सलिकोको दुई दिने कर्मचारी अभिवृद्धि तालिम सम्पन्न
इटहरी । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले यही पुस १९ र २० गते इटहरीको होटल बरण्डामा कर्मचारी अभिवृद्धि (इनहाउस) तालिम सम्पन्न गरेको छ । सलिकोका कोशी प्रदेशभर कार्यरत कर्मचारीहरूको व्यावसायिक दक्षता र क्षमता वृद्धि गर्ने उद्देश्यसाथ तालिम आयोजना गरिएको हो । कार्यक्रममा प्रतिष्ठित अतिथिहरूको उपस्थित थियो, जसमा नेपाल बीमा प्राधिकरणका कोशी प्रदेश प्रमुख विनोदकुमार पोख्रेल र सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडका नायब महाप्रबन्धक कविराज पौडेल, कोशी प्रदेश प्रमुख नारायण गौतम थिए । तालिम प्रशिक्षकहरूमा बजार विभागका नायब महाप्रबन्धक कविराज पौडेल, दाबी विभागका प्रमुख सुभाष दीक्षित, कोशी प्रदेश प्रमुख नारायण गौतम, अण्डरराइटिङ विभागका प्रमुख दिवस तिमल्सिन र मानव संसाधन विभागका प्रमुख शशिधर शर्मा थिए । प्रशिक्षकहरूले बीमा क्षेत्रका साथै अन्य समसामायिक विषयहरूमा जानकारी दिएका थिए भने नेपाल बीमा प्राधिकरणका विनोदकुमार पोख्रेलले बीमा तथा परिपालनसम्बन्धी आफ्नो धारणा राखेका थिए । इनहाउस तालिममा कोशी प्रदेशका सम्पूर्ण शाखाबाट आएका कर्मचारीहरूले सक्रिय सहभागिता जनाएका थिए, जसले सबै सहभागीहरूलाई सकारात्मक सोचका साथै काम गर्ने हौसला प्रदान गर्यो । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना कर्मचारीहरूको दक्षता र क्षमतामा सुधार ल्याउन प्रतिबद्ध रहेको बताएको छ ।
सिटिजन लाइफले नेपालभर आयोजना गर्यो सम्पत्ति शुद्धीकरण निवारण तालीम
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सम्पत्ति शुद्धीकरण तथा आतंङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी तालिम आयोजना गरेको छ । महोत्तरीको बर्दिबासमा आयोजित कार्यक्रममा बर्दिबास क्षेत्रका साथै हेटौंडा क्षेत्र लगायत नारायणगढ शाखाका अभिकर्ता एवम त्यहाँको सम्पुर्ण कर्मचारी र केही विभागीय प्रमुख समेतको सहभागिता रहेको थियो । सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले गैरकानुनी कमाई र आतंककारी कार्यबाट संकलित कालो धनलाई बीमाको माध्यमबाट सेतो धन बनाउने कार्यलाई कसरी नियन्त्रण गर्न सकिन्छ, यसका प्रकृयाहरु के के हुन, रिपोर्टिङ कसरी गर्ने आदि विषयमा विस्तृत प्रस्तुतीकरण दिएका थिए । उनले यसको महत्व र प्रभावका साथै यसलाई कार्यन्वयन गर्न हरेक कर्मचारीले गर्नुपर्ने कामको बारेमा जानकारी दिए । गत सालझै यस वर्ष पनि कम्पनीले देशभर विभिन्न ठाउँमा सम्पत्ति शुद्धीकरण सम्बन्धी यस तालिमको आयोजना गर्दै आएकोमा यो सातौं र अन्तिम स्थान हो । यसभन्दा पहिले मंसिर २७ गते पूर्वको इटहरी, इनरुवा र बिर्तामोड क्षेत्रका कर्माचारी र अभिकर्ताका लागि इटहरीमा, मङ्सिर २२ गते पश्चिमको धनगढी, नेपालगन्ज, सुर्खेत क्षेत्रको लागी कोहलपुरमा, बुटवल, जीतपुर र भैरहवा क्षेत्रको लागि मङ्सिर १ गते बुटवलमा, पोखरा र बाग्लुङ क्षेत्रको लागि कार्तिक १० गते पोखरामा र असोज साथै मङ्सिर ६ गते दुईपटक काठमाडौंमा यस तालिम आयोजना गरिएको थियो । बर्दिबासमा सम्पन्न अन्तिम तालिमपश्चात कम्पनीले सम्पत्ति शुद्धीकरण सम्बन्धी तालिम नेपालभरि सम्पन्न गरेको छ ।
स्मार्टच्वाइस टेक्नोलोजिज र हाम्रो पेबीच भुक्तानीका लागि स्मार्ट क्यूआर प्रयोग गर्ने सम्झौता
काठमाडौं । स्मार्टच्वाईस टेक्नोलोजिज (एससीटी) र भुक्तानी सेवा प्रदायक संस्था हाम्रो पे (लेनदेन सेवा प्रा.लि.) बीच सहकार्य भएको छ । दुई कम्पनीबीच स्मार्ट क्युआरमार्फत भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता भएको हो । सम्झौतासँगै हाम्रो पे प्रयोगकर्ताले स्मार्ट क्युआर मार्फत आफ्नो वालेट लोड गर्न मिल्ने र मर्चेन्टलाई भुक्तानी गर्न मिल्छ । साथै विभिन्न व्यापार व्यवसायमा संलग्न व्यवसायीले क्युआर मार्फत भुक्तानी लिनलाई स्मार्ट क्युआरको सुविधा पनि लिन सक्छन् । क्यूआर कोडका लागि प्रचलित अन्तराष्ट्रिय मापदण्ड ईएमभी स्ट्यान्डर्ड पालना गर्दै नेपाल क्यूआर स्ट्यान्डर्ड अन्तर्गत जारी हुने स्मार्ट क्युआर नेपालको पहिलो इन्टरअपरेवल क्युआर कोड हो । एससीटी र हाम्रो पेबीचको सम्झौतापत्रमा एससीटीका प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे र हाम्रो पेका प्रमुख कार्यकारी अधिकृत शिशिर पोख्रेलले हस्ताक्षर गरे । स्मार्ट क्युआरमार्फत हुने कारोबारवापतको रकम मर्चेन्टको खातामा तत्कालै फस्र्योट हुने भएकाले यस सेवाको सुरुवात पश्चात हाम्रो पेका प्रयोगकर्ता लगायत मर्चेन्टहरुलाई कारोबार गर्न झनै सजिलो हुने विश्वास रहेको छ ।