यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य आज घटेको छ भने युरोको मूल्य स्थिर रहेको छ । युके पाउन्ड स्ट्रलिङ, स्विस फ्र्याङ्क र अष्ट्रेलियन डलर अघिल्लो दिनको तुलनामा बढेको छ । जापानी येन, चिनियाँ युआन, कतारी रियाल, थाई भाट, मलेसियन रिङ्गेट, साउथ कोरियन वन, स्विडिस क्रोनर, डेनिस क्रोनर, कुवेती दिनार, बहराइन दिनार र ओमनी रियालको मूल्य स्थिर रहेको छ । यस्तै, केही विदेशी मुद्राको भाउ भने अघिल्लो दिनको तुलनामा स्थिर छ । राष्ट्र बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ ८२ पैसा र बिक्रीदर एकसय ३८ रुपैयाँ ४२ पैसा कायम भएको छ । बुधकार अमेरिकी डलर एकको खरिददर ३३ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ८३ पैसा कायम थियो । युरोपियन युरो एकको खरिददर एक सय ४३ रुपैयाँ ९६ पैसा र बिक्रीदर एक सय ४४ रुपैयाँ ५९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७० रुपैयाँ ३४ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ ०८ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५२ रुपैयाँ ४१ पैसा र बिक्रीदर एक सय ५३ रुपैयाँ ०७ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ६८ पैसा र बिक्रीदर ८७ रुपैयाँ ०६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ २५ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६७ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ८९ पैसा र बिक्रीदर एक सय ०२ रुपैयाँ ३३ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर आठ रुपैयाँ ८५ पैसा र बिक्री दर आठ रुपैयाँ ८८ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९६ पैसा र बिक्रीदर १९ रुपैयाँ ०५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ८० पैसा र बिक्रीदर ३७ रुपैयाँ ९६ पैसा कायम भएको छ । केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ०८ पैसा र बिक्रीदर चार रुपैयाँ ०९ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३१ रुपैयाँ २० पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ६२ पैसा र बिक्रीदर नौ रुपैयाँ ६६ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ५५ पैसा र बिक्रीदर १२ रुपैयाँ ६१ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ २९ पैसा र बिक्री दर १९ रुपैयाँ ३८ पैसा तोकिएको छ । राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ७० पैसा र बिक्रीदर १७ रुपैयाँ ७७ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४७ रुपैयाँ १२ पैसा र बिक्रीदर चार सय ४९ रुपैयाँ ०७ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६५ रुपैयाँ ६२ पैसा र बिक्रीदर तीन सय ६७ रुपैयाँ २२ पैसा, ओमनी रियाल एकको खरिददर तीन सय ५८ रुपैयाँ ०६ पैसा र बिक्रीदर तीन सय ५९ रुपैयाँ ६२ पैसा तोकिएको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा निर्धारण भएको छ । राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।
नेपाल पुनर्बीमाले १२ विषयका विज्ञको सूचि तयार गर्दै, खुलायो आवेदन
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले बीमा विज्ञका लागि आवेदन खुलाएको छ । कम्पनीले विज्ञको सूचि राख्न लागेकाले आवेदन खुलाएको हो । कम्पनीले विभिन्न १२ विषयको विज्ञको सूचि तयार गर्न लागेको जनाएको छ । इच्छुकले कम्पनीको वेवसाइटमा गएर फम डाउनलोड गरेर आवेदन दिने सकिने पनि कम्पनीले सूचनामा उल्लेख गरेको छ । कम्पनीले पुनर्बीमा, कानून, दाबी भुक्तानी, बीमाङ्की, खरीद ठेक्का व्यवस्थापन, चिकित्सक, बीमा सर्भेयर, चार्टर्ड एकाउन्टेन्ट, आईटी, प्रशासनिक, वित्त र बजार व्यवस्थापन सम्बन्धी विज्ञका लागि आवेदन खुलाएको हो । पनर्बीमाका लागि बीमा क्षेत्रमा व्यवस्थापक वा सो सरह पदमा रही कम्तिमा १० वर्ष कम गरेको हुनुपर्ने छ । विद्यावारिधि गरेको हकमा ९ वर्ष काम गरेको भए पुग्ने कम्पनीले जनाएको छ । कानूनका लागि मान्यता प्रप्त शिक्षण संस्थाबाट कानून विषयमा स्नातकोत्तर उपाधि हा्ँसिल गरेको हुनुपर्ने छ । अधिवक्ता भएर व्यवस्थापकी वा सो सरह बीमा वा वित्तीय क्षेत्रको कानूनसँग सम्बन्धित कम्तिमा १० वर्ष कार्यअनुभव भएको हुनुपर्ने । दाबी पदका लागि स्नातक तहको उपाधि हासिल गरेको र बीमा कम्पनीमा दाबी व्यवस्थापन कार्यमा व्यवस्थापकीय पदमा १० वर्ष काम गरेको हुनुपर्ने छ । बीमाङ्की पदका लागि स्नातकोत्तर र बीमा क्षेत्रमा ५ वर्ष काम गरेको अनुभव हुनु पर्ने छ । ठेक्का व्यवस्थापनका लागि स्नातकोत्तर तहको उपाधि हासिल गरेको र सार्वजनिक खरिद कार्यमा १० वर्षको अनुभव भएको हुनुपर्ने छ । चिकित्सक पदका लागि चिकित्सा विज्ञानमा स्नातकोत्तर हासिल गरेको र बीमा क्षेत्रमा ५ वर्ष काम गरेको हुनुपर्ने । सर्भेयर पदका लागि नेपाल बीमा प्राधिकरणबाट सर्भेयरको ईजाजत पाएको र १० वर्ष बीमा सर्भेयर कार्य गरेको हुनुपर्ने छ । आईटी पदका लागि सूचना प्रविधि वा कम्प्यूटर विज्ञानमा स्नातकोत्तर गरेको र ५ वर्ष काम गरेको अनुभव हुनुपर्ने छ । चार्टर्ड एकाउन्टेन्टका लागि सीए उत्तिर्ण गरेको र बीमा क्षेत्रमा ५ वर्ष अनुभव भएको हुनु पर्ने । प्रशासनिक पदका लागि सम्बन्धित विषयमा स्नातकोत्तर र ५ वर्षको अनुभव हुनुपर्ने छ । यसैगरी, वित्त लगानीका लागि व्यवस्थपन विषयमा स्नातकोत्तर पास गरेको वा चार्टर्ड फाइनान्स एनालाईसिसको उपाधि हासिल गरेको हुनुपर्ने छ । यस्तै, बजार व्यवस्थापनका लागि सम्बन्धित विषयमा स्नातकोत्तर र बीमा क्षेत्रको सम्बन्धीत विभागमा ५ वर्ष काम गरेको हुनुपर्ने कम्पनीले जनाएको छ ।
जीवन बीमाको व्यापार ८० अर्ब : व्यवसाय वृद्धिमा सिटिजन, रिलायबल र प्रभु महालक्ष्मी अगाडि
काठमाडौं । चालु आर्थिक वार्षको ६ महिनामा जीवन बीमा कम्पनीहरूले ८० अर्ब बढीको व्यापार गरेका छन् । चालु आवको पौष मसान्तसम्म १४ वटा जीवन बीमा कम्पनीहरूले ८० अर्ब ६६ करोड ३८ लाख रुपैयाँ बढीको व्यापार गरेको नेपाल बीमा प्राधिकरणले जनाएको छ । गत आवको सोही अवधिको तुलनामा जीवन बीमाको व्यापार ८.६९ प्रतिशतले वृद्धि भएको छ । गत आवको पौष मसान्तसम्म जीवन बीमा कम्पनीहरूले ७४ अर्ब २१ करोड ६ लाख रुपैयाँको व्यापार गरेका थिए । यो अवधिमा धेरै व्यापार वृद्धि गर्ने सूचिको अग्रस्थानमा सिटिजन लाइफ रहेको छ । सिटिजनले २३.५९ प्रतिशतले व्यपार वृद्धि गरेको छ । गत आवको पौष मसान्तसम्म कम्पनीले २ अर्ब ७३ करोड ७६ लाख रुपैयाँ बढी कुल बीमाशुल्क संकलन गरेको थियो । चालु आवको सोहि अवधिमा कम्पनीले ३ अर्ब ३८ करोड ३६ लाख रुपैयाँको व्यपार गरेको छ । व्यापार वृद्धिमा रिलायबल लाइफले सिटिजनलाई पछ्याइरहेको छ । रिलायबलको व्यपार २३.४१ प्रतिशतले वृद्धि भएको छ । गत आवको पौष मसान्तसम्म रिलायबलले १ अर्ब ९३ करोड २५ लाख रुपैयाँको व्यापार गरेको थियो । चालु आवको सोही अवधिमा कम्पनीले २ अर्ब ३८ करोड ५० लाख रुपैयाँको व्यापार गरेको छ । यस्तै, १९.६७ प्रतिशतले व्यवसाय वृद्धि गरेको प्रभु महालक्ष्मी लाइफले पौष मसान्तसम्म २ अर्ब ४२ करोड ७३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । गत आवको सोही अवधिका कम्पनीले २ अर्ब २ करोड ८२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो । यस्तै, सूर्यज्योति लाइफको व्यपार १८.२५ प्रतिशतले वृद्धि हुँदा आइएमई लाइफको १५.७२, सानिमा रिलायन्स लाइफको १३.४९, एशियन लाइफको १३.१३, सन नेपालको १२.५२, नेपाल लाइफको १२.१५ र नेशनल लाइफको व्यपार १२.१४ प्रतिशतले वृद्धि भएको छ । सबै कम्पनीको व्यापार वृद्धि हुँदा सरकारी स्वामित्वको कम्पनी राष्ट्रिय जीवन बीमा कम्पनीको व्यापार ४१.६८ प्रतिशतले वृद्धि भएको छ । धेरै व्यापार गर्ने कम्पनीमा नेपाल लाइफ अगाडि रहेको छ । नेपाल लाइफले २२ अर्ब ४५ करोड ७७ लाख रुपैयाँको व्यापार गर्दा दोस्रो स्थानका लागि नेशनल लाइफ र एलआईसी नेपाल प्रतिस्पर्धामा छन् । नेशनलले ९ अर्ब ६० करोड ८० लाख रुपैयाँ बीमाशुल्क संकलन गर्दा एलआईसी नेपालले ९ अर्ब ४६ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।