधिसम्मको लागि प्रतिहजार ४१ रुपैयाँ, २० वर्षदेखि २४ वर्ष अवधिसम्मको लागि प्रतिहजा ४६ रुपैयाँ, २५ वर्षदेखि २९ वर्षका अवधिसम्मको लागि ६५ रुपैयाँ र ३० वा सोभन्दा माथि अवधिका लागि प्रतिहजार ७५ रुपैयाँ बोनसदर निर्धारण गरेको छ । कम्पनीले ० देखि ९ वर्ष अवधिसम्मको ८२८ वटा, १० वर्षदेखि १४ वर्ष अवधिसम्मको लागि २ हजार ५२० वटा, १५ वर्षदेखि १९ वर्ष अवधिसम्मका ३८ हजार ३५३ वटा, २० वर्षदेखि २४ वर्ष अवधिसम्मको २० हजार ४१० वटा, २५ वर्षदेखि २९ वर्ष अवधिसम्मका ४२४ वटा र ३० वा सोभन्दा माथि अवधिका १६१ वटा बीमालेख बिक्री गरेको छ । सावधिक (रेगुलर)जीवन बीमालेख सावधिक जीवन बीमालेखमा कम्पनीले ० देखि ९ वर्ष अवधिसम्मको लागि प्रतिहजार ३८ रुपैयाँ, १० वर्षदेखि १४ वर्ष अवधिसम्मको प्रतिहजार ४२ रुपैयाँ, १५ वर्षदेखि १९ वर्ष अवधिसम्मको प्रतिहजार ४५ रुपैयाँ, २० वर्षदेखि २४ वर्ष अवधिसम्मको प्रतिहजार ५० रुपैयाँ, २५ वर्षदेखि २९ वर्ष अवधिसम्मको प्रतिहजार ६३ रुपैयाँ र ३० वा सोभन्दा माथि अवधिका लागि प्रतिहजार ७३ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । कम्पनीले ० देखि ९ वर्ष अवधिसम्मका ७९१ वटा, १० वर्षदेखि १४ वर्ष अवधिसम्मका १६२ वटा, १५ वर्षदेखि १९ वर्ष अवधिसम्मका १ हजार १५७ वटा, २० वर्षदेखि २४ वर्ष अवधिसम्मका २०९ वटा, २५ वर्षदेखि २९ वर्ष अवधिसम्मका ४ वटा बीमालेख बिक्री गरेको छ । सिटिजन बाल भविष्य योजना (सावधिक बीमालेख) यस बीमालेख अन्तर्गत कम्पनीले १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार ४४ रुपैयाँ, १५ वर्षदेखि १९ वर्ष अवधिसम्मको लागि प्रतिहजार ४७ रुपैयाँ, २० वर्षदेखि २४ वर्ष अवधिसम्मको लागि प्रतिहजा ५२ रुपैयाँ र २५ वर्षदेखि २९ वर्षका अवधिसम्मको लागि ६७ रुपैयाँ बोनसदर निर्धारण गरेको छ । कम्पनीले १० वर्षदेखि १४ वर्ष अवधिसम्मको लागि १ हजार ३३४ वटा, १५ वर्षदेखि १९ वर्ष अवधिसम्मका ११ हजार ७ सय वटा, २० वर्षदेखि २४ वर्ष अवधिसम्मको ५ हजार १३८ वटा र २५ वर्षदेखि २९ वर्ष अवधिसम्मका २० वटा बीमालेख बिक्री गरेको छ । सावधिक तथा आजीवन बीमालेख (सिटिजन जीवन सारथी योजना) सावधिक तथा आजीवन बीमालेखमा कम्पनीले ० देखि ९ वर्ष अवधिसम्मको लागि प्रतिहजार ३७ रुपैयाँ, १० वर्षदेखि १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार ३८ रुपैयाँ, १५ वर्षदेखि १९ वर्ष अवधिसम्मको लागि ४० रुपैयाँ, २० वर्षदेखि २४ वर्ष अवधिसम्मको लागि ४२ रुपैयाँ, २५ वर्षदेखि २९ वर्षका लागि ६२ रुपैयाँ र ३० वा सोभन्दा माथि अवधिका लागि प्रतिहजार ७७ रुपैयाँ बोनसदर निर्धारण गरेको छ । सावधिक तथा आजीवन बीमालेखमा कम्पनीले ० वर्षदेखि ९ वर्ष अवधिसम्मका १६७ वटा, १० वर्षदेखि १४ वर्ष अवधिसम्मका ९०१ वटा, १५ वर्षदेखि १९ वर्ष अवधिसम्मका ८ हजार ४६ वटा, २० वर्षदेखि २४ वर्ष अवधिसम्मका ७ हजार २४४ वटा, २५ वर्षदेखि २९ वर्ष अवधिसम्मका २८२ वटा र ३० वर्ष वा सोभन्दा माथि अवधिसम्मका ६२ वटा बीमा लेख बिक्री गरेको छ । कम्पनीले घोषणा गरेको बोनसदर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालु बीमालेखमा समेत लागू हुनेछ । साथै कम्पनीको आगामी बीमाङ्कीय मूल्याङ्कन नभएसम्म सोही बोनसदर लागू हुने कम्पनीले जनाएको छ ।