गठ्ठाघरको चारदोबाटोमा सनराइज बैंकको शाखा विस्तार

काठमाडौँ । सनराइज बैंक लिमिटेडले भक्तपुर स्थित गठ्ठाघरको चारदोबाटोमा शाखा संचालनमा ल्याएको छ । बुधबार आयोजित एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौला, बैकका सञ्चालक दीपक नेपाल र बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत आशा राणा अधिकारीले संयुक्त रुपमा शाखाको उद्घाटन गरे । सो कार्यक्रममा बैंकका नायव महाप्रबन्धक अपछकुमार यादव लगायत बैंकका उच्च पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

नबिल बैंकबाट लुम्बिनी जनरल इन्स्योरेन्सको बीमा सेवा पाइने

काठमाडौँ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि र नबिल बैंक लिबीच बैंक्यासुरेन्स सेवा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत बिके श्रेष्ठ र नबिल बैंक लिमिटेडका रिटेल बिजनेस प्रमुख निरज शर्माले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात बैंकका ग्राहकहरुले नेपालभर रहेका नबिल बैंक लिमिटेडका शाखाहरु मार्फत लुम्बिनी जनरल इन्स्योरेन्सले प्रदान गर्ने सबै प्रकारका बीमा सेवाहरु प्राप्त गर्न सक्नेछन् । उक्त कार्यक्रममा बैंकका बैक्यासुरेन्स बिभागका प्रमुख प्रविण खनाल र इन्स्योरेन्समा ठमेल शाखा प्रमुख सुबोध ढुंगेलको उपस्थिति रहेको थियो ।

कामना सेवाका ग्राहकलाई यूनिभर्सल इन्स्टिच्यूटमा विशेष छुट

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेड र यूनिभर्सल इन्स्टिच्यूट अफ एडभान्स स्टडिज एण्ड रिसर्च प्रालि भैरहवाबीच उपचारमा विशेष छुट पाउने गरी सम्झौता भएको छ । सम्झौता अनुसार अब बैंकका प्रिपेड÷डेबिट कार्ड भएका ग्राहकहरुले यूनिभर्सल इन्स्टिच्यूट अफ एडभान्स स्टडिज एण्ड रिसर्च प्रालि मा उपचार गराउँदा विशेष छुट पाउने छन् । सम्झौतासँगै बैंकको व्यवसाय प्रवद्र्धन सहयोग पुग्नुका साथै ग्राहकहरु लाभाविन्त हुने बैंकले जनाएको छ । सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट भैरहवा शाखाका शाखा प्रबन्धक तुल्सीप्रसाद आचार्य र यूनिभर्सल इन्स्टिच्यूट अफ एडभान्स स्टडिज एण्ड रिसर्च प्रालिको तर्फबाट प्रमुख प्रशासकिय अधिकृत अजयकुमार पिएसले हस्ताक्षर गरेका छन् ।