ओम डेभलपमेन्ट बैंक र एनबिआईबीच क्षमता विकासमा साझेदारी

काठमाडौं । ओम डेभलपमेन्ट बैंक र नेशनल बैंकिङ इन्स्टिच्यूट (एनबिआई)बीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) बिश्व मोहन अधिकारी तथा एनबिआईका प्रमुख कार्यकारी अधिकृत संजिव सुब्बाले हस्ताक्षर गरेका हुन् । बिकास बैंकहरु मध्ये समझदारीपत्र हस्ताक्षर गर्ने ओम विकास बैंक पहिलो बैंकको रुपमा रहेको छ । उक्त समझदारीपत्रमा नेशनल बैंकिङ्ग इन्स्टिच्यूट मार्फत ओम डेभलपमेन्ट बैंकका १०० भन्दा बढी कर्मचारीहरुलाई विशिष्टिकृत बैंकिङ्ग प्रमाणीकरण (जानबी) कोर्स प्रदान गर्ने सहमति भएको छ । बैंकिङ्ग कर्मचारीहरुको क्षमता एवम् दक्षता अभिवृद्धि गर्ने प्रयास स्वरुप यो कोर्सको विकास गरिएको हो । कर्मचारीहरुको क्षमता वृद्धि तथा बैंकिङ सम्बन्धी ज्ञान, सिप र शिक्षामा अझ बढी निखार ल्याउने साथै भविष्यमा बैंकिङ क्षेत्रमा अब्बल रुपमा उभ्याउनु यसको उद्देश्य रहेकोे बैंकका सीईओ अधिकारीले बताए ।

एनआईसी एशिया बैंकको नयाँ शाखा सिरहाको नरहामा

काठमाडौँ । एनआईसी एशिया बैंक लि.को नरहा गाउँ पालिकावडा नं ५, सिरहामा नयाँ शाखा कार्यालय खुलेको छ । आइतबार एक समारोहकाबीच शाखा उद्घाटन गरी सेवा शुरु गरेको हो । उक्तशाखाको उद्घाटन गाउँपालिकाका अध्यक्षले गरेका थिए । सो अवसरमा अध्यक्ष यादवले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउँदै गएको यस बैंकको प्रशंसा गरेका थिए ।

सेञ्चुरी कमर्सियल बैंकको नयाँ शाखा अछामको चौरपाटीमा

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो बैंकिङ्ग पहुँच पुर्याउने उद्देश्य सहित विभिन्न स्थानहरुमा आफ्नो शाखा कार्यालयहरु विस्तार गर्दै जाने क्रममा अछाम जिल्लाको चौरपाटी गाउँपालिकामा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको उद्घाटन सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री फपटबहादुर बोहरा तथा बैंकका संचालक समितिका अध्यक्ष राजेशकुमार श्रेष्ठले गरे । उद्घाटन समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत, स्थानिय जनप्रतिनिधिहरु तथा स्थानीय व्यवसायीहरुको उपस्थिती थियो ।