काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडको १९औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको साधारणसभा असोज १४ गते काठमाडौंमा सम्पन्न भएको हो ।
साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । जसअनुसार १५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गरिनेछ ।
ग्लोबल आइएमई क्यापिटल लिमिटेड, ग्लोबल आइएमई बैंकको सहायक कम्पनी हो । यो नेपालको पहिलो मर्चेन्ट बैंकिङ कम्पनीसमेत रहेको कम्पनीले जनाएको छ ।
सञ्चालक समितिका अध्यक्ष दीपचन्द्र रेग्मीको अध्यक्षतामा सम्पन्न साधारणसभाको कार्यक्रम कम्पनी सचिव छबिलाल शर्मा पौडेलले सञ्चालन गरेका थिए ।
सभालाई सम्बोधन गर्दै अध्यक्ष रेग्मीले मुलुकमा आर्थिक गतिविधि सुस्त रहे पनि कम्पनीले सेयरधनीलाई प्रतिफल वितरण गर्न सफल भएको बताए । उनले कम्पनीको प्रगतिमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे ।
साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण प्रतिवेदन तथा कम्पनीको वार्षिक प्रतिवेदन पनि पारित गरेको छ ।