सानिमा बैंकका ग्राहकलाई बिगमार्टमा १० प्रतिशत छुट

काठमाडौं । सानिमा बैंकका ग्राहकले बिगमार्टमा क्यासब्याक पाउने भएका छन् । बैंकले आफ्ना ग्राहकलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न बिगमार्टमा विशेष क्यास ब्याकको व्यवस्था गरेको हो । काठमाडौं उपत्यकामा ९८, पोखरामा ५ र चितवनमा ४ गरी नेपाल अधिराज्यभर रहेका बिगमार्टका १ सय ७ वटा आउटलेटमा सानिमाका ग्राहकले बढीमा २०० रुपैयाँसम्म क्यासब्याक पाउने भएका हुन् । सानिमा डेबिट तथा क्रेडिट कार्ड मार्फत बिगमार्टमा सामान खरिद गरी भुक्तानी गर्दा ग्राहकहरुलाई १० प्रतिशत वा अधिकतम २ सय रुपैयाँसम्मको क्यासब्याकको व्यवस्था गरेको छ । यो योजना एक वर्षसम्म चल्नेछ । सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरु तथा १२५ वटा एटीएम सञ्चालनमा छन् ।

आइसिएफसि फाइनान्सका ग्राहकलाई यती एयरलाइन्समा छुट हुने

काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडका ग्राहकहरूलाई यती एयरलाइन्सबाट यात्रा गर्दा छुट पाइने भएको छ । आइसिएफसि र यती एयरलाइन्सबीच भएको सम्झौता अनुरुप आइसिएफसिका ग्राहकहरूलाई यती एयरलाइन्सको हवाई टिकट खरिद गर्दा २०० रुपैयाँ छुट प्राप्त गर्न सक्नेछन् । सम्झौता अनुसार टिकटमा छुट लिनका लागि यती एयरलाइन्सको कुनैपनि काउन्टरबाट टिकट खरिद गर्ने ग्राहकले आइसिएफसिको डेबिट कार्ड वा आइसिएफसिको मोबाईल बैंकिङ एप मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ । यो सम्झौताबाट आइसिएफसिका ग्राहकहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने कम्पनीले जनाएको छ ।

ग्लोबल आइएमई बैंक सबै प्यारामिटरमा देशकै ठूलो बैंक बन्नेछ : अध्यक्ष ढकाल

काठमाडौं । ग्लोबल आइएमई बैंक १९ वर्षमा प्रवेश गरेको छ । आजदेखि बैंक आफ्नो १८ औं वर्ष पूरा गरी १९ औं वर्षमा प्रवेश गरेको हो । १८ औं वार्षिकोत्सवको अवसरमा बिहीबार बिहान काठमाडौंमा आयोजित एक कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबैले मेहनत गरे केही समयभित्रै सबै प्यारामिटरमा ग्लोबल आइएमई बैंक देशकै अब्बल बैंक बन्ने दाबी गरे । कर्मचारीहरूले आफ्नोपनसहित काम गरेको खण्डमा धेरै फायदा लिन सकिने अध्यक्ष ढकालको भनाइ छ । नेपालमा रहेका कुनैपनि बैंकको डिपोजिट बराबरको रकम ग्लोबल आइएमई बैंकको सेभिङ डिपोजिट रहनु गौरवको विषय भएको बताए । अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंक र बैंकअन्तर्गतका रेमिट्यान्स कम्पनीमार्फत करिव ५० प्रतिशत रेमिट्यान्स भित्र्याउनु पनि बैंकका लागि खुशीको कुरा भएको बताए । नेपालमा गरेपछि सबै सम्भव हुनेकुरा आफ्नो जीवनीबाट लिन सकिने जानकारी दिए । ‘सम्पूर्ण बोर्ड, म्यानेजमेण्ट र सम्पूर्ण कर्मचारी साथीहरुलाई म के भन्न चाहन्छु भने यो एउटा सानो इण्डिभिजियल कमर्सियल बैंकको सबैभन्दा सानो पोस्टमा काम सुरु गरेको व्यक्तिले १८/२० वर्षको बीचमा नेपालको सबैभन्दा ठूलो बैंक, सबैभन्दा ठूलो नेटवर्क, सबैभन्दा ठूलो ब्यालेन्ससाइड भएको सानो इनिसिएशन लिएर इमान्दार हिसावले काम गर्न लाग्यो भने, अघि बढ्यो भने त्यो सम्भव हुने रहेछ भन्नेकुरा आज प्रमाणित भएको छ’, उनले भने । १८ औं वार्षिकोत्सवको अवसरमा बैंकले बैंकका कार्ड बाहक ग्राहकहरूलाई दराजबाट सामान किन्दा १८ प्रतिशतसम्म छुट पाउने योजना ल्याएको छ । छुट पौष २४ गते बुधबारसम्म रहनेछ ।