हिमालयन रिको सञ्चालक समिति पुनर्गठन, अध्यक्षमा मिश्र नियुक्त

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको सञ्चालक समिति पुनर्गठन गरिएको छ । कम्पनी सञ्चालक समितिको बिहीवार बसेको बैठकले सञ्चालक समिति पुनर्गठन गरेको हो ।

उक्त बैठकबाट संस्थापक सेयरधनीहरूका तर्फबाट प्रतिनिधित्व गर्ने रिक्त रहेको सञ्चालक पदमा नयाँ प्रतिनिधि मनोनयन गरी आएकाहरूलाई सञ्चालकमा नियुक्ति गर्ने बैठकले निर्णय गरेको छ ।

सञ्चालकमा नेपाल बैंकका तर्फबाट होमबहादुर खड्का, हंस राज हुलाचन्द एन्ड कम्पनीका तर्फबाट नितेश तोदी र कालिका फिनकर्पका तर्फबाट पल्लव श्रेष्ठ नियुक्त भएका छन् । सञ्चालकहरुको मनोनयन आगामी वार्षिक साधारणसभासम्मका लागि स्वीकृत गरिएको कम्पनीले जनाएको छ ।

यसैगरी कम्पनीको अध्यक्षमा दीपेन्द्रकुमार मिश्रलाई आगामी वार्षिक साधारणसभासम्मका लागि नियुक्ति गरिएको कम्पनीले जनाएको छ ।

Share News