सिबिआईएल सेक्युरिटिजले सम्पन्न गर्यो वित्तिय साक्षरता कार्यक्रम

काठमाडौं । सिबिआईएल सेक्युरिटिज लिमिटेडले वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । सिटिजन्स बैंकको पूर्ण स्वामित्वमा खोलिएको संस्था सिबिआईएल सेक्युरिटिज लिमिटेडले विश्व वित्तिय सप्ताह २०२४ को अवसरमा युवा लक्षित वित्तिय साक्षरता कार्यक्रम अन्र्तगत दुई दिने पुँजिबजार सम्बन्धी तालिम प्रदान गरेको छ । पुँजिबजारमा युवाहरुको सहभागिता बढाउने उद्देश्यका साथ कम्पनीले हिमालयन ह्वाईट हाउस कलेज, पुतलीसडकमा बिबिए प्रथम वर्ष र तेस्रो वर्षमा अध्यनरत विद्यार्थीहरुलाई २०८० चैत्र ६ र ७ गतेका दिन पुँजिबजारको आधारभुत ज्ञान सम्बन्धी तालिम प्रदान गरेको हो । नेपाल धितोपत्र बोर्ड बाट अनुमतिपत्र प्राप्त धितोपत्र दलाल (ब्रोकर नं. ९१) सिबिआईएल सेक्युरिटिज लिमिटेडले आफ्नो मुख्य कार्यालय ललितपुर–१०, कुपण्डोल बाट आफ्ना ग्राहकहरुलाई धितोपत्र कारोवार सेवा दिदै आईरहेको छ । साथै यस कम्पनीले आफ्नो मुख्य कम्पनी सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका सम्पुर्ण शाखाहरु मार्फत ब्रोकर खाता खोल्न सकिने सेवा समेत प्रदान गर्दै आईरहेको कम्पनीले जनाएको छ । बैंकले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा ए.टि.एम. र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख ३५ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठले लिए सपथ

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका अध्यक्ष सुरेश लाल श्रेष्ठले सपथ लिएका छन् । इन्स्योरेन्सका अध्यक्ष सुरेश लाल श्रेष्ठले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष पद तथा गोपनियताको सपथ लिएका छन । सो सपथ ग्रहण समारोहमा प्राधिकरणका उच्च पदाधिकारी तथा कम्पनीको सञ्चालकहरुको उपस्थिति रहेको थियो । गत सोमबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सञ्चालक समितको अध्यक्षमा चयन गरेको थियो ।

समता घरेलु लघुवित्तको सेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट नियुक्त

काठमाडौं । समता घरेलु लघुवित्त वित्तिय संस्थाको सेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त गरिएको  छ । चैत ६ गते बसेको संस्था सञ्चालक समितिको बैंठकले आरविवि मर्चेन्ट बैकिङ लिमिटेडलाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो । यससँगै, अब यस संस्थाको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कामहरु आरविवि मर्चेन्ट बैकिङ लिमिटेड मार्फत हुने छ ।